राजनीति
असार १७ गतेका लागि राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान
१० असार, काठमाडौं– राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ। राष्ट्रपति भण्डारीले आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजेका लागि बस्ने गरी बैठक आह्वान गर्नुभएको हो। राष्ट्रपति कार्यालयद्वारा एक विज्ञप्ती जारी गर्दै गत असार १० गतेको मन्त्रिपरिषद्को सिफारिस गरेअनुसार राष्ट्रियसभा बैठकको अधिवेशन आह्वान गरिएको जनाएको छ ।
केपी ओलीभन्दा कांग्रेस सयौं गुणा वामपन्थी : अध्यक्ष प्रचण्ड
१० असार, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको नेतृत्वमा रहेको अहिलेको विपक्षी गठबन्धन सिद्धान्तहीन नभएको दाबी गर्नुभएको छ । प्रचण्डले लोकतन्त्र र संविधान बचाउनको लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनाइएको दाबी गनुृभएको हो । बिहीवार काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको कुराकानीकामा प्रचण्डले प्रधानमन्त्री केपी शर्माभन्दा कांग्रेस सयौं गुणा वामपन्थी रहेको दाबी गर्नुभयो […]
संसद विघटनपछिका मन्त्रीहरुको पद ‘कोल्याप्स’ भएपछि एक मन्त्रीकै भागमा पाँच मन्त्रालय !
१० असार, काठमाडौं– सर्वोच्च अदालतले २१ जना मन्त्रीहरुलाई पदमुक्त गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ। मन्त्रीपरिषद् हेरफेर गर्दै प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । यस्तै उहाँले कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम […]
संवैधनिक आयोग र न्याय परिषद्मा राष्ट्रपतिद्वारा नियुक्ति
१० असार काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोग र न्याय परिषद्मा पदाधिकारीहरु नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले लोकसेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मी नियुक्त गर्नुभएको छ भने अधिवक्ता रामप्रसाद भण्डारीलाई न्याय सदस्यमा नियुक्त गर्नुभएको छ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग लगायतका संवैधानिक निकायमा २० […]
संसद विघटनले लोकतन्त्रमाथि खतराः देउवा
१० असार, काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनले लोकतन्त्रमाथि खतरा देखिएको बताउनुभएको छ । विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले मुलुकमा लोकतन्त्रमाथि नै खतरा देखिएको बताउँदै यसविरुद्ध संघर्ष गर्नुपर्ने बताउनुभएको हो । सम्पादकहरुसँगको अन्तरक्रियामा देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमाथि गरेको दावीलाई राष्ट्रपतिले अस्वीकार गरेर लोकतन्त्र नै धरापमा पार्ने काम गरिएको […]
जातीय विभेदको घटनामा मन्त्री श्रेष्ठले राज्यशक्तिको दुरुपयोग गरेको विवेकशील साझाको आरोप
१० असार, काठमाडौं– जातीय विभेदसँग जोडिएको रुपा सुनार घटनामा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले राज्यशक्तिको दुरुपयोग गरेको विवेकशील साझाले आरोप लगाएको छ । विवेकशील साझाले दण्डहीनतालाई प्रश्रय दिने गरी मन्त्री श्रेष्ठले पदको दुरुपयोग गरेको बताएको हो । जातीय कारणले घरभाडामा नदिने घरबेटी सरस्वती प्रधानलाई भेट्न मन्त्री श्रेष्ठ सरकारी वकिलको कार्यालयमै पुगेका थिए । सो पश्चात पनि गाडीमा […]
कमिसन लिएको छैन, भ्रामक समाचार फैलाइयो : सांसद श्रेष्ठ
९ असार, काठमाडौँ – नेकपा माओवादी केन्द्र रामेछापका इन्चार्ज एवं प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले आफ्नो चरित्र हत्या गर्न गलत हल्ला चलाइएको बताउनु भएको छ । उहाँले रामेछाप जिल्ला विकासको लागि सक्दो प्रयास गरिरहेको बताउदै आफ्नो चरित्र हत्या गर्ने गरी हल्ला फैलाइएको बताउनुभएको हो। सन्चार माध्यममा श्रेष्ठले रामेछाप नगरपालिका–४ स्थित रेणुकादेवी माध्यमिक विद्यालयमा विनियोजन गरेको […]
विपक्षी गठबन्धनको बैठक देउवा निवासमा
९ असार, काठमाडौँ – विपक्षी गठबन्धनका शीर्ष नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा छलफलमा जुट्ने भएका छन् । थप रणनीति बनाउन कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् । बैठकका लागि नेताहरु देउवा निवासमा पुग्दैछन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रबारे छलफल हुने नेताहरुले बताएका छन् ।
बालुवाटारमा आफुनिकट नेताहरुसँग छलफल गर्दै ओली
९ असार, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफू निकट नेतासँग छलफल गरेका छन् । हिजो मंगलबार सर्वोच्च अदालतले जसपासहित २० जना मन्त्रीको नियुक्ती खारेज गरेपछि ओलीले अबको रणनीति कस्तो बनाउने भन्ने विषयमा आफू निकट नेताहरुसँग छलफलमा जुटेका हुन् । हिजो पनि पदमुक्त भएका मन्त्रीहरु झण्डा छोपेर बालुवाटार गएका थिए […]
पाँच दलको विज्ञप्ति : राष्ट्र गम्भीर संकटतर्फ धकेलियो
८ असार, काठमाडौँ – विपक्षी गठबन्धनमा सामेल पाँच राजनीतिक दलका नेताहरुले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका छन् । मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धीहरु […]



