Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

राजनीति

३० जेठ, काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक  बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिनुभएको हो । बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव […]

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी : दीपक मनाङे पुनः खेलकुद मन्त्री बन्दै

२९ जेठ, काठमाडौँ – गण्डकी प्रदेशमा नयाँ सरकार गठनसँगै स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री हुने भएका छन् । शनिबार प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा मनाङे पहिलो नम्बरमा रहेका छन् । नयाँ सरकार गठनमा मनाङेको समर्थनका कारण नै सम्भव भएकाले उनलाई पहिले नै मन्त्री बनाइने पक्का भएको थियो । निवर्तमान मुख्यमन्त्री […]

विकास खर्च कटाएर भए पनि खोप खरिद गरौँ : शेखर कोइराला

२९ जेठ, काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोरोना महामारीसँग जुध्ने उपाय खोप मात्रै भएकोले अनुदानको भरमा मात्र नपरेर खरिद गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले अहिलेको महामारीबाट पार नपाउने हो भने आर्थिक गतिविधि र जनजीविका नै धरासायी हुने अवस्था आउने भएकोले विकास खर्च कटाएर भए पनि खोप खरिद गर्नुपर्ने बताउनुभएको […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

२९ जेठ, काठमाडौँ – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको आधारमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । कृष्णचन्द्र नेपाली पोखरेललाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) गरी […]

कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म प्रस्ताव

२९ जेठ, काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ९ दिन पर सार्ने भएको छ । वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने महामन्त्रीको प्रस्ताव छ । शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन गरिछाड्ने बताउनुभएको थियो । तर पूर्वनिर्धारित मिति असार ७ बाट वडा […]

प्रदेशसभा विघटनको बाटोमा नलाग्न प्रदेशप्रमुखलाई जनमोर्चाको चेतावनी

२९ जेठ, काठमाडौँ – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा विघटनको षड्यन्त्रमा नलाग्न प्रदेश प्रमुख सीताकुमारी पौडेलाई चेतावनी दिएको छ । विपक्षी दलले ३१ जना प्रदेशसभा सदस्यसहित उपस्थित भएर सरकारको दाबी गर्दा पनि प्रदेशप्रमुखले आलटाल गरेर प्रदेशसभा नै विघटन गर्ने षड्यन्त्र गरिरहेको जनमोर्चाको आरोप छ । जनमोर्चाले पृथ्वीसुब्बा गुरुङको सरकारको बर्हिगमनका लागि राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय […]

‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो’ : भट्टराई

२९ जेठ, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशमा पनि ओली भाइरस सल्केको बताउनुभएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले दाबी पेश गरेपछि भट्टराईले ट्वीट गर्दै यस्तो बताउनुभएको हो  । उहाँले ट्वीटमार्फत् भन्नुभएको छ, ‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है […]

प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

२९ जेठ, काठमाडौँ – गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेको हो । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी […]

प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

२९ जेठ, काठमाडौँ – गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेको हो । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी […]

प्रदेशसभा बैठकमा वैद्यले गरे आत्मालोचना

२९ जेठ, काठमाडौँ – बागमती प्रदेश सभाका सदस्य नरोत्तम वैद्यले आफूले हिजो प्रदेश सभाको बैठकमा दिएको अभिव्यक्तिको आत्मालोचना गर्दे सो अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्य वैद्यले आफूले शुक्रबार प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारण राख्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर दिएको अभिव्यक्तिको […]