विश्व
भारतमा हिजो एक लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण
२५ जेठ, काठमाडौँ – भारतमा सोमबार एक लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ । गत २४ घण्टामा भारतमा थप ८६ हजार ४९८ थप व्यक्तिको कोरोना सङ्क्रमण भएको छ । कोरोना सङ्क्रमितको यो संख्या ६३ दिनयताको सव भन्दा कम हो । कोरोना सङ्क्रमण शुरु भएयता यहाँ सङ्क्रमितको जम्मा संख्या २ करोड ९० लाख […]
अफ्रिकामा खोप व्यवस्थाका लागि १ अर्ब ३० करोड डलर सहयोगको घोषणा
२५ जेठ, काठमाडौँ – मास्टरकार्ड फाउन्डेसनले अफ्रिकामा कोभिड–१९ को खोप व्यवस्था गर्न एक अर्ब ३० करोड डलर उपलब्ध गराउने घोषणा गरेको छ । फाउन्डेसनले उक्त रकम तीन वर्षभित्र खर्च गरिसक्ने जनाएको छ । मास्टरकार्ड फाउन्डेसनबाट पहिलो पटक व्यवस्था गरिएको यस अभियानबाट खोपको व्यवस्था गर्न कठिनाई भोगिरहेको अफ्रिकालाई ठूलो राहत पुग्नेछ । समयमै खोप लगाउन नसके […]
माओवादी केन्द्रद्वारा गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण
२५ जेठ, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले काभ्रेपलाञ्चोक जिल्लाका गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । माओवादी केन्द्र प्रवास समन्वय कमिटीबाट उपलब्ध स्वास्थ सामग्री जिल्ला पार्टी कार्यालय काभ्रेपलाञ्चोकमार्फत स्थानीय तहमा हस्तान्तरण गरिएको हो । बेथानचोक र भुम्लु गाउँपालिकालाई आज सामग्री हस्तान्तरण गरिएको छ । ती सामग्रीमा पिपिई, एन्टिजेन कीट, पञ्जा, अक्सिमिटर र स्यानिटाइजर छन् […]
भारतको एक केमिकल फ्याक्ट्रीमा आगलागी, १८ जनाको मृत्यु
२५ जेठ, एजेन्सी – भारतको पुणेस्थित एक केमिकल कारखानामा आगलागी हुँदा ११ जनको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । सोमबार राति कारखानामा आगालागी सुरु भएको र त्यहाँ कार्यरत कामदारको जलेर मृत्यु भएको हो । आगलागीमा जलेको अवस्थामा ११ जनाको शव निकालिएको र अन्य १७ जना वेपत्ता रहेको बताइएको छ । […]
पाकिस्तानले बनायो चीनको सहयोगमा कोरोना खोप
२० जेठ, काठमाडौँ – पाकिस्तानको स्थानीय कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप सार्वजनिक भएको छ । चिनियाँ कम्पनी क्यानसिनोले विकास गरेको खोप पाकिस्तानले मंगलबार सार्वजनिक गरेको हो। पाकिस्तानी अधिकारीहरुका अनुसार यस खोप उत्पादनका लागि छिमेकी मित्र राष्ट्र चीनले कच्चा पदार्थ उपलब्ध गराएको हो । यद्यपि उक्त खोप उत्पादनमा धेरै जटिलता आएको अधिकारीहरुले बताए । पाकभ्याकु […]
शुक्र ग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने नासाको घोषणा
२० जेठ, काठमाडौँ – सौर्यमण्डलको सबैभन्दा तातो ग्रह भनिने शुक्र ग्रहमा अमेरिकी अन्तरिक्ष संस्था नासाले दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना छ । पहिलो मिसनको नाम ‘डाभिन्सी प्लस’ र दोस्रो मिसनलाई ‘भेरिटास’ नाम दिइएको छ । यी दुवै मिसनका लागि ५०/५० […]
सिनोभ्याकको कोरोनाविरुद्धको खोपले पायो डब्लुएचओबाट आपतकालीन प्रयोगको अनुमति
एजेन्सी– चीनको अर्को खोपले पनि आपतकालिन प्रयोगको लागि अनुमति दिएको छ । चीनले बनाएको सिनोभ्याक खोपलाई मंगलबार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । सिनोभ्याकले बनाएको खोपलाई चीनसहित धेरै देशहरुले यसअघि नै आपतकालीन प्रयोगको अनुमति दिइ सकेका छन् । सिनोभ्यकले आपतकालीन प्रयोगको अनुमति पाएपछि अब डब्लुएचओबाट स्वीकृत पाउने चिनियाँ खोपको संख्या […]
इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यकाल समाप्तिको सङ्घारमा
१७ जेठ, काठमाडौँ – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गठबन्धनमा रहेका नेता नफ्ताली बेनेटले विपक्षी गठबन्धनसँग मिलेर सरकार बनाउने घोषणा गरेलगत्तै प्रधानमन्त्री नेतन्याहूको १२ वर्षे कार्यकाल समाप्तिको सङ्घारमा पुगेको छ । इजरायलको सानो तर कट्टरपन्थी दल यामिना पार्टीका नेता बेनेटको नाटकीय घोषणाले प्रधानमन्त्री नेतन्याहू र उहाँको दल लिकुड पार्टीलाई विपक्षमा पु–याउने छ । बेनेट र मुख्य […]
भारतमा कोभिड–१९ को संक्रमण दर घट्ने क्रम जारी
१७ जेठ एजेन्सी – कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन् । भारतमा हिजो कोरोना संक्रमितको […]
चीनले दियो तीन सन्तान जन्माउने अनुमति
एजेन्सी– चीनले आफ्नो मुलुकमा बस्ने दम्पतीका लागि तीन जना सम्म सन्तान जन्माउन पाउने नियम ल्याएको छ । यसअघि रहेको दुई सन्तान नीतिको व्यवस्था हटाई चीनले तीन सन्तान नीति ल्याएको हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उक्त नीति चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो मार्फत चिनियाँ राष्ट्रपति सि चिनपिङले अनुमोदन गरेका थिए । चीनको जनसंख्या दशकयताकै कम […]



