Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

विश्व

आतंककारीको आक्रमणमा प्रहरी दम्पतीको मृत्यु

१४ असार, काठमाडौँ – भारतको जम्मु–कश्मीरस्थित पलुवामा जिल्लामा आतंककारीको आक्रमणमा एक विशेष प्रहरी अधिकारी एसपीओ र उनकी श्रीमतीको मृत्यु भएको छ। घटनामा उनीहरुकी छोरी घाइते भएको जनाइएको छ। अधिकारीहरुका अनुसार जिल्लाको अवन्तीपोरास्थित हरिपरिगाममा राति करिब ११ बजे आतंककारीहरुको समूह एसपीओ फैयाज अहमदको घरमा घुसेर गोली चलाएको थियो।   घटनामा गम्भीर घाइते भएका एसपीओ दम्पतीको अस्पतालमा […]

भारतमा थप ४८ हजार सङ्क्रमित, १२ सयको मृत्यु

१२ असार काठमाडौँ – भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना सङ्क्रमित भएका हुन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने थप सङ्क्रमितको सङ्ख्याभन्दा बढी रहेको छ । अधिकारीहरुका अनुसार सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ६४ हजार ८१८ रहेको […]

विन्डोजको नयाँ संस्करण विन्डोज ११ सार्वजनिक

एजेन्सी– माइक्रोसफ्टले नयाँ संस्करणको विन्डोज सार्वजनिक गरेको छ । माइक्रोसफ्टले विन्डोज ११ नामा दिएर नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । माइक्रोसफ्टले भर्चुअल कार्यक्रम आयोजना गरी नयाँ विन्डोज सार्वजनिक गरेको हो । माइक्रोसफ्टले आफ्नो नयाँ पुस्ताको अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । सर्वसाधाराण जगतमा सर्वाधिक लोकप्रिय रहेको विन्डोज १० बजारमा सार्वजनिक भएको ६ वर्षपछि विन्डोजको […]

अमेरिकामा १२ तले भवन ढल्दा १ को मृत्यु, ९९ बेपत्ता

एजेन्सी– संयुक्त राज्य अमेरिकामा बिहिबार १२ तले भवन भत्किएको छ । भवन भत्किदाँ त्यहाँ रहेकामध्ये १ जनाको मृत्यु भएको छ भने ९९ जना सम्पर्कविहीन भएका छन् । भवन भत्किदाँ चेपिएर एक जनाको मृत्यु पुष्टि भइसकेको र ९९ मानिस क्षतिग्रस्त भवनले पुरिएको आशंका गरिएको बीबीसीले जनाएको छ । फ्लोरिडा राज्यको मायामीमा रहेको उक्त भवनमा ल्याटिन अमेरिकी […]

पाकिस्तानलाई थप बीस लाख चिनियाँ खोप प्राप्त

१० असार, काठमाडौँ – पाकिस्तानले कोरोनाभाइरसविरुद्धको थप २० लाख डोज खोप प्राप्त गरेको छ । चीनमा बनाइएको खोप मंगलबार पाकिस्तान ल्याइएको पाकिस्तानी अधिकारीहरुले जानकारी दिएका छन् । खोप लिनका लागि पाकिस्तानका विशेष उडानसहित पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पिआइए) पिके ६८५२ विमान चीन गएको थियो । चीनको राजधानी बेइजिङमा रहेको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सो विमानले सिनोभ्याक खोप […]

जब पत्रकारले लाइभमै हामीले तलब पाएका छैनौं भने…

एजेन्सी– एक टेलिभजनका समाचार वाचकले लाइभ समाचारका दौरान आफूहरूले तलब नपाएको बताएपछि बताएका छन् । दक्षिणी अफ्रिकी मुलुक जाम्बियाका एक समाचार वाचकले यसो बताएपछि अहिले उनको चर्चा भइरहेको छ। जाम्बियाको केबिएन टेलिभिजनका समाचार प्रस्तोता कविन्दा कालिमिनाले लाइभ समाचार पढिरहेको बेलामा उनले आफूले र अन्य सहकर्मीहरुले तलब नपाएको लाइभमा नै बताएका हुन् । समाचार बुलेटिन पढ्दै […]

अफगानिस्तानमा तालिवानको आक्रमण बढ्दो, ५० भन्दा धेरै जिल्ला कब्जामा

९ असार, काठमाडौँ – अफगानिस्तानमा विद्रोही समूह तालिवानले हिंसात्मक घटना बढाएको भन्दै संयुक्त राष्ट्र संघले चिन्ता व्यक्त गरेको छ । अमेरिकाले आफ्ना सेनालाई स्वदेश फर्काउने भए पछि तालिवानले विभिन्न प्रान्त र जिल्लालाई कब्जा गर्न नियोजित तरिकाले चरणबद्ध रुपमा आक्रमण गर्न थालेको राष्ट्र संघले जनाएको छ । तालिवानले धेरै जिल्लामा कब्जा जमाएको छ । राष्ट्र संघका […]

बेल्जियममा निर्माणधीन विद्यालय भवन भत्किँदा पाँचको मृत्यु

७ असार, काठमाडौँ – बेल्जियममा निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा आइतबार पाँच  जनाको मृत्यु भएको छ । आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका नौ जना मजदुरहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।आगामी सेप्टेम्बरमा नयाँ शैक्षिक सत्र सुरु […]

अडियो सामाग्री सुन्न सकिने विशेषता थप गर्दै फेसबुक

एजेन्सी– फेसबुकले आगामी जुन २२ देखि नयाँ विशेषता थप्ने तयारी गरेको छ । विश्वभरि लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा अडियो सामाग्री सुन्न सक्ने विशेषता थप्ने तयारी गरेको अधिकारीहरुले जनाएका छन् । कम्पनीले गत अप्रिलदेखि नै यो नयाँ विषेशताका बारेमा परीक्षण गरेको थियो थियो । परीक्षणका क्रममा नतिजा सन्तोषजनक र सकारात्मक आएपछि पूरै तयारीका साथ फेसबुकले नयाँ […]

उत्तर कोरियामा एक प्याकेट कफीको १०० डलर, समस्यामा किम

६ असार, काठमाडौ – उत्तर कोरियाली प्रमुख किम जोङ उनले अहिले अमेरिका र दक्षिण कोरियासँग वार्ता गर्नुभन्दा धेरै ठूला समस्याको सामना गर्नुपरेको छ । जनता भोकभोकै पर्ने डर छ भने यसको समाधानको उचित विकल्प नहुनुले स्थिति झन् चुनौतीपूर्ण बनेको छ । गएको मंगलबार मात्र उनको सरकारले एक अत्यन्तै महत्वपूर्ण राजनीतिक बैठकको आयोजना गरेको थियो, जसमा […]