विश्व
देशव्यापी लकडाउन जारी रहेपनि बंगलादेशमा कोरोना संक्रमण बढ्दो
३ साउन,एजेन्सी – बंगलादेशमा देशव्यापी रुपमा लकडाउन गरिएको भए पनि कोरोना संक्रमणको दर बढेको पाइएको छ । बंगलादेशमा पछिल्लो केही दिनमा कोरोनाका संक्रमितहरू बढ्दै गएपछि दुई हप्ताअघिदेखि नै लकडाउनको घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा जनाइएको थियो । यहाँ गएको २४ घन्टामा कोरोनाका आठ हजारभन्दा बढी संक्रमितहरु देखिएका छन् । त्यस्तै शनिबारमात्र यहाँ २०४ […]
भारतमा थप ३८ हजार ७९ नयाँ सङ्क्रमित
२ साउन, एजेन्सी – भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अघिल्लो केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्याको तुलनामा गत २४ घण्टामा घटेको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १० लाख ६४ हजार ९०८ पुगेको छ । भारतमा अहिले पनि […]
विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज खोप लगाइयो
२ साउन,एजेन्सी – विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरू यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ४२ करोड ६३ लाख ४७ हजार डोज कोभिडविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ९६ लाख ९५ हजार ८७९ डोज कोभिडविरुद्ध […]
ट्रम्पले हाले आफूलाई प्रतिबन्ध लगाउने फेसबुक, ट्वीटर र गुगलविरुद्ध मुद्दा
एजेन्सी– अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटर, गुगल र फेसबुकविरुद्ध मुद्दा दायर गरेका छन् । पूर्व राष्ट्रपति ट्रम्पले आफूलाई गुगल, ट्विटर र फेसबुकले सेन्सरसिपको शिकार बनाएको आरोप लगाउँदै मद्दा दायर गरेका हुन् । उनले यी प्रमुख तीन कम्पनीका कार्यकारी अधिकृतमाथि आरोप लगाउँदै आफ्नो अभिव्यक्ति स्वतन्त्रता सार्वजनिक माध्यममा कुण्ठित गरेको आरोप लगाएका छन् । आफूमाथि सामाजिक […]
२९ यात्रु बोकेर हिँडेको रुसी विमान सम्पर्कविहीन
एजेन्सी– २९ जना यात्रु बोकेर हिँडेको रुसी विमान मंगलबार बेपत्ता भएको छ । उक्त विमान कामचत्का पेनिनसुला क्षेत्रबाट एएन–२६ विमान सम्पर्कविहीन भएको हो। उक्त विमान अवतरणका क्रममा सो विमान राडारको सम्पर्कबाट बाहिर गएको बताइएको छ। हाल सो विमानको खोजी गर्न सो क्षेत्रमा सरकारी अधिकारीले विशेष टोली खटाएको छ। बेपत्ता विमानको अवस्था अज्ञात रहेका छ । […]
फिलिपिन्समा जहाज दुर्घटना हुँदा १७ को मृत्यु, ४० को उद्धार
एजेन्सी– फिलिपिन्समा आइतबार भएको हवाइ दुर्घटनामा परेका ४० यात्रुको उद्धार गरिएको छ । फिलिपिन्समा आइतबार फिलिपिनी सेनाको सी–१३० हर्कुलस जहाज दक्षिणी सुलु प्रान्तको जोलो टापुमा अवतरणका क्रममा दुर्घटनामा भएको थियो । उक्त दुर्घटनामा १७ जना सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको द न्यूयोर्क टाइम्सले जनाएको छ । दुर्घटनामा परेकामध्ये अहिलेसम्म […]
विश्वव्यापी महामारीको समय कलेजस्तरका विद्यार्थीमा बढी पीडा : अध्ययन
१८ असार, काठमाडौँ – कोभिड–१९ को विश्वब्यापी महामारीका समय कलेजस्तरका विद्यार्थीहरूले बढी तनावको अनुभब गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीबीच कलेजस्तका छात्रछात्राको अनुभव बढी पीडादायी र बिश्मयकारी बनेको हालसालै प्रकाशित ओमेगा नामक ‘जर्नल अफ डेथ एन्ड डाइङ्ग’ मा प्रकाशित रिपोर्टमा उल्लेख छ । “स्नातक र स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीहरूले अनुभव […]
भारतमा कोरोनाभाइरसबाट करिब ४९ हजार सङ्क्रमित
१७ असार, काठमाडौँ – भारतमा गत २४ घण्टामा कोरोनाभाइरसबाट करिब ४९ हजार थप मानिस सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म कूल सङ्क्रमितको संख्या तीन करोड ४ लाख ११ हजार ६३४ पुगेको जनाइएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४८ हजार ७८६ जना सङ्क्रमित भएका हुन् । अघिल्लो […]
भारतमा एकैदिन ३७ हजारमा कोरोना संक्रमण पुष्टि
१५ असार, काठमाडौँ – भारतमा एकैदिन ३७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै भारतमा संक्रमितको संख्या ३ करोड ३ लाख १६ हजार पुगेको छ । यस्तै भारतमा एकै दिन ९०७ संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाले […]
भारतमा गत २४ घण्टामा कोरोनाबाट एक हजार भन्दा कमको मृत्यु
एजेन्सी– गत २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड २७ लाख ९ हजार ३३१ पुगेको छ । यसै अवधीका भारतमा कोरोना सङ्क्रमणबाट ९७९ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९६ जार ७३० पुगेको छ । करिब दुई महिना आधायता २४ घण्टाको […]



