विश्व
म्यानमारमा अझै दुई वर्ष आपत्तकाल रहने सेनाको घोषणा
१७ साउन, एजेन्सी – शक्ति हातमा लिएको ६ महिनापछि म्यानमारको सेनाले सन् २०२३ को अगष्टबाट आपत्तकालीन अवस्था हटाइने बताएको छ । म्यानमारले यसअघि एक वर्षसम्म मात्र आपत्तकाल जारी रहने बताए पनि उक्त समयसीमा लम्ब्याएको हो । टेलिभिजनमार्फत सम्बोधन गर्दै सेनाका प्रमुख मिन औङ हलियाङले बहुदलीय निर्वाचन गराउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । सेनाका प्रमुखको […]
चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदै
१७ साउन, एजेन्सी – चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदै गएको छ । पछिल्ला दिनहरूमा विश्वका अरु प्रभावित देश जस्तै नयाँ प्रकारको डेल्टा भेरियन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको हो। पछिल्लो २४ घण्टामा मात्रै थप ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३० जना व्यक्तिमा स्थानीय रूपमा फैलिएको सङ्क्रमण भेटिएको छ भने बाँकी विदेशबाट […]
अमेरिकामा शक्तिशाली भूकम्प
एजेन्सी– अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ । स्थानीय समयानुसार दिउँसो २ः१५ बजे सो भूकम्प गएको बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पको केन्द्रविन्दु […]
भारतमा पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी संक्रमित थपिए
१४ साउन, काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ सय ४१ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख २२ हजार ६९५ पुगेको छ । यस्तै, वाल्ड्रो मिन्टरको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४३ हजार हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो […]
भारतमा रेल र बस ठोक्किंदा १८ जना मृत्यु, १९ घाइते
१३ साउन, एजेन्सी – भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा रेलले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । लखनउ–अयोध्या रोडमा मंगलबार राति उक्त दुर्घटना भएको हो । भारतीय सन्चारमाध्यामका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर रेलले ठक्कर दिएको थियो । […]
भारतमा १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम
एजेन्सी– भारतमा पछिल्लो २४ घण्टामा थप २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । यहाँ १३२ दिनपछि थप कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । गत […]
विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१६ डोज खोप लगाइयो
८ साउन एजेन्सी – विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ४७ करोड १६ लाख ५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४२ करोड ३४ लाख १७ हजार ३० डोज […]
विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज खोप लगाइयो
एजेन्सी– विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ४७ करोड ९५ लाख २ हजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४१ करोड ७८ लाख ५१ हजार १५१ डोज कोरोनाविरुद्ध खोप […]
नाइजेरियामा भएको एम्बुस आक्रमणमा परी १३ प्रहरी मारिए
एजेन्सी– नाइजेरियाको उत्तरपश्चिमी राज्य जम्फारामा भएको एक एम्बुस आक्रमणमा १३ प्रहरी मारिएका छन् । प्रहरी स्रोतले सोमबार दिएको जानकारी अनुसार बंगुदु जिल्लाको कुरारा मोटा गाउँमा एक प्रहरी कार्यालयमा एम्बुस आक्रमण गरेका थिए । यस आक्रमणमा परी १३ जनाको मृत्यु भएको छ । उत्तरपश्चिमी नाइजेरियामा आपराधिक गिरोहहरूले आतङ्कित पारेका छन् । उनीहरूले गाउँमा छापा मार्ने, गाईवस्तु […]
चीन र सिरियाका विदेशमन्त्रीबीच भेटवार्ता
एजेन्सी– चीन र सिरियाका विदेशमन्त्रीले द्धिपक्षीय सम्बन्धको थप सुदृढ गर्ने विषयमा सहमत हुनुभएको छ । उहाँहरुबीच शनिबार सिरियाको दमासकसमा भेटवार्ता भएको थियो । उहाँहरुबीच आपसी सहयोग र समझदारी बढाउने विषयमा सहमति भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यी हाल सिरियाको भ्रमणमा हुनुहुन्छ । उहाँले शनिबार दमासकसयमा सिरियाली विदेशमन्त्री फाइजल मेकदादसँग भेटवार्ता गर्नुभएको थियो । यी […]



