समाचार
बिहे गरेको चार वर्ष नपुग्दै अलग भए नागा र सामन्था
१७ आश्विन, काठमाडौं – साउथ फिल्मका चर्चित अभिनेता नागा चैतन्य र उनकी पत्नि सामन्था अक्किनेनी बिहे गरेको चार वर्ष नपुग्दै छुट्टिएका छन् । शनिबार समन्थाले आफूहरूले अलग भएको बताएकी छन् । समन्थाले सामाजिक सञ्जालमार्फत अब आफूहरूले केही दिनमै सम्बन्धविच्छेद गर्ने बताएकी छन् । उनले एक प्रेस विज्ञप्ती जारी गर्दै आफूहरू छुट्टिने निर्णय गरेको बताएकी हुन् […]
इन्टरनेटको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन अनुरोध
१७ आश्विन, काठमाडौँ – नेपाल दूसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने÷गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढङ्गले अप्टिकल फाइवर काटी दिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको जनाउँदै इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन अनुरोध गरेको हो । प्राधिकरणले आज एक विज्ञप्ति जारी गरी इन्टरनेट […]
सूचना लुकाएको भन्दै धनुषामा जनप्रतिनिधि र कर्मचारीविरुद्ध ‘भैँसी जुलुस’
१७ आश्विन, धनुषा- धनुषाको सबैला नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुविरुद्ध भैंसी जुलुस निकालिएको छ । भ्रष्टाचार भएको आशंकामा माग गरिएको सूचना उपलब्ध नगराएपछि भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिको पदाधिकारीको अनसनको समर्थनमा नगरबासीले आज बिहान भैंसी जुलुस निकालेका हुन् । जुलुसमा सहभागी गराइएका भैंसीहरूको घाँटीमा मेयर, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत उल्लेखित प्लेकार्ड झुण्ड्याइएको थियो । भैंसी जुलस […]
अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह
१७ आश्विन, काठमाडौं – माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बन्नुभएको छ । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाउनुभएको हो । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो । क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार हुनुहुन्थ्यो । अखिल क्रान्तिकारीले अध्यक्ष चयनको […]
जण्डिसको उपचार गराईरहेका माओवादी नेता पुनको स्वास्थ्यमा सुधार
१७ आश्विन, काठमाडौं –नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ । पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत हुनुहुन्छ । चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्याधिक जण्डिसको मात्रा घट्दो क्रममा छ । सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, […]
पूर्वमन्त्री बास्कोटाले भने : माधव नेपाल काँग्रेसको मतियार हुन्
१७ आश्विन, काठमाडौं –नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल नेपाली काँग्रेसको मतियार भएको आरोप लगाउनुभएको छ। एमालेको मण्डनदेउपुर नगर वडा नम्बर १ को कार्यकर्ता भेलालाई नगरकोटमा सम्बोधन गर्दै नेता बास्कोटाले नेपाल र बामदेब गौतम पार्टीलाई समस्या पर्दा भाग्ने भगौडा भएको बताउनुभएको हेो। माधव नेपालको नाम नै लिएर […]
आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना
१७ आश्विन, काठमाडौं – अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा […]
आरोपित नेता,थाकेका कार्यकर्ता, बिचल्लित जनता
१७ आश्विन, काठमाडौं –‘ओलीजीसँग मेरो तुलना हुन सक्तैन, संविधान मिचीमिची सत्तामा बस्ने र अलिकति आलोचना हुनासाथ राजीनामा दिने म कसरी उस्तै–उस्तै हो ? लोकतान्त्रिक व्यवस्थाप्रति वितृष्णा जगाउन सुनियोजित रूपमा भएको गलत प्रचारबाट सचेत बनौं !’ –माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समयअघि सम्पादकहरुको टिप्पणीमा प्रतिवाद गर्नुभएको थियो । ‘पत्रकारहरुले मलाई खुब लखटे, तर वर्तमान शेरबहादुर सरकारले […]
प्रधानमन्त्रीलाई छक्याएर छानबिन समिति
१७ आश्विन, काठमाडौं –मन्त्रालयमा मन्त्री नभएका बेला कर्मचारीहरूले कसरी आफूलाई कार्यक्षेत्र बाहिरसमेत सक्रिय बनाउँछन् भन्ने गतिलो उदाहरण फेला परेको छ। गत साता मुलुकमा भएको एउटा विमानको आकस्मिक अवतरणको आडमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बेवास्ता गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नै मन्त्रालयका सहसचिवको नेतृत्वमा एउटा छानबिन समिति गठन गरेको छ। विभागीय मन्त्रीका रूपमा प्रधानमन्त्री […]
दशैँ नजिकिँदै गर्दा सहज गरिँदै पृथ्वी राजमार्ग
१७ आश्विन, काठमाडौं – काठमाडौंको ‘लाइफलाइन’का रूपमा लिइने नारायणगढ–मुग्लिन सडकको मर्मत सुधार थालिएको छ । काठमाडौं र पोखरा हुँदै तराईलाई पहाडी एवं हिमाली जिल्लासँग जोड्ने सो राजमार्ग वर्षाका कारण बेलाबेला अवरुद्ध हुँदै आएको छ । दशैँ नजिकिँदै गर्दा सडक विभागले नारायणगढ–मुग्लिन सडक मर्मत थालेको हो । डिभिजन सडक कार्यालय चितवनले सडक मर्मत तथा सुधार कार्य […]



