Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

समाचार

डडेल्धुरा कांग्रेसको रिले अनशनमा पौडेलको ऐक्यवद्धता

१७ आश्विन, काठमाडौं – नेपाली कांग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्ललगायतले पार्टी कार्यालयमा गरेको रिले अनशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ऐक्यवद्धता जनाउनुभएको छ। एक सन्देश जारी गर्दै पौडेलले डडेल्धुरामा क्रियाशील सदस्यता विवाद नटुंग्याइ गरिएको वडा अधिवेशनको विरोध पनि गर्नुभएको छ। डडेल्धुरा सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो। गत भदौ २५ मा सभापति देउवा पक्षले एकलौटी ढंगले […]

‘देशको हिरो प्रचण्ड नै हो’ : अध्यक्ष प्रचण्ड

१६ असोज, काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको हिरो आफू नै रहेको बताउनुभएको छ। शनिबार माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै बुद्धिजीवी, नागरिक आन्दोलनकर्मीलगायत सबैले देशको हिरो प्रचण्ड नै हो भनेर भनेको उहाँले बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अहिले थुप्रैसँग छलफल र भेला भइरहेको छ– विदेशी कूटनीति, […]

खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो : बाबुराम

१६ असोज, काठमाडौं –जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबारे कडा  गर्नुभएको छ । उहाँले हिजोदेखि सुरु भएको एमालेको विधान महाधिवेशनमा अध्यक्ष ओलीको ठूला ठूलो पोष्टर राखिएको तस्विर सेयर गर्दै ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो’ भन्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले लेख्नुभएको छ […]

उडान बढ्दा यात्रुलाई सुविधा

१६ असोज,रुकुम – नेपाल वायु सेवा निगमका मात्रै जहाजले उडान भर्ने मुसीकोट नगरपालिका–१ सल्ले विमानस्थलमा निजी एयरलाइन्सले उडान भर्न थालेपछि नेपालगन्ज र काठमाडौ आउजाउ गर्ने यात्रुलाई सुविधा भएको छ । यसअघि सातमा मुस्किलले एउटा मात्रै उडान हुने विमानस्थलमा यात्रुले चाहेकै बेला जहाज चढ्ने सुविधा पाएको बताईएको छ। सल्ले विमानस्थलमा नेपाल एयरलाइन्ससहित यति र समिट एयरले उडान भर्न थालेका […]

सातामा प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य

१६ असोज, काठमाडौं –यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार गत साताको तुलनामा ६०० ले मूल्य बढेको हो । गत साताको शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ८९ हजार ६०० रुपैयाँ तोकिएको छ । यसबीचमा सुनको मूल्य आइतबार […]

कतारी दूतावासद्वारा चन्द्रागिरीमा खाना महोत्सवको आयोजना

१६ असोज, काठमाडौं –दोहामा हुने विश्वकप फुटबलको उल्टोगणना ९काउन्टडाउन० सुरु भएको खुशियालीमा कतार दूतावासले काठमाडौंको चन्द्रागिरीमा खाना महोत्सवको गरेको छ। शुक्रबार भएको उक्त फेस्टिभलमा कूटनीतिज्ञहरु सहभागी रहेको कतारी दूतावासले जनाएको छ। चन्द्रागिरीमा आयोजित फेस्टिभलमा कतारी दूतावासले केबुलकारमार्फत खाना ओसारेर अरबी र अन्य विदेशी खानाको स्वाद पस्किएको हो। अनौपचारिक कार्यक्रमका बीच राजदूतहरुले चन्द्रागिरीबाट देखिने दृश्यावलोकन गर्दै […]

नेपालसँग सिधा हवाई उडानमा बंगलादेशी राजदूत चौधरीको चासो

१६ असोज, काठमाडौं – नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच सिधा हवाई उडानमा चासो देखाउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा उनले यस्तो चासो देखाउनुभएको हो । नेपालबाट २७ किलोमिटर टाढा रहेको बंगलादेश र नेपालबीच सिधा हवाई उडानको सम्भावना रहेको राजदूत चौधरीले बताउनुभयो । उहाँले विराटनगर विमानस्थलबाट […]

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

१६ असोज, रौतहट – भारतीय नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवको मृत्यु भएको छ । रौटहटको चन्द्रनिगाहपुरमा भारतीय नम्बरको ट्रकको ठक्करबाट एक युवकको ज्यान गएको हो । मृत्यु हुनेमा चन्द्रपुर नपा २ जुडिवेलाका सोनालाल चौधरीको रहेका छन् । शुक्रबार राति ९ बजे चन्द्रनिगाहपुरबाट जुडिवेला घर जानेक्रममा चाँदीपुल नजिकै ट्रकले मोटरसाइकलाई ठक्कर दिएको थियो । युपि ३५ […]

अब मिलेर होइन एक्लै लडेर चुनाव जित्ने हो : गगन थापा

१६ असोज, काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन बिनै एक्लै बहुमत ल्याउने विश्वस व्यक्त गर्नुभएको छ। काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। १४ औं महाधिवेशनबाट पार्टीलाई सुदृढ बनाएर आगामी निर्वाचन एक्लै जित्नसक्ने अवस्थामा पुर्याउनुपर्ने उहाँले बताउनुभयो। उद्घाटन समारोहमा बोल्दै उहाँले भन्नुभयो, ‘कसैसंग मिलेर होइन […]

एमाले विधान महाधिवेशन : आज तीन प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

१६ असोज, काठमाडौं – नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ। ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा आज समूहगत छलफल हुनेछ। आज तीनै वटा प्रतिवेदनमाथि समूहगत छलफल भएपछि समूह नेताले प्रस्तुति गर्ने बताईएको छ। राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन […]