समाचार
दबाबमा प्रधानमन्त्री देउवा
१९ आश्विन,काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गर्नुभएको छ । पार्टीको १४औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफलमा जुटेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच सोमबार भएको भेटमा आफ्नो दल कांग्रेस, सरकार र सत्तारुढ गठबन्धनको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकाल्नुभएको हो । […]
करोडौ ठगीको आरोप लागेपछि सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जन पक्राउ
१९ आश्विन,काठमाडौं –सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहितलाई पक्राउ गरेको हो। ब्युरो स्रोतका अनुसार तामाङसहितका व्यक्तिलाई सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको अभियोग छ। तामाङ संविधान सभामा एमालेका तर्फबाट सभासद पनि थिए। केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप […]
कस्तो रहला आजको मौसम ?
१९ आश्विन,काठमाडौं- आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका अनुसार आज प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा वर्षाको […]
अखिल क्रान्तिकारीको बन्दसत्रमा नाराबाजी र तोडफोड
१८ आश्विन, काठमाडौँ – माओवादी विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको अन्तिम दिन बन्दसत्रमा झडप र कुर्सी तोडफोड भएपछि नेतृत्व घोषणा लम्बिएको छ । पत्रकार सम्मेलनबाट नयाँ नेतृत्व घोषणा गर्ने भनेर मिडियालाई साढे ३ बजे कार्की बैंक्वेटमा बोलाएकोमा साँझ सात बजेसम्म हलभित्र विवाद,नाराबाजी र तोडफोड जारी रहेपछि नेताहरुलाई विवाद मिलाउन समस्या परेको छ । बन्दसत्र […]
परराष्ट्रमन्त्री खड्का र चिनियाँ राजदूत यान्छीबीच सिंहदरबारमा भेटवार्ता
१८ आश्विन, काठमाडौँ – परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ राजदूत होउ यान्छीबीच आज परराष्ट्र मन्त्रालय सिंहदरबारमा भेटवार्ता भएको छ । भेटवार्तामा खोप सहायता लगायत द्धिपक्षीय हितबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजै, अमेरिकी विदेशमन्त्री र्यान्डी बेरीले पनि परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गर्नु भएको थियो। राष्ट्रसंघीय महासभामा भाग लिएर स्वदेश फर्किएका परराष्ट्रमन्त्री खड्कालाई राजदूतहरुले भेटेको […]
कांग्रेस रामेछाप जिल्लाको सभापतिमा कान्छाराम तामाङ
१८ आश्विन, रामेछाप – नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापतिमा कान्छाराम तामाङ निर्वाचित भएका छन् । जिल्ला सभापतिका लागि तीन जना उम्मेदवार रहेकोमा पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि सोमबार दोस्रो चरणको चुनावको तयारी थियो । तर पहिलो चरणमा सबैभन्दा बढि मत ल्याएका कान्छाराम तामाङलाई दोस्रो बढि मत पाएका लबश्री न्यौपानेले समर्थन गर्नुभएको हो। पहिलो चरणमा […]
बुद्ध एयरले बुझायो क्यानलाई प्रतिवेदन,संकेत पालना नहुँदा समस्या
१८ आश्विन, काठमाडौँ – बुद्ध एयरले गत सोमबार विराटनगर उडेको विमानमा आएको समस्या जहाजको समस्या नभएको बताएको छ। बुद्ध एयरले आज नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई बुझाएको प्रतिवेदनमा सो कुरा उल्लेख छ । प्रतिवेदनमा क्याप्टेनले अनावश्यक यात्रुलाई त्रसिद गरेको र इण्डिकेटरको संकेतलाई याद नगरी उडान भर्दा समस्या आएको बताएको छ। बुद्ध एयरले क्याप्टेन अनन्त […]
बेलायती प्रधानमन्त्रीका विशेष दूतले भेटे कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई
१८ आश्विन, काठमाडौँ – बेलायतका प्रधानमन्त्रीका विशेष दूत र कर्णाली प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता भएको छ। सोमबार दिउँसो मुख्यमन्त्री महेन्द्र बहादुर शाही र बेलायती प्रधानमन्त्रीका विशेष दूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको हो। भेटका क्रममा दुई पक्षबीच नेपालको बालिका शिक्षा, महिला सशक्तीकरणको अवस्था र कर्णाली प्रदेशको समग्र विकासबारे छलफल भएको मुख्यमन्त्री शाहीको निजी सचिवालयले जनाएको छ। भेटमा […]
पछिल्लो २४ घण्टामा १ हजार जना कोरोनामुक्त
१८ आश्विन, काठमाडौँ – गत २४ घण्टामा १ लाख २० हजार ५४८ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन्। हालसम्म ७ लाख भन्दा बढी निको भएका छन्। सोमबार १ हजार कोभिड बिरामी थपिए, १० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर १०३० जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। १०,८७४ वटा नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्। […]
पूर्वयुवराज पारस शाहको घरमा चोरी
१८ आश्विन, पोखरा –पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताउनुभयोे । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् । शाहको निवासबाट क्यामरा, २ […]



