Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

समाचार

एमालेले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने

१९ आश्विन,काठमाडौं – आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक नेकपा (एमाले) ले अवरोध गर्ने भएको छ । यसअघि पनि एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आज बस्ने बैठकपनि आफूहरुले अवरोध गर्ने जनाउनुभयो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६र७७’ पेस गर्ने […]

टेलिकमले दियो दसैँ अफर : यस्ता छन् सुविधा

१९ आश्विन,काठमाडौं – नेपाल टेलिकमले चाडपर्वका अवसरमा आजदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराएको छ । सो अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । यसैगरी अगामी तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् । […]

हत्या गरी फरार रहेका आरोपी १२ वर्षपछि पक्राउ

१९ आश्विन, बर्दिया – बर्दियाको गुलरियामा हत्या गरेर भागेका आरोपीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । २०६६ पुस १५ मा गुलरिया नगरपालिका–२ स्थित गुजरानामा घरमा सुतिरहेका घिरउ गोडियाको हत्या भएको थियो। हत्या गरेर फरार भएका बारबर्दिया नगरपालिका–७ घर भएका बिहारी थारु उर्फ राम बिहारीलाई पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले बताउाुभयो । असोज १७ […]

संखुवासभा हत्याकाण्ड : चार अभियुक्त जेल चलान

१९ आश्विन,काठमाडौं – संखुवासभाको मादी हत्या काण्डका दोषीमध्ये चार जना जेल चलान भएका छन् । संखुवासभा जिल्ला अदालतको फैसलापछि चार जनालाई जिल्ला कारागार खाँदबारीमा पुर्पक्षका लाथि थुनामा पठाइएको हो । गत भदौ २१ गते हत्यामा संलग्न रहेका अभियुक्त सोही गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की, हस्तबहादुर कार्कीलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारीमा पठाइएको छ […]

धनुषा पेट्रोल पम्पमा लुटपाट,रड प्रहारबाट मालिक घाइते

 १९ आश्विन,काठमाडौं – धनुषाको विदेह नगरपालिका-७ स्थित रोसन ज्योती पेट्रोल पम्पमा डकैती भएको छ । १० र १२ जना डाँकाहरूको समूहले मध्यरातमा आएर नगद, सुनचाँदी र मोवाइल लुटेर लगेका छन् । डाँकाहरूले रड प्रहार गर्दा पेट्रोल पम्पका सञ्चालक शम्भुनारायण साहको टाउकोमा चोट लागेको छ । जकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत साहको टाउकोमा सात टाँका लगाइएको छ […]

कौशलटारमा मोटरसाइकल दुर्घटना एकको मृत्यु,प्रहरी हवल्दार घाइते

१९ आश्विन,काठमाडौं – भक्तपुर कौशलटारनजिकै सोमबार राति एउटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ना ३२ प ६६७३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा पर्सा वीरगन्ज महानगरपालिका-२० घर भएका ३० वर्षीय लोकनाथ ठाकुर हुनुहुन्छ। उहाँ भक्तपुर नगरपालिका-१० कमलबिनायकमा बस्दै आउनुभएको थियो। उहाँको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा […]

श्री एयरलाइन्सको जहाज चिप्लिएर ट्याक्सिवेबाट बाहिर गयो

१९ आश्विन,काठमाडौं  – श्री एयरलाइन्सको  ९ एन ए एन एफ जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएको छ । ट्याक्सी वेबाट चिप्लिएको जहाज घाँसे मैदानतिर पुगेको हो । घाँसे मैदानतिर पुगेको हुनाले अरु जहाज उडानमा अवरोध नआएको विमानस्थलले जनाएको छ । जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदान भएपट्टि गएको हो । जहाजको पांग्रा ट्याक्सिवेबाट बाहिर गएपनि कुनै क्षति […]

श्रीमानको वार्षिक पुण्यतिथिकै दिन एक महिला झुन्डिएको अवस्थामा फेला

१९ आश्विन,सप्तरी – राजविराज नगरपालिका–२ की २५ वर्षीया रूवीकुमारी साफी सोमबार बिहान आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएकी छन्। उनी गजेन्द्रनारायण सिंह अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन्। एक वर्षअघि रुवीका श्रीमान् राजन साफीको मृत्यु भएको थियो । उनी अस्पतालको फार्मेसीमा कार्यरत थिए । श्रीमान्को मृत्यु भएपछि रुवी घरेलु हिंसाको सिकार बनेको अस्पतालमा कार्यरत कर्मचारी बताउँछन् […]

र्यापर ‘भिटेन’ले ‘रत्नपार्क’मा काम गर्दै

१९ आश्विन,काठमाडौं – युवापुस्तामाझ चर्चित रहेको र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक चलचित्र साइन गर्नुभएको छ। यो चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ । यो चलचित्रका निर्माता नवराज गिरीले भिटेनले चलचित्रमा काम गर्न लागेको पुष्टी गर्नुभयो। नवराजले भिटेनले चलचित्रका लागि लिएकोे पारिश्रमिक भने खुलाउन चाहनुभएन। तर, चलचित्र बजारमा भिटेनले ‘रत्नपार्क’का लागि १८ लाख रुपैयाँ लिएको चर्चा […]

जिप्रका कपिलवस्तुमा विप्लव नेकपाको धर्ना

१९ आश्विन,कपिलवस्तु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले तीन बुँदे सहमति कार्यान्वयनका लागि सोमबार जिल्ला प्रशासन कार्यालय तौलिहवा अगाडि दुई घण्टा धर्ना दिएको छ । यो विप्लवको गृहजिल्ला हो । २०७७ फागुन २१ गते तत्कालीन केपी ओली सरकारसँग नेकपाले तीन बुँदे सहमति गरेको तर सहमति भएको करिब सात महिनाको अन्तिम अवधिसम्म आइपुग्दा […]