समाचार
भारतमा थप ४४ हजार नयाँ सङ्क्रमित, एक दिनमा ५५५ जनाको मृत्यु
एजेन्सी– भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख पाँच हजार १५५ जना सङ्क्रमित अवस्थामै रहेका जनाएको छ । सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या कूल […]
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
१५ साउन, काठमाडौं– बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । फरार प्रतिवादी काठमाडौं मनोहरा नगरपालिका–२ ठेगाना भएका ४६ वर्षीय राम खड्कालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उक्त मुद्दामा उच्च अदालत पाटनको गत वैशाख १४ गतेको फैसलाले ९ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी […]
ललितपुर महानगरपालिकामा आजदेखि भेरोसेल खोप आजदेखि लगाउन सुरु
१५ साउन, काठमाडौं– ललितपुर महानगरपालिकामा आज शुक्रबारदेखि कोरोना भाइरस विरुद्धको भेरोसेल खोप आज देखि लगाउन सुरु गरिएको छ । उक्त खोप महानगरपालिकाका ४५ वर्षमाथिका सबै नागरिकलाई लगानउ सुरु गरिएको हो । सो खोप आइतबारसम्म खोप लगाइने महानगरले जनाएको छ । महानगरका २९ वटै वडामा खोप कार्यक्रम सञ्चालन हुनेछन् । खोप लगाउन आफ्नो वडा कार्यालयमा सम्पर्क […]
कोरोना संक्रमण बढेपछि सीसीएमसीको आज बैठक बस्दै
१५ साउन, कामठाडौँ – कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ । शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ । विहीबार मात्र ३ हजार ३६५ कोरोना संक्रमित थपिएका […]
एक/दुई दिन लगातार ठूलो पानी पर्ने सम्भावना छैन : मौसमविद्
१५ साउन, काठमाडौँ – आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । प्रदेश-१, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । तर, छोटो समयका लागि मात्रै ठूलो वर्षा हुनेछ । अबको केही दिन लगातारजसो ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका […]
सरकारी जीप दुर्घटना : १ जना मृत्यु, ५ घाइते
१५ साउन, काठमाडौँ – ढल्वेबर–जनकपुर सडकअन्तर्गत लक्ष्मीनियाँ गाउँपालिकाको सपहीमा सरकारी नम्बर प्लेटको स्कार्पियो पिकअप जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आज विहान जनकपुरधामतर्फ आउँदै गरेको ज-२०-०२-०००१ ख ००३५ नम्बरको स्कार्पिओ पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेको हो । प्रहरीका अनुसार स्कार्पियोमा सवार महोत्तरीको भंगहा नगरपालिका–९ बस्ने […]
खिर खाएर साउन १५ मनाइँदै
१५ साउन, काठमाडौँ – साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले […]
ओलीको यो बोलीले टरेको थियो सहमति
१५ साउन, कामठाडौ – पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ७ गते आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निकट नेताहरूसँग पार्टी विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए। ‘अब हामीले गर्नुपर्ने तयारी गर्नुस्’, उनले घनश्याम भुसाललगायतका नेताहरूसँग भनेका थिए। कोटेश्वरस्थित आफ्नै घरमा रहेका नेता र सचिवालय टिमसँग पनि नेपालले विवाद मिल्ने अवस्थामा पुगेको […]
बाघ दिवसमा प्रधानमन्त्री
१४ साउन, काठमाडौं– हाल नेपालमा बाघको संख्या २ सय ३५ रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थान सुरक्षित राख्न विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । विश्व बाघ दिवसका अवसरमा ललितपुरमा बिहीबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाघको बासस्थानको सुरक्षा, चोरी निकासी, गैरकानूनी व्यापार नियन्त्रणका लागि ध्यान दिनुपर्ने बताउनुभयो । बाघलाई संरक्षण गर्न […]
तास खेल्दा पक्राउ परेका वडाध्यक्ष र शिक्षकसहित १५ जना ५ सय जरिवाना तिरेर छुटे
१४ साउन, काठमाडौं– जुवाखालबाट समातिएका वडाध्यक्ष, शिक्षक, ठेकेदारसहित १५ जना ५ सय जरिवाना तिरेर छुटेका छन् । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित पक्राउ परेकालाई ५ सय जरिवाना गराएर छाडिएको छ । उनीहरुलाई श्रीनगर प्रहरीचौकीले मुद्दा नचलाई छाडिएको हो । नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल […]



