Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

समाचार

तास खेल्दै गर्दा २० जना पक्राउ

७ साउन, काठमाडौं– प्रहरीले तास खेलिरहेको अवस्थामा काठमाडौंका विभिन्न स्थानबाट २० जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानरगपालिका–११ भोटेबहाल बस्ने ५० वर्षीय दिनेश कुमार शेरचनको घरमा तास खेलिरहेको अवस्थामा दिनेश कुमार लगायत ६ जना पुरुष र ६ जना महिला गरी जम्मा १२ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई बुधबार दिउँसो पक्राउ गरेको हो […]

चितवनमा सडकनजिकै युवकको शव फेला

७ साउन, काठमाडौं– चितवनको भरतपुरस्थित सिमलडाँडा सडकछेउको सडक छेउमा एक पुरुष मृत फेला परेका छन्। वस्तीबाट करिब ३ सय मिटर पर सडक नजिकै आज बिहान ७ बजेतिर ३० वर्षजतिका पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। पैदलयात्रुले कालोपत्रे सडकनजिकैको घोलमा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा अनुसन्धान टोली पठाएर अनुसन्धान भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले […]

आज चीनबाट ८ लाख डोज खोप ल्याइँदै

७ साउन, काठमाडौँ – चीनबाट आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ । हिजो बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाजले दिउँसो काठमाण्डौमा खोप ल्याउनेछ । आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । पर्सि ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ । यसअघि असार २५ गते […]

हिमालपारिका दुःख : ट्र्याक्टरमा खोप ढुवानी

७ साउन, काठमाडौँ – हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो । गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा ढुवानी गरेर ज्येष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ । भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सदरमुकाम […]

सङ्क्रमणकालीन न्याय छिटो दिन माग

६ साउन, काठमाडौं– दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको लामोसमय वितिसक्दा पनि सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्न सकेको छैन । शान्ति प्रक्रियाका धेरै काम पूरा भए पनि पीडितलाई न्याय दिने काम आफै पूरा हुनसकेको छैन । द्वन्द्वका पीडित पक्षले न्याय निरुपणको काम छिटो अगाडि बढाउन माग गरिरहेका छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले आज […]

मेलम्चीका बाढीपीडितलाई आर्थिक सहयोग

६ साउन, काठमाडौं– मेलम्चीका बाढीपहिरो पीडितलाई टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का अध्यक्ष कृष्ण कँडेलले रु १८ लाख ३६ हजार १०५ नगद सहयोग गर्नुभएको छ । उहाँले उक्त रकम मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याललाई आज हस्तान्तरण गर्नुभएको हो । उक्त रकम गत असार १ गते आएको बाढीका कारण मेलम्ची नपामा पूर्णरूपमा क्षति भएकामध्येका पनि अतिप्रभावित कमल श्रेष्ठ, ङयन्द्र […]

लागूऔषध ओसारपसार आरोपमा १५१ पक्राउ, ९९ मुद्दा दर्ता

६ साउन, काठमाडौं– आर्थिक वर्ष २०७७÷७८ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुरमा १५१ जना पक्राउ परेका छन् । तीमध्ये १३९ नेपाली पुरुष, नौ नेपाली महिला र तीन भारतीय पुरुष छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनामा ३६, चैतमा २२, जेठमा १५, पुसमा १४, फागुनमा १३ र कात्तिकमा १० जना पक्राउ परेका र सो […]

कर्णाली राजमार्गमा पहिरो जाँदा अवरुद्ध

६ साउन, काठमाडौं– मङ्गलबार राति परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताउनुभयो । “अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ”, उहाँले भन्नुभयो, “सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको […]

काठमाडौंमा १८ वर्ष माथिकाले पनि पाउने भए जोन्सन एण्ड जोन्सनको खोप

६ साउन, काठमाडौं– काठमाडौं उपत्यकामा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिन थालिएको छ । उक्त खोपको लक्षित समूह ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जान्सेन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीमात्र तोकिएको थियो । यद्यपि दुई दिनसम्म लगाउँदा पनि […]

प्रतिबन्धित क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ ‘रेडबुल’ बिक्री बितरण गर्ने पक्राउ

६ साउन, काठमाडौं– काठमाडौँमा रहेका शक्तिवर्द्धक पेय पदार्थ ‘रेडबुल’ स्टोरमा छापा मारेको छ । काठमाडौंका चार ठाउँका स्टोरमा प्रहरीले छापा मारेको हो । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटारमा रहेको स्टोरमा छापा मारेर चारजना स्टोर सञ्चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काठमाडौँका रबिनराज श्रेष्ठ, बाँके घर भएका […]