Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

बाढीको जोखिम भएका यी स्थानमा सतर्कता अपनाउन आग्रह

१६ असार, काठमाडौँ – भारी वर्षाका कारण  नेपालका साना तथा ठूला नदीहरूमा पानीको बहाब बढ्दो छन् । सिन्धुलीको कमला नदी रानीबास जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी बिहान पाँच बजेदेखि परासीस्थित बर्दाघाट वर्षामापन केन्द्रमा पनि भारी वर्षामापन भएको छ । उक्त क्षेत्रका […]

‘प्रतिनिधिसभा पुनस्र्थापना नभए ठूलो संकट आउन सक्छ’

१६ असार, कामठाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघठनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले संविधानको भावना र जनताको अभिमतको संरक्षण हुनेगरी फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । सापकोटाले प्रतिनिधि सभा पुनस्र्थापना नभएमा मुलुक बहुआयमिक संकटतर्फ धेकेलिने भएकाले त्यस्तो संकट आउन नदिन पनि प्रतिनिधि सभा पुनस्र्थापनाका लागि देशव्यापी रूपमा जनमत सिर्जना गर्नुपर्ने आवश्यकता आंैल्याए । सभामुख […]

माओवादी केन्द्रले कारवाही गरेका दुई मेयरलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

१५ असार, काठमाडौं– सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका जनप्रतिनिधिलाई पुनर्वाहली गर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चले स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिने गरी पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको हो  । सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह […]

पछिल्लो २४ घण्टामा थप २,६३६ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

१५ असार, काठमाडौं – पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ५९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ७ सय २८ र ४ हजार ४ सय ८९ एन्टिजेन परीक्षणमा ९ सय ८ गरी २ हजार ६ सय […]

जबरजस्ती करणीको आरोपमा एक पक्राऊ

१५ असार, काठमाडौं– जबरजस्ती करणी गरेको आरोपमा झापाबाट एक पुरुष पक्राउ परेका छन् । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुद्धशान्ति गाउँपालिका–३ पुलचोक बस्ने राजु थापा भन्ने २४ वर्षीय नुर खानलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सोमबार दिउँसो उनलाई पक्राउ गरेको हो । खानले ती महिलालाई मेचीनगर नगरपालिका–११ बाँसवारीस्थित शुभकामना होटल एण्ड […]

कोरोना संक्रमितको निः शुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै

१५ असार, काठमाडौं– कोभिड–१९संक्रमितको संख्या घट्दै गएसँगै निःशुल्क उपचार अब सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै उपलब्ध गराइने भएको छ। आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारी अस्पताल र प्रतिष्ठानबाट मात्रै कोरोना संक्रमितको उपचार निःशुल्क हुने बताएका हुन् । विज्ञप्तीमा उनले भनेका छन्, ‘कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता […]

दाङमा एक साता लम्बियो निषेधाज्ञा, भोलीदेखि सार्वजनिक सवारी खुल्ने

१५ असार, काठमाडौं– दाङमा जारी निषेधाज्ञा असार २२ गतेसम्मका लागि लम्ब्याएको छ । जारी निषेधाज्ञामा एक साता थप गरी दाङमा निषेधाज्ञा लम्ब्याइएको हो । यद्यपि यसपालिको लकडाउनमा केही व्यवस्थामा परिमार्जन गर्र्दै खुकुलो बनाइएको छ । दाङमा जारी निषेधाज्ञामा अब छोटो दूरीका सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पूरा गरेर जिल्ला भित्र सञ्चालन गर्न पाइने भएको छ । […]

आफ्नै पतिको कुटपिट गरी हत्याको अभियोगमा श्रीमती र छोरा पक्राऊ

१५ असार, काठमाडौं– कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले बर्दियाबाट दुईजनालाई पक्राउ गरेको छ । मधुवन नगरपालिका–४ बादरभरिया बस्ने ३८ वर्षीय लक्षिराम थारुको कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उनकै श्रीमती ३८ वर्षीय सिता थारु र छोरा १८ वर्षीय किशोर रहेका छन् । प्रहरीले उनीहरुलाई सोमबार साँझ पक्राउ […]

युवाहरु मिलेर दाङमा विपन्न परिवारलाई खाद्यन्न समाग्री वितरण

१५ असार, काठमाडौँ – काठमाडौंमा विभिन्न पेशा व्यवसाय गरिरहेका युवा समाजसेवीहरु मिलेर दाङको तुल्सिपुर उपमहानगरपालिका-१८ सातकुलेमा आर्थिक विपन्न, अपांग, एकल महिला, भुमिहिन, दैनिक ज्याला, मजदुरी गरेर जीविकोपार्जन गर्ने घर परिवारलाई  खाद्यन्न समाग्री वितरण गरेको छ । कोरोना भाइरस तथा  निषेधाज्ञाको कारणले गर्दा दैनिक जिबिकोपार्जन गर्न समस्यामा परेका करिब ४० घर परिवारहरुलाई खाद्यन्न समाग्री वितरण गरेको […]

पर्सामा चट्याङ लागेर ३ को मृत्यु

१५ असार, काठमाडौं– मंगालबार बिहान परेको चट्याङले गर्दा पर्सामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका–४ का ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ का २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी–३ का ५० वर्षीय असरतोमी देवी थारु रहेको पर्सा प्रहरीले जनाएको छ । यस्तै ४ जना घाइते भएका छन् । देवरवानीमै चट्याङले लागेर […]