Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

सन्तोषी सुब्बा हत्याः बौद्ध क्षेत्रबाट एक युवक पक्राउ

१० असार, काठमाडौं– दक्षिणकाली मन्दिरको शौचालयमा मृत फेला परेकी महिलाको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले उक्त घटनामा संलग्न रहेको अभियोगमा दक्षिणकालीको एक वर्कशपमा काम गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनामा पक्राउ परेका युवकलाई प्रहरीले आज पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने तयारी गरेको बताएको छ । गत मंगलबार सन्तोषी […]

युट्युब भाइरल महिला हत्या प्रकरण : कसरी भेट भएको थियो आरोपी र सन्तोषीको

१० असार, काठमाडौँ – युटुबमा भइरल महिला सन्तोषी सुब्बाको हत्याको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्ने सिन्धुपाल्चोक चौतारा घर भएका सुरेश तिमिल्सिना भएको खुलेको छ । काठमाडौंको दक्षिणकालीमा मंगलबार बिहान मृत अवस्थामा सन्तोषी सुब्बाको सव भेटिएको थियो । स्रोतका अनुसार हत्या गरेको आरोपमा प्रहरीले असन कमलाछीबाट सुरेशलाई पक्राउ गरेको हो । प्रहरीका […]

वर्षायाममा खाद्य संकट टार्न बारेकोटमा नौ हजार क्विन्टल चामल माग

१० असार, काठमाडौँ-वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ । बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महिना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको घाट डिपोमा पाँच हजार क्विन्टल र काउली डिपोमा चार हजार क्विन्टल सहुलियतको चामल उपलब्ध गराउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी […]

आफ्नै श्रीमतीको हत्या

१० असार, काठमाडौँ – पर्वत जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् । सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कोदालोले कुटपिट गरेका थिए । घाइते भएकी नेपालीको […]

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

१० असार, काठमाडौँ – नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार रातिदेखि लागु हुनेगरी निगमले पट्रोल, डिजेल, मट्टीतेलको र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो । नयाँ मुल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर १२७ डिजेल र मट्टीतेलको ११० तथा आन्तरिक हवाई इन्धनको मूल्य ८२ रूपैयाँ पुगेको छ । […]

‘राष्ट्रपतिबाट दलको अधिकार खोसियो’

१० असार, काठमाडौँ – नयाँ सरकार गठनका सन्दर्भमा बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा परेको दाबीलाई राष्ट्रपतिले ‘दाबी पुगेन’ भन्नु मताधिकार खोस्नु भएको तर्क कानुन व्यवसायीले गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका क्रममा बुधबार बहस गरेका कानुन व्यवसायीले केपी शर्मा ओलीबाहेक अन्यलाई प्रधानमन्त्री बनाउन नचाहेकाले राष्ट्रपतिले रातारात प्रतिनिधिसभा विघटन गरेको दाबी पनि गरे। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू […]

असार १७ गतेदेखि आन्तरिक उडान खुला

९ असार, काठमाडौं – आन्तरिक हवाइ उडान असार १७ गतेदेखि संचालन गर्न दिने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ। यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी सञ्चालन गर्न दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरुलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेर यस्तो जानकारी […]

चट्याङ लागेर बुबाको मृत्यु, छोरी र नातिनी घाइते

९ असार, खोटाङ – चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा आज  परेको चट्याङले उहाँको घटनास्थलमै मृत्यु भएको हो । चट्याङले राईकी छोरी ४५ वर्षीया तारा  र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जानकारी दिनुभयो । घाइते दुवैको […]

फेरि बढ्यो इन्धनको भाउ, पेट्रोलको मूल्य १२७ रुपैयाँ प्रतिलिटर

९ असार, काठमाडौँ – नेपाल आयल निगम लिमिटेडले इन्धनको मूल्य वृद्धि गरेको छ । बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले वृद्धि भएको छ । मूल्य वृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय २७ रुपैयाँ, डिजेल तथा […]

मेलम्चीः ६० वर्ष पुगेका एकल महिलापुरुषलाई मासिक रु एक हजार

९ असार, काठमाडौँ – मेलम्ची नगरपालिकाको नवौं नगरसभाले आगामी वर्षका लागि चालू खर्चतर्फ रु ७६ करोड र पँुजीगततर्फ रु ४२ करोड गरी रु एक अर्ब १८ करोड रकम विनियोजन गरेको छ  । नगर प्रमुख डम्बर अर्यालद्वारा आजै प्रस्तुत नीति तथा कार्यक्रममा कोभिड– १९ रोकथाम तथा मेलम्ची इन्द्रावती बाढी प्रभावितलाई प्राथमिकतामा राखिएको छ । नगरले केही […]