समाचार
खहरे खोलाले बगाउँदा मृत्यु
९ असार, काठमाडौँ – खहरे खोलाले बगाउँदा आज एक पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका – ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार लगातार वर्षापछि फल्कापुरदेखि माथि खहरे खोला बढेर बगाउँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पतालमा आज […]
ब्राउनसुगरसहित एक पक्राउ
९ असार, काठमाडौं– प्रहरीले अवैध लागूऔषध सहित बर्दियाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १ ग्राम ९ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित मधुबन नगरपालिका–५ गाउँ बस्ने २२ वर्षीय किरण थापा मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले लागूऔषधको ओसारपसार भइरहेको सूचनाको आधारमा उनलाई ब्राउनसुगरसहित पक्राउ […]
आन्तरिक तर्फको हवाई उडान असार १७ देखि भर्न पाइने
९ असार, काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले असार १७ गतेदेखि आन्तरिक हवाइ उडान सुचारु गर्न दिने निर्णय गरेको छ । मन्त्रालयले कुल यात्रु क्षमतामा ५० प्रतिशत भन्दा बढी यात्रु राख्न नपाउने गरी आन्तरिक उडान गर्न दिने निर्णय गरेको हो । बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरुलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने […]
महत, ढकाल र शर्माविरुद्ध रु एक अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा
९ असार, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछ्र्योट आयोग ऐनले दिएको अधिकार क्षेत्र बाहिर गई अभियुक्तले करदातासँग कर फछ्र्योट सम्झौता गरेको पाइएको छ । […]
अशक्त र परित्यक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछः प्रधानमन्त्री
असार ९, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताउनुभएको छ । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै उहाँले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाउँदै लैजान सकिए मात्र भोलि देशले देशभक्त र कर्मठ युवाको नेतृत्व […]
जातीय कारणले घरभाडामा नदिएको घरबेटीलाई सुनियोजित रुपले फसाएको नेवाः दबूको आरोप
९ असार, काठमाडौं– जातीय कारणले घरभाडा नदिएको भन्ने सरस्वती प्रधानमाथि लगाइएको आरोप सुनियोजित भएको नेवा समुदायको छाता संगठन नेवाः देयले आरोप लगाएको छ। नेवाः देय दबू जिल्ला समिति काठमाडौंले आज प्रेस विज्ञप्ति जारी गर्दै घरधनीले जातीय विभेद गर्ने मनशायले त्यसो नगरेको जनाएको छ । विज्ञप्तीमा प्रत्येक घरधनीलाई आफ्नो घर बहालमा दिँदा बहालवालाको घर ठेगाना, पेशा, […]
जातका कारण कोठा नदिने घरबेटी रिहा
९ असार, काठमाडौं– जातका कारणले कोठा नदिने घरबेटी सरस्वती प्रधान रिहा भएकी छिन्। उनलाई जिल्ला जिल्ला सरकारी वकिलको कार्यालयले रिहा गरिदिएको हो । टेलिभिजन कार्यक्रम प्रस्तोता रुपा सुनारले दिएको जाहेरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारवाही अघि बढाएको थियो । सरकारी वकिलको कार्यालयले […]
संवैधानिक इजलासमा अधिवक्ता बन्दीले मागे आफ्ना प्रश्नको जवाफ
८ असार, काठमाडौं– सर्वोच्चमा संसद विघटनविरुद्धको रिटमा बहस गर्दै अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपति आफ्नो जिम्मेवारी पुरा गर्नबाट चुकेको बताएका छन् । संसद विघटनविरुद्ध परेको रिटमा बहस गर्दै अधिवक्ता बन्दीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी परिसकेपछि त्यसलाई अस्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई छ कि छैन भनी प्रश्न उठाएका थिए। अधिवक्ता बन्दीले विश्वास गुमाइसकेको व्यक्तिले प्रधानमन्त्रीमा दावी […]
कुटपिटपछि मृत्यु, आरोपी पक्राउ
९ असार, काठमाडौं– कुटपिट गरि मारेको अभियोगमा सिन्धुलीबाट एक जना पक्राउ परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–६ शिखरटोल बस्ने ४६ वर्षीया शान्ता भण्डारी खत्रीको कुटपिट पश्चात मृत्यु भएको थियो । खत्री उनकै श्रीमान रबि खत्रीले कुटपिट गर्दा गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते उनको सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज […]
संसद विघटनविरुद्धको रिटमा सुनुवाइ सुरु
९ असार, काठमाडौं– संसद विघटनविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । संवैधानिक इजलासमा उक्त रिटको सुनुवाइ सुरु भएको हो । रिटमा आजबाट निरन्तर सुनुवाइ हुने अदालत स्रोतले जनाएको छ । आजदेखि सुरु हुने बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश ईश्वर प्रसाद खतिवडाले १५ घण्टाको समयसीबारे कानुन व्यवसायीहरुलाई स्मरण गराएका छन् ।



