समाचार
मनसुन सुरुभएयता बाढी पहिरो र डुबानले १७ जनाको ज्यान लियो
६ असार, काठमाडौं– केही दिनयता भइरहेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता १७ जनाको मृत्यु भएको छ । नेपाल पहरीको तथ्यांकअनुसार मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । मृत्यु हुनेहरुमध्ये सिन्धुपाल्चोकका ३ जना, डोटीका […]
थरका कारण घरभाडामा नदिने घरबेटी पक्राउ
६ असार, काठमाडौं– थरका कारण कोठा नदिने घरबेटीलाई प्रहरीले बबरमहलबाट पक्राउ गरेको छ । प्रहरीले एक दलित युवतीलाई कोठा नदिएको आरोपमा प्रहरीले बबबरमहल निवासी सरस्वती प्रधानलाई पक्राउ गरेको हो। उनीविरुद्ध २४ वर्षीया पत्रकार रुपा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीपश्चात महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरीले बबरमहलस्थित निवासबाट ५८ वर्षीया प्रधानलाई पक्राउ गरेको महानगरीय […]
३५ घण्टापछि रोङ्सीमा जमेको ताल खुल्यो
६ असार काठमाडौं– ३५ घण्टासम्म थुनिएको तामाकोसीको सहायक रोङ्सी खोला खुलेको छ । चिनियाँ पक्षले रोङ्सीमा जमेको ताल खुलाएर पानीको निकास दिएको हो । सावधानी अपनाएर रोङ्सी खोलाको तालमा जमेको पानीलाई निकास दिएको चिनियाँ पक्षले जनाएको छ । चिनियाँ पक्षले पानीलाई निकास दिएपछि अवस्था सहज बनेको प्रमुख जिल्ला अधिकारी दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले […]
महाकालीमा पानीको बहाव वर्षकै उच्च
६ असार, काठमाडौँ – महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतार–चढाव आइरहेको छ । “मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो,” इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, “यो यस वर्षकै […]
कोरोना संक्रमणबाट पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन
६ असार, काठमाडौँ – नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो । कोरोना संक्रमण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा विष्ट भर्ना भएका थिए । विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप […]
उपत्यकाका सीडीओहरुको बैठक बस्दै, के होला निषेधाज्ञाको स्वरुप परिवर्तन ?
६ असार, काठमाडौँ – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समय सोमबार सकिँदैछ । स्थानीय प्रशासनले फेरि निषेधाज्ञा थप्ने तयारी गरेको छ तर खुकुलो बनाइने बताइएको छ । निषेधाज्ञाबारे निर्णय लिन उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक आज बस्दैछ । ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले आज अपरान्ह ४ बजे काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको बैठक बस्ने […]
आजको मौसम पूर्वानुमान : भारी वर्षाको सम्भावना
६ असार, काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भने, हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ। आज बिहान देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशको […]
थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु
५ असार, काठमाडौँ – पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
शहरभन्दा गाउँमा कोरोना सङ्क्रमित बढ्दै
५ असार, काठमाडौँ – कोभिड–१९ को दोस्रो लहरको शुरुआतमा तनहुँका शहरी क्षेत्रमा सङ्क्रमितको सङ्ख्या धेरै थियो । सुरक्षित हुने भन्दै निषेधाज्ञा जारी भएपछि शहरमा बस्नेहरु गाउँ जान शुरु गरे । गाउँ जान र बाहिरन कुनै रोकतोक थिएन । गाउँमा पूजापाठ, भोजभतेर पनि निर्बाध चलिरहेका थिए । शहरियालाई आतङ्कित बनाएको कोरोना अहिले गाउँतिर पसेको छ । […]
नेपालको भिडियो सेयर गर्दै डब्लुएचओ प्रमुखले लेखे – ‘खोपको समान आपूर्तिका लागि दबाब दिऊँ’
५ असार, काठमाडौं – यसैसाता हिमालपारिको जिल्ला मुस्ताङको लेतेस्थित खोलामा आएको बाढीमा केही स्वास्थ्यकर्मीले खोपको डब्बालाई मुस्किलले तार्दै गरेको भिडियो भाइरल बन्यो । यो भिडियो एकैदिनमा विश्वभर भाइरल बन्यो जसलाई सयौं प्रतिष्ठित मानिसहरुले पनि सामाजिक संजालमा सेयर गरेका छन् । कोभिडको दोस्रो लहरसँग जुधिरहेको नेपालको यस्तो दृश्य देखेर धेरैले टिप्पणी पनि गरेका छन् । विश्व […]



