Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026

समाचार

महाकाली नदीको जल सतह खतराको संकेत पार

६ असार, काठमाडौँ – लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको संकेत पार गरेको छ । डडेल्धुराको परशुराम धाममा रहेको परशुधाम गेज स्टेसनका अनुसार महाकाली नदीको जलस्तर ७ मिटर रहेको छ । सामान्यतया ६.८० मिटर भएमा खतराको तह मानिन्छ । महाकाली नदीमा जलस्तर बढेपछि डडेल्धुराका साथै कञ्चनपुरका महाकाली नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको […]

मेलम्चीको बाढीमा बगेको थप १ शव फेला

६ असार, काठमाडौँ – असार १ गतेको मेलम्चीको बाढीमा बेपत्ता भएकामध्ये थप १ जनाको शव भेटिएको छ । बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका–२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । बाढीबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ भने अझै २१ जना […]

प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने ज्वाला संग्रौलासहित ५ जना पक्राउ

६ असार, काठमाडौँ – प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिने ‘सामाजिक अभियन्ता’ ज्वाला संग्रौला समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘सामाजिक अभियन्ता’ दावी गर्ने टिका संग्रौला ‘ज्वाला’, शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले  बताउनु भएको हो  । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा […]

उपत्यकाको निषेधाज्ञाः ट्याक्सी चल्न पाउने, कुन बार कुन पसल खोल्न पाइने ?

६ असार, काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्ब्याइएको छ । निषेधाज्ञा यसअघि भन्दा थप खुकुलो बनाउँदै लम्ब्याइएको हो । आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । हाल असार ७ गते मध्यरातिसम्मका लागि लागू गरिएको निषेधाज्ञा पछि थपिएकोे निषेधाज्ञा लागू हुनेछ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी […]

उपत्यकाको निषेधाज्ञा एक साता थप, बारअनुसार पसल खोल्न पाइने

६ असार, काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्ब्याइएको छ । निषेधाज्ञा यसअघि भन्दा थप खुकुलो बनाउँदै लम्ब्याइएको हो । आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । हाल असार ७ गते मध्यरातिसम्मका लागि लागू गरिएको निषेधाज्ञा पछि थपिएकोे निषेधाज्ञा लागू हुनेछ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी […]

सुदूरपश्चिममा मन्त्रीको संख्या विवादमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार

६ असार, काठमाडौँ – मन्त्रीको संख्यासम्बन्धी विवादमा सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार न्यायाधीश दीपककुमार कार्की र कुमार रेग्मीको आइतबार बसेको संयुक्त इजलासले अन्तरिम आदेश दिन नपर्ने आदेश दिएको हो । सर्वोच्चले उक्त रिटमा धारा १६८ (९) को विषय समावेश भएकाले तत्काल अन्तरिम आदेश जारी गर्नु […]

पत्रकारलाई तत्काल कोभिडविरुद्धको खोप दिन सर्वोच्चको अन्तरिम आदेश

६ असार, काठमाडौं– पत्रकारलाई तत्काल कोरोनाविरुद्धको खोप लाउने व्यवस्था गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । पत्रकार तथा अधिवक्ता लिलानाथ घिमिरेद्वारा दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश दिएको हो। त्यस्तै, अन्तरिम आदेश जारी गर्दै न्यायाधीश कुमार चुडालको इजलासले सरकारलाई १५ दिनभित्रमा लिखित जवाफ पनि पेश गर्न आदेश दिएको छ । […]

पछिल्लो २४ घण्टामा २४४२ नयाँ संक्रमित थपिए

६ असार, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ४ सय २१ जना र ४ हजार २ सय ४९ एन्टिजेन परीक्षण गर्दा १ हजार २१ जना गरी २ हजार ४ सय ४२ जनामा […]

पर्सामा एक साता निषेधाज्ञा थपियो

६ असार, काठमाडौँ – पर्सामा एक साताको लागि निषेधाज्ञा लम्ब्याइएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट परिमार्जनसहित असार १३ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । निषेधाज्ञाको क्रममा मापदण्डको पालना गरी बिहान १० बजेदेखि अपरान्ह ५ सम्म पसल खोल्न पाइने छ । यस्तै अत्यावश्यक कामका लागि […]

वनको कर्मचारी तथा पत्रकार हुँ भनी ठगी गर्ने दुई पक्राउ

६ असार, काठमाडौं– आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका–७ बस्ने ५६ वर्षीय पुष्प प्रसाद सिग्देल र सुनसरी इटहरी उपमहानगरपालिका–६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहानलाई रहेको प्रहरीले जनाएको छ । उनीहरूले आफूलाई वनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक […]