समाचार
शिक्षक महासंघ सडक आन्दोलनमा जाने चेतावनी
४ असार, काठमाडौं-३४ सूत्रीय माग राखेर नेपाल शिक्षक महासंघ गएको वैशाख २० गतेदेखि आन्दोलनरत छ । कोभिड–१९ का कारण महासंघले आन्दोलनको ‘मोडालिटी’ परिवर्तन गरेर डिजिटल माध्यमबाट आन्दोलन गरिरहेको छ । सरकार महासंघका मागहरुमा गम्भिर नभएको महासंघले जनाएको छ । आफ्ना माग, अन्दोलनलगायत विषयमा जानकारी दिन महासंघले जुमबाट पत्रकारसँग छलफल कार्यक्रम राखेको थियो । कार्यक्रममा महासंघका […]
सेती आसपासका वासिन्दालाई सतर्क रहन आग्रह, पानीको बहाव वार्निङ प्वाइन्ट भन्दा माथि
४ असार, काठमाडौँ -लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ । डोटीको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ। सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८.४ क्युसेक […]
घोराहीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या
४ असार, काठमाडौँ – घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेको छ । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको हो । सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गरी घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा स्यानाकुमारीको बिहीबार […]
सिन्धुपाल्चोक बाढी : दुई चिनियाँ र एक भारतीयको मृत्यु
३ असार, काठमाडौँ – सिन्धुपाल्चोकको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदीबाट आएको बाढीले बगाउँदा तीन विदेशीको मृत्यु भएको छ । हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको हो । बाढीले बगाएका १३ जना अझै बेपत्ता छन् […]
जसपा विवाद पुनः निर्वाचन आयोग पुग्ने
३ असार, काठमाडौँ – अध्यक्ष उपेन्द्र यादव पक्षले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ । पार्टीको आज भएको कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको समितिका सदस्य मोहम्मद इश्तियाक राईले जानकारी दिनुभयो । सत्तासमीकरणमा दुई पक्षमा विभाजन जसपाको एउटा समूहको नेतृत्व […]
मिलिजुली टिकटक परिवारद्वारा खाद्यान्न सामाग्री वितरण
३ असार, काठमाडौं– मिलिजुली टिकटक परिवारले काठमाडौंको भृकुटीमण्डपमा नेपाल होचापुडका संघमा आवद्ध रहेका ३० परिवारलाई खाद्यान्न सामाग्री बितरण गरेको छ। गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुलि टिकटक परिवारले संयुक्त आयोजनमा मंगलबार बिहान काठमाडौको भृकुटीमण्डपको होचापुडका संघमा आबद्ध रहेका ३० परिवारलाइ ४७ हजार ७ सय रुपैयाँ बराबरको खाद्यान्न सामाग्री बितरण गरेको हो । प्रतिष्ठानले ३० परिवारको लागि […]
मनसुनको सुरुवातमै बाढीपहिरो : सातको मृत्यु, २५ बेपत्ता
३ असोज, काठमाडौँ – मनसुनको शुरुआतमै देशका विभिन्न स्थानमा बाढीपहिरका अकल्पनीय घटना हुन थालेका छन् । सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढीपहिरोले प्रभावित हुन पुगेको छ । विज्ञका अनुसार यसपाली अप्रत्यासित रुपमा लेदो र गेगरसहितको बाढी आएको थियो । यसले बढी क्षति पु¥याउन मद्दत ग¥यो । मौसम पूर्वानुमान महाशाखाले देशका […]
फिरौती रकम माग गर्ने एकजना प्रहरीद्वारा पक्राउ
३ असार, काठमाडौं– फिरौती रकम माग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा सोही गाउँपालिकामा करारमा काम गर्ने कार्यालय सहयोगी सुवर्ण गाउँपालिका–४ हर्दिया टोल बस्ने २८ वर्षीय मुकेश प्रसाद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । फिरौती […]
पेस्तोलसहित तीन जना प्रहरीको नियन्त्रणमा
३ असार, काठमाडौं– प्रहरीले उदयपुरबाट ३ जनालाई पेस्तोल सहित नियन्त्रणमा लिएको छ । प्रहरीले त्रियुगाा नगरपालिका–३ मोतिगढाबाट उनीहरुलाई बुधवार राती पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा त्रियुगा–३ बस्ने ५९ वर्षीय पशुराम चौधरी, ५० वर्षीया श्याम कुमारी चौधरी र सप्तरी सुरुङ्गा नगरपालिका–८ बस्ने २३ वर्षीय बबि चौधरी रहेको प्रहरीले जनाएको छ । पशुरामको घरमा हातहतियार रहेको […]
अवैध लागूऔषधसहित तीन जना पक्राउ
३ जेठ, काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई हेटौंडा–११ थानाभर्याङस्थित सडकबाट ना.१ ख ९९१० नम्बरको कन्टेनर गाडीमा रहेको १ सय ४३ किलोग्राम ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २८ वर्षीय सनक बहादुर तामाङ, गाडीका सह–चालक सोही […]



