समाचार
श्रमिकको न्यूनतम् पारिश्रमिक १५ हजार पुर्याउने प्रधानमन्त्री ओलीको घोषणा
१८ बैशाख, काठमाडौँ – सरकारले श्रमिकहरूको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०७८र७९ देखि लागू हुनेगरी श्रमिकको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गर्नु भएको हो। प्रधानमन्त्री ओलीका अनुसार आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक १५ हजार रुपैयाँ हुनेछ। हाल […]
श्रमिक वर्गको हक, हित र अधिकार सुनिश्चित नभएसम्म आर्थिक विकास र समृद्धि असम्भव : प्रचण्ड
१८ बैशाख, काठमाडौँ-नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव नहुने बताउनुभएको छ । अध्यक्ष दाहालले शनिबार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिदै श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका मुख्य आधार भएको बताउनुभएको हो । उहाँले भन्नुभएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा […]
सैनामैनाको कोभिड अस्पतालमा संक्रमित पुरुषले गरे आत्महत्या
१८ वैशाख, काठमाडौँ – रुपन्देहीका एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार […]
मजदूर आन्दोलनको सम्झनामा आज श्रमिक दिवस
१८ बैशाख, काठमाडौँ – नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर […]
देशका एक चौथाइ शहरहरु ‘लकडाउन’ गर्ने सीसीएमसीको प्रस्ताव
१७ बैशाख, काठमाडौँ – कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशका एक चौथाइ शहरहरुमा ‘लकडाउन’ प्रस्ताव गरेको छ । आज बसेको सीसीएमसीको बैठकले भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न सरकारसमक्ष सिफारिस गर्दै देशका एक चौथाइ शहरहरु लकडाउन गर्ने प्रस्ताव गरेको हो । नाकाबाट आवतजावत जारी रहँदा नेपालमा कोरोना संक्रमण बढेको भन्दै आज […]
निषेधाज्ञाको दोस्रो दिनमा जे देखियो (फोटोहरू)
१७ बैशाख, काठमाडौँ – कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले बिहीबारबाट काठमाडौँ उपत्यकामा निषेधाज्ञा गरेको छ । निषेधाज्ञामा अनावश्यक घरबाहिर ननिस्न, अापतकालीन सेवाबाहेकका सार्वजनिक सवारी साधन नचलाउन भनिएको थियो । तर, निषेधाज्ञाको दास्रो दिन पनि नियम उलङ्घन गरेको भन्दै प्रहरीले चाबहिल, गौशाला क्षेत्रबाट २५० भन्दा धेरै सवारी साधन नियन्त्रणमा लिएको छ । उपत्यकामा निषेधाज्ञाका लागि […]
रुकुम पश्चिममा वैशाख १९ देखि ३१ गतेसम्म निषेधाज्ञा
१७ बैशाख, काठमाडौँ – यही वैशाख १९ गते आइतवारदेखि लागू हुने गरी रुकुम पश्चिममा निषेधाज्ञा लगाइने भएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको नयाँ ‘भेरिएन्ट’ सहितको सङ्क्रमण दर तीव्र गतिमा बढेकाले निषेधाज्ञा लगाउनुपरेको केन्द्रले जनाएको […]
प्रमुखलाई कोरोना देखिएपछि कर कार्यालय बन्द
१७ बैशाख,ओखलढुङ्गा – करदाता सेवा कार्यालयको सेवा बन्द गरिएको छ । कार्यालय प्रमुख कोशलेन्द्र रिजाललाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालयको सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको हो । कार्यालय प्रमुख ४० वर्षीय रिजाललाई आज गरिएको एन्टिजेन परीक्षणमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्यमा सामान्य समस्यासहित कोरोनाको लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि […]
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
१७ बैशाख, काठमाडौँ – श्रीमतीको हत्या गरेको आरोपमा नवलपरासी (पश्चिम)को प्रतापपुर गाउँपालिकाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतापपुर-४ स्थित ठुलो खैरटवा घर भएका ३५ वर्षीय उमेश हरिजन छन् । घरायसी विवादमा उमेशले ३० वर्षीया पत्नी सलन्ती हरिजनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको एक प्रहरीले जानकारी दिएको हो । पतिले कुटेर […]
एकै दिन ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु
१७ बैशाख, काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३ सय ९१ पीसीआर परीक्षणमा ५ हजार ६ सय ५७ जना र ५ सय २५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५ हजार ७ सय २७ जनामा […]



