Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

विप्लवका दाजु ‘विरजंग’ धरौटीमा छुटे

१७ बैशाख, काठमाडौँ –  नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द (विरजंग) शुक्रबार पश्चिम नवलपरासी जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् । नवलपरासीको बर्दघाटस्थित धनेवामा रहेको एनसेल टावरमा बम विष्फोट गरेको आरोपमा उनलाई रुपन्देहीबाट २०७७ असोज २१ गते नवलपरासीबाट पक्राउ गरि ल्याइएको थियो‍‍‍ । त्यतिबेला नै अदालतले २५ हजार धरौटीमा रिहा गर्ने आदेश […]

सेनाले जोगायो मोबाइल र रेडियोको टावर

१७ बैशाख, काठमाडौँ – नेपाली सेनाले लमजुङका दुईवटा सामुदायिक रेडियो र टेलिफोन टावरमा आगलागी हुनबाट बचाएको छ । बेंसीसहर–१, उदिपुरस्थित श्रीजङ गणको टोलिले स्थानीय कालिका सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिएर रेडियो र टेलिफोन टावरमा क्षति हुनबाट जोगाएको हो । सेनाको सक्रियतामा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएपछि सुन्दरबजार–५, तार्कु गहते डाँडामा रहेको टावरहरुमा सुरक्षित […]

साइकलयात्री यमलालको कोरोना संक्रमणबाट मृत्यु

१७ बैशाख, काठमाडौँ – कैलालीको लम्कीचुहा नगरपालिकाका–१ घर भएका ४३ वर्षीय साइकलयात्री यमलाल रसाइलीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि उपचारको लागि धनगढीस्थित अस्थायी कोरोना अस्पातालमा भेन्टिलेटरमा उपचार गर्दागर्दै मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । उहाँले एउटा खुट्टाको सहारामा मेची–महाकाली मात्र नभई मुगुको रारा ताल अनि भारतमा आयोजना भएका छोटो […]

तीन कोरोना सङ्क्रमितको मृत्यु

१७ वैशाख, पर्सा – वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन कोरोना सङ्क्रमितको उपचारका क्रम्मा मृत्यु भएको छ । अस्पतालको आइसीयूमा भर्ना रहेका दुई महिला तथा एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी वीरगञ्ज–१६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १ः४५ र वीरगञ्ज–३ छपकैया निवासी महिलाको गए राति ९ः३० […]

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार

१७ वैशाख, काठमाडौँ – पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो । अस्पतालमै उपचाररत पूर्वराजा […]

आजबाट निषेधाज्ञामा थप कडाइ हुने

१७ बैशाख , काठमाडौँ  – कोरोना भाइरस संक्रमण रोकथामका लागि बिहीबारदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ हुने भएको छ । निषेधाज्ञामा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले शुक्रबारदेखि थप कडाइ गर्ने प्रहरीले जनाएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञाको पहिलो दिन उल्लंघन गर्ने धेरै देखिएका थिए । नयाँ बानेश्वर, कलंकी, थापाथली, सहिदगेट, महाराजगन्ज, […]

एक हप्तामै २२८ प्रतिशतले बढ्यो कोरोना संक्रमण

१७ बैशाख, काठमाडौँ – कोेरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा मुलुकभर फैलिँदै गएको छ। गत साताको तुलना यो साता २ सय २८ प्रतिशतले संक्रमित बढेका छन्। जसका कारण मुलुकभरका अस्पताल भरिएका छन्। सघन उपचार कक्ष (आईसीयू), भेन्टिलेटर र अक्सिजन अभावले समस्या झन् जटिल बन्ने विज्ञ बताउँछन्। संक्रामक रोग विशेषज्ञ डा। अर्चना श्रेष्ठले नेपालमा एक […]

बालविवाह गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

१६ बैशाख, काठमाडौँ – बालविवाह गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । वनगाड कुपिण्डे नगरपालिका निवासी किशोरलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । वैशाख १३ गते राति खान खाएर सुतिसकेका अवस्थामा स्थानीय किशोरले आफ्नी छोरी भगाएर लगेको थाहा पाएपछि बालिकाका बुवाले फिर्ता ल्याएर जाहेरी दिएपछि किशोर र उनका बाबुलाई प्रहरीले पक्राउ गरेको […]

बालबालिकालाई कोरोना हुनबाट कसरी बचाउने ?

१६ बैशाख, काठमाडौँ  – कोरोनाको दोस्रो लहरमा संसारका प्रायस् देशहरुको स्थिति दिन दिनै नराम्रो हुँदै गइरहेको छ । विशेषज्ञका अनुसार यस पटकको भाइरस म्यूटेटेड छ र यो बालबालिका लागि पनि उत्तिकै खतरनाक छ । यसले ठूलो संख्यामा बालबालिकाहरुलाई संक्रमित बनाइरहेको छ । भारतमा अहिले संसारभरमा सबैभन्दा धेरै संक्रमण देखिएको छ । यस्तो अवस्थामा आफ्ना बालबालिकालाई […]

मन्त्री दीपक मनाङ्गेले लिए शपथ

१६ बैशाख,काठमाडौँ –  बिहीबार गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएका दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । उहाँलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनु भएको हो । उहाँलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । मनाङबाट निर्वाचित सांसद मनाङ्गे स्वतन्त्र सांसद हुन् ।