समाचार
६३ वर्षीया आमालाई बलात्कार गर्ने २३ वर्षीय छोरालाई जन्मकैद
१९ चैत्र काठमाडौँ – त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताए । विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई […]
धनगढीको एक होटलमा एक जना मृत फेला
१९ चैत्र कैलाली – धनगढीको एक होटलमा एक जना मृत फेला परेका छ्न । धनगढी उपमहानगरपालिकाको चौराहमा रहेको सनराइज होटलमा एक पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए। उनले मृतकको नाम नखुलेको र घटनास्थलमा प्रहरी टोली पुगेको बताए।
मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने
१९ चैत्र काठमाडौँ – नेपाल टेलिकम रााष्ट्रिय वाणिज्य बैङ्कले संयुक्त रूपमा ल्याउन लागेको मोबाइल मनी जेठदेखि सञ्चालनमा आउने भएको छ । मोबाइल ब्यालेन्सको प्रयोग गरी इन्टरनेट नभएको अवस्थामा पनि कारोबार गर्नसक्ने उक्त सुविधा ढिलोमा जेठदेखि सुरु हुने नेपाल डिजिटल पेमेन्ट कम्पनी ९एनडीपीसी०का प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए । बुधबार आयोजित भर्चुअल कार्यक्रममा उनले […]
रामेछापमा ८ महिनामा ७ ओटा जबरजस्ती करणी मुद्दा दर्ता
अनिता थापामगर १७ चैत्र, रामेछाप । रामेछापमा आठ महिनाको अवधिमा ७ ओटा जवरजस्ती करणीका घटना भएका छन् । चालु आर्थिक वर्ष ७७/०७८ को फागुनसम्ममा ७ वटा जवरजस्ती करणीका सहित विभिन्न ४६ वटा घटना जिल्ला प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । यस अवधिमा जबरजस्ती करणीका ७, जबरजस्ती करणी उद्योगका ६ , बहुविवाहका […]
अझै तीन दिन मौसम स्थिर रहने, तुवाँलो कायमै
१७ चैत्र काठमाडौँ – आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालको धेरै जसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहेको छ । यही कारण प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिन गएको जनाइएको छ । देशको अधिकाश जिल्लाका धेरै ठाँउमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका […]
ताप्लेजुङमा टिप्पर दुर्घटनामा परी एक युवकको मृत्यु
१७ चैत्र ताप्लेजुङ – ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचामा भएको टिप्पर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु गएको छ । प्रदेश ३–०१–०५ ख ९२७१ नंको टिप्पर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्ण विकको मृत्यु भएकोे हो । दुर्घटनामा परी चालक यामबहादुर विक र मन्दीप लिम्बू घाइते भएको युनिटेक हाइड्रोपावरका जनसम्पर्क अधिकृत मोहन […]
अत्तरियाबाट दार्चुला जाँदै गरेको जिप दुर्घटना‚ तीनजना घाइते
१७ चैत्र बैतडी – महाकाली राजमार्गमा जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। दुर्घटनामा जिपधनी दार्चुलाको अपिहिमाल-५ का जनकसिंह धामी, दलवीर धामी र महादेव धामी रहेका छन्। घाइतेहरुको अवस्था सामान्य रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले जानकारी दिए। कैलालीको अत्तरियाबाट दार्चुला जाँदै गरेको भे १ च ३५११ नम्बरको जिप महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका-३ […]
सुँगुर मार्ने झिरले रोपेर एक जनाको हत्या
१७ चैत्र इटहरी – सुनसरी इटहरी उपमहानगरपालिका–२ मा सोमबार एक जनाको हत्या भएको छ । स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताउनुभयो । सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ । हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छिमेकीको हत्या […]
खन्तीले भुँडीमा हानी हत्या
१७ चैत्र सुनसरी – इटहरी उपमहानगरपालिका-२ का ५५ वर्षीय जीवन रेग्मीले सोही स्थानका ५० वर्षीय केशव कार्कीलाई फलामको खन्तीले भुँडीमा हानी हत्या गरेका छन्। सोमबार दिउँसो साढे १ बजे रेग्मीले पहिलाको विवादलाई लिएर कार्कीलाई फलामको खन्तीले भुँडीमा हानी गम्भीर घाइते बनाएका थिए। घाइते कार्कीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दिउँसो साढे २ […]
आजदेखि चार दिन विद्यालय बन्द
१७ चैत्र काठमाडौँ – वायु प्रदूषणका कारण आजदेखि देशभरका विद्यालय बन्द भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै देशभरका विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । मंगलबारदेखि बन्द भएका विद्यालय अब आइतबार मात्रै खुल्नेछन् । पछिल्ला दिनमा प्रदूषण घट्दै गएका बेला सरकारले संविधान […]



