Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

अज्ञात समूहद्वारा गोंगबुमा विहानै ट्याक्सीमा आगजनी

२२ माघ काठमाडौं – काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार आज बिहीबार बिहान धादिङका खुम्ब नारायण श्रेष्ठको प्रदेश ३९०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको हो । सिंहका अनुसार दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेका थिए । उक्त ट्याक्सीमा […]

दोरम्बा गाउँपालिकाद्वारा कृषि सामग्री वितरण

सिंहराज योन्जन २१ माघ, रामेछाप  – दोरम्बा गाउँपालिकाले कृषि सामग्री वितरण गरेको छ । कृषि सहजीकरण एवम् बैज्ञानिक कृषि प्रणाली अनुरुप आधुनिक कृषि औजार प्लास्टिक टलेल ४५ वटा ,बिरुवाको मुना काट्ने करौती ४५ सेट ,बिरुवामा बिषादी छर्ने पम्म जस्ता औजार सामाग्री वितण गरेको हो । रामेछापको दोरम्बा गाउँपालिकाद्वारा बिनियोजित बजेटले गाउँपालिका केन्द्र टोकरपुरमा वितरण गरिएको […]

काठमाडौँमा प्रचण्ड–नेपाल समूहको मसाल जुलुस

प्रज्वल श्रेष्ठ २१ माघ, काठमाडौँ – नेकपा प्रचण्ड-नेपाल पक्षका विभिन्न भातृसंगठनहरुले काठमाडौँमा मसाल जुलुस निकालेको छ । प्रतिनिधि सभा विघटन, संवैधानिक निकायमा भएको नियुक्ति लगायतको विरोधमा प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार साँझ काठमाडौँमा मसाल जुलुस निकालेको हो । असंवैधानिक तबरले संबैधानिक निकायमा प्रमुख आयुक्त र अन्य आयुक्तहरुलाइ नियुक्ति गरिएको भन्दै नेकपाले माघ २२ […]

ललिता निवास जग्गा प्रकरण : भाटभटेनीका सञ्चालक गुरूङ २ करोड धरौटीमा रिहा

२१ माघ काठमाडौं – सरकारी तथा सार्वंजनिक जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई २ करोड धरौटीमा रिहा भएका छन् । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना मुद्दामा गुरुङसँग बुधबार विशेष अदालतले २ करोड रूपैयाँ धरौटी माग गरेको र उनले बैंक ग्यारेन्टीमा धरौटी बुझाएर पछि रिहा गरिएको विशेष अदालतले जानकारी दिएको छ । […]

भ्रमले कोभिड विरुद्धको खोप लगाउने कार्य सुस्त

१६ माघ महोत्तरी – जिल्लामा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरु गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन् । पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र पहिलो दिन बुधबार ३८ र बिहीबार २६१ जनाले मात्र यो सेवा लिएका स्वास्थ्य […]

डीएसआर मल्टिमिडिया कम्पनीले नेपालमा ल्यायो बिज्ञापनको नयाँ शैली

१५ माघ काठमाडौँ – विज्ञापन संगसंगै सुरक्षा भन्ने नीतिलाई अबलम्बन गरेरे नेपालमा पहिलो पटक डीएसआर मल्टिमिडिया कम्पनीको अफिसियली सुरुवात भएको छ । ट्याक्सीहरुमा ट्याब जडान गरी डिजिटल विज्ञापनको सुरु गरेको डीएसआर मल्टिमिडियाको काठमाडौँमा एक कार्यक्रमका बीच सुरुवात भएको हो । नेपालमा पहिलो पटक ट्याक्सी व्यवसायीको समयस्यालाई मध्यनजर गरी डीएसआर मल्टिमिडियाले ट्याब सहित कम्पनीको सुरुवात गरेको […]

प्रधानमन्त्री ओलीद्वारा कोरोनाविरूद्धको खोप अभियान शुभारम्भ

१४ माघ काठमाडौं – सरकारले कोरोनाभाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान शुभारम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ९बुधबार० बिहान साढे १० बजे भर्चुअलमार्फत खोपको शुभारम्भ गर्नुभएको हो । अभियान शुभारम्भ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश वाचन गरेर सुनाइएको थियो । खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट […]

आजदेखि देशैभर कोरोनाविरूद्धको खोप लगाइँदै

१४ माघ काठमाडौं – सरकारले आज (बुधबार)देखि कोरोनाभाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान शुभारम्भ गर्दै छ । त्यसका लागि भारतले अनुदानस्वरूप उपलब्ध गराएको ४ लाख ५० हजार खोप देशका सातै प्रदेशमा पुर्‍याइसकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे भर्चुअलमार्फत खोपको शुभारम्भ गर्नुहुने छ । खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र […]

मौसम : दिनभर चिसो हुने

१२ माघ काठमाडौं – काठमाडौं उपत्यकामा आज दिनभर चिसो हुने भएको छ । काठमाडौंको आजको न्यूनतम तापक्रम ३।६ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको न्यूनतम तापक्रम ३।६ डिग्री सेल्सियस मापन गरिएको हो । यस्तै, प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । “आज दिउँसो काठमाडौंमा […]

रवि लामिछानेले टिभी छाडेपनि न्युज २४ बाट ‘सिधाकुरा जनतासँग’ निरन्तर प्रसारण हुदै

१० माघ काठमाडौं – न्युज २४ टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सिधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले हालै उक्त टिभी छाडेका छन्। केहि नयाँ र परिस्कृत भर्जन सहित सोही कार्यक्रम अन्य टिभीबाट ल्याउने रवीको तयारी छ। रविले न्युज २४ टिभी छाडेको र फेरि छिट्टै सोही कार्यक्रम लिएर आउने भन्दै शनिबार सामाजिक सञ्जालबाट ‘सिधाकुरा जनतासँग’ का लागि […]