Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

सामाजिक दूरी कायम गरी दसैं मनाऔँ : राष्ट्रपति भण्डारी

१० कात्तिक काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले दसैं, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड –१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको […]

पहिलो पटक यसबर्ष जीवितदेवी कुमारीघरमै, खुलेन तलेजु

९ कात्तिक काठमाडौँ – हरेक वर्ष महानवमीमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा आज सर्वसाधारणले पूजा एवं दर्शन गर्न पाएनन् । आजको दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका आधारमा यस दिन सर्वसाधारणको घुइँचो लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको प्रभावका कारण औपचारिक पूजामा सीमित गरिएकाले सर्वसाधारणको […]

नदीमा नुहाउन गएका दुईको डुबेर मृत्यु

९ कात्तिक काठमाडौँ – नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ । कैलालीकाे घोडाघोडी नगरपालिका– ५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुङ्ग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै बालिका मृतावस्थामा […]

नेपाल स्वर्ग र यहाँका नागरिक विश्वकै राम्रा : कतारी राजदूत

९ कात्तिक काठमाडौँ  – नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण हराभरा सुन्दर भएको उहाँको भनाइ छ । यहाँका नेपालीको अवस्था बुझ्न आउनुभएको राजदूत हेलले नेपाल अति नै सुन्दर रहेको बताउनुभयो । कपिलवस्तुका नागरिक कतारमा बढी नै सङ्ख्यामा भएकाले […]

प्रधानमन्त्री ओलीद्वारा सिकाली देवताको प्रसाद ग्रहण

९ कात्तिक काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आज सिकाली जात्राको प्रसाद हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका थिए । आज बिहान खोकनाका, रुद्रायणी, इन्द्रायणीलगायत देवी देवताका खलकले प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रसाद […]

कोरोना भाइरसका कारण हालसम्म विदेशमा रहेका २ सय ८४ नेपालीको मृत्यु

९ कात्तिक काठमाडौं – कोरोना भाइरसको महामारीका कारण विश्वभर २ सय ८४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए०का अनुसार यस साता साउदी अरबमा थप एक नेपालीको मृत्यु भएसँगै कोरोनाका कारण विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ८४ पुगेको हो । हालसम्मको विवरण अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय […]

अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग

९ कात्तिक उदयपुर उदयपुरको त्रियुगा नगरपालिका–२ मोथ्याईका बासिन्दाले अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गरेका छन् । शनिबार स्थानीय २३ वर्षीया विनिता थापाको सदरमुकाम गाइघाटस्थित टाइम्स पोलिल्किनिकमा उपचारका क्रममा मृत्यु भएको थियो । अवैध रुपमा सञ्चालित उक्त क्लिनिकका सञ्चालक डा रामजीवन यादवले गलत औषधि दिँदा थापाको मृत्यु भएको उहाँका आफन्तको आरोप छ । सञ्चालक […]

कोरोनाका कारण ९ दिनको अन्तरमा आमाछोरीको मृत्यु

९ कात्तिक नवलपरासी – कावासोतीमा कोरोना संक्रमणका कारण आमाछोरीको मृत्यु भएको छ ।  पिठौली चोकस्थित रहेका आमा छोरीको ९ दिनको अन्तरमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।   सुरुमा ४० वर्षीया आमा बिरामी परि उनको मृत्यु भएको र आमाको स्याहारसुसार गर्न खटिएकी छोरीको पनि मृत्यु भएको थियो । उनीहरुको मृत्युपछि मात्र संक्रमण पुष्टि भएको […]

प्रशासनको निर्देशनको अवज्ञा गर्दै क्रसर उद्योग पुनःसञ्चालन

९ कात्तिक काठमाडौँ – जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन भएको छ । प्रशासनले सर्लाही जिल्लाभर सञ्चालनमा रहेका सबै क्रसर उद्योगलाई तत्कालै बन्द गराउन निर्देशन दिएको थियो । राजमार्ग, खोला, नदी, वनजङ्गल, विद्यालय, धार्मिकस्थल र बस्तीको नजिक रहेका नियम विपरीत सञ्चालित क्रसर उद्योगलाई बन्द गराउन निर्देशन दिइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी […]

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा-आराधना गरिँदै

९ कात्तिक काठमाडौँ नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँ घर वा पूजा कोठामा […]