Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

नमोबुद्धमा निजी विद्यालयहरुबीच एकीकरणको पहल

असोज २६ काभ्रे – काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेका निजी विद्यालयहरुबीच एकीकरण गरेर प्राविधिक शिक्षालय स्थापनाका लागि छलफल सुरु भएको हो । नगरपालिकाको शिक्षा समितिले यसबारे नगरभित्र रहेका निजी विद्यालयका प्रतिनिधि र सरोकारवालासँग छलफल अघि बढाएको हो । निजी विद्यालयका प्रतिनिधिसमेत नगरपालिकाको प्रस्तावमा सकारात्मक देखिएका छन् । हाल नमोबुद्ध नगरपालिकामा सातओटा निजी विद्यालय रहेका छन् । […]

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकलाई कुटपिट गर्ने दुई पक्राउ

२६ असोज काठमाडौं – प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले यही असोज २० गते त्रिवि परिसरभित्र त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने दुई जनालाई कोटेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा सिरहा गोलबजारका २३ वर्षीय रुपेश साह र सिरहाकै २४ वर्षीय […]

नेपाली युवा खडग् पुलामी बोरो प्रेसिडेण्डद्वारा अमेरिकामा सम्मानित

२६ असोज काठमाडौँ – नेपाली कला र संस्कृतिको प्रवर्धनमा निरन्तर योगदान पुर्‍याए बापत ब्रुक्लिन बोरो प्रेसिडेन्ट एरिक आडम्सले नेपाली समुदायका खडग् बहादुर पुलामी उर्फ ुबिक्की पुलामीु लाई सम्मान गरेको छ । न्युयोर्क क्वीन्सको ज्याक्सन हाईट्समा आयोजित एक कार्यक्रममा बिक्की पुलामीलाई बोरो प्रेसिडेण्ट आडम्सले निरन्तर सामाजिक सेवा गरेको भन्दै ‘साइटेसन-पत्र’ सहित सम्मान गरेको हो । पुलामी […]

धादिङमा गुडिरहेको बसमा आगो लाग्यो

२६ असोज  धादिङ – धादिङको थाक्रेमा गुडिरहेको बसमा आगो लागेको छ । इलाका प्रहरी कार्यालय गजुरीलेका अनुसार  बिहान तीन बजे थाक्रे गाउँपालिका-१ ढांडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको हो । बसका चालक गोविन्द थापाले गुडिरहेको बेला अचानक आगो लागेको बताएका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताउनुभयो । बसमा […]

ठूलो परिमाणमा लागुऔषधसहित तीन भारतीय नागरिक पक्राउ

२५असोज पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको अधारमा वीरगंज भन्सार कार्यालयबाट जाँचपास भईसकेको कन्टेनर सहितको ट्रकबाट भारि परिमाणमा लागु औषध बरामद गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर २४ बहुअरी चोकबाट एचआर ३८ भि ४८९५ नम्बरको ट्रकबाट चालकको सिटमुनीबाट विभिन्न ब्राण्डका लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पूर्वी […]

काठमाडौं उपत्यकामा १ हजार ४ सय १६ संक्रमित थपिए

२५ असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय १६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय १६ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ हजार १ सय ४५ जना संक्रमित थपिएका छन् […]

शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि

२५ असाेज काठमाडौँ  – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल लाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँका स्वकीय सचिव पुरन खड्काका अनुसार मन्त्री पोखेरेलमा कारोना पुष्टि भएको हो ।  

डा. गोविन्द केसीको अनसन २८ औँ दिनमा तोडियो

२५ असोज काठमाडौं – सरकारसँग ८ बुँदे सहमति भएपछि अनसनरत डा। गोविन्द केसीले अनसन तोड्नुभएको छ । शनिबार मध्यरातमा डा केसी र सरकारबीच सहमति-पत्रमा हस्ताक्षर भएको थियो । सहमतिअनुसार डा केसीले २८ दिनपछि आज बिहान १० बजेतिर अनसन तोड्नुभएको हो । डा. केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एक पत्रकार सम्मेलन गर्दै अस्पतालमा कार्यरत ४६ वर्षीय […]

भात खान ६ महिनादेखि खुलामञ्च

२५ असोज काठमाडौं – शनिबारको दिन । बिहानको सवा नौ बजे । खुलामञ्चको एक भागमा बनाइएको बसपार्कमा बसहरू धमाधम थपिँदै थिए । खाना खाने र खुवाउने समय हुँदै थियो । एक–दुई जना गर्दै खाना खान आउनेहरूको संख्या केही मिनेटमा नै गन्नै मुस्किल पर्छ । त्यत्तिकैमा खानासहितको एउटा गाडी वीर अस्पतालको गेट तर्फबाट भित्र पस्छ । […]

सरकार र डाक्टर केसीबीच ८ बुँदे सहमति, आज अनशन तोड्ने

२५ असोज काठमाडौं – सरकार र अनसनरत डा. गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच ८ बुँदे सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले  हस्ताक्षर गर्नुभएकाे छ । सहमतिअनुसार डा‍‍‍.केसीले शनिबारदेखि अनसन अन्त्य गरी आइतबार अनसन  तोडिएको […]