समाचार
पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण
२४ असोज काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मन्त्री भट्टराईले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘हिजो शुक्रबार बेलुका निवासमा फर्किएपछि हल्का ज्वरोको महसुस भयो । आज शनिबार पुनस् कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भर्खरै जानकारी पाएको छु […]
काठमाडौं उपत्यकाका यी स्थानहरुमा आज सात घण्टासम्म विद्युत् अवरूद्ध हुने
२४ असोज काठमाडौं – काठमाडौं उपत्यकामा आज सात घण्टासम्म विद्युत् अवरूद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको लाइन मर्मत गर्न, तारमा छोएको रूखको हाँगा काट्न, विद्युतको पोल सार्नका लागि विद्युत् कटौती गर्नु परेकोले सात घण्टासम्म विद्युत् कटौती गर्ने भएको जनाएको छ । प्राधिकरणका अनुसार उपत्यकाको लगनखेल, कुलेश्वर, बालाजु, पुल्चोक र जारेपाटी वितरण केन्द्रबाट वितरण […]
शनिबार ५ हजार ८ संक्रमित थपिए, संक्रमितको कुल संख्या १ लाख ५ हजार नाघ्यो
२४ असोज काठमाडौं – मुलुकमा थप ५ हजार ८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ हजार ८ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।
नेपाल भित्रिएको रेल सञ्चालन अन्योलमा
२४ असोज काठमाडौं – जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो । रेल सञ्चालनका लागि रेलको इन्जिन र डिब्बा भारतबाट ल्याइएको छ भने लिकलगायत सबै पूर्वाधार तयार भइसकेका छन् । तर, प्राविधिक तथा प्रशासनिक कर्मचारीको […]
सन्दीप लामिछाने लङ्का प्रिमियर लिगको छनोट प्रक्रियामा
२३ असोज काठमाडौँ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट)मा पर्नुभएको छ । ड्राफ्टमा पर्नुभएका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । सन्दीप हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने क्रममा युनाइटेड अरब इमिरेट्स ९युएई० मा हुनुहुन्छ । यसैगरी अर्का नेपाली […]
सरकारले भन्यो , ‘दशैँमा फोनबाटै आशीर्वाद लिऔँ, पुरानै कपडा लगाऔँ’
२३ असोज काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैँमा फोन तथा अनलाइनको माध्यमबाट आफन्तजनको आशीर्वाद दिन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले शुक्रबार नियमित प्रेस ब्रिफिङमार्फत दशैँमा टिका थाप्न जाँदा कोरोना संक्रमण फैलिने जोखिम रहेको बताएका हुन्। ‘कोरोनाका कारण मान्यजनबाट आशीर्वाद अनलाइन र फोनबाट लिऔं,’ गौतमले भने, ‘संयमित भएर चाडपर्व मनाऔँ। भीडभाड नगरौँ। […]
काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ९ संक्रमित फेला
२३ असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९ संक्रमित फेला परेका छन् । &nbs; स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ हजार १ सय १६ जना संक्रमित […]
यस वर्षको ‘नोबेल शान्ति पुरस्कार’ डब्ल्यूएफपीलाई दिइने
२३ असोज काठमाडौं – यो वर्षको ‘नोबेल शान्ति पुरस्कार’ विश्व खाद्य कार्यक्रम ९डब्ल्यूएफपी०लाई दिइने भएको छ । शुक्रबार ९आज० स्विडिस एकेडेमीले २०२० का लागि ‘नोबेल शान्ति पुरस्कार’ डब्ल्यूएफपीलाई दिने घोषणा गरेको हो । नोबेल कमिटीले ओस्लोमा एक कार्यक्रमको आयोजना गर्दै संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमले भोकलाई परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति […]
डाक्टर गोविन्द केसीलाई जतिबेलापनि हृदयघात हुनसक्ने चिकित्सकहरुको भनाई
२३ असोज काठमाडौं -१९ औं अनशनमा रहनुुभएको डाक्टर गोविन्द केसीको हृदयघात हुने सम्भावना उच्च रहेको डाक्टरहरुले बताएका छन् । अनशनका कारण मुटुको चाल अनियमित रहनुका साथै धड्कन असन्तुलित रहेको रहेकोले जतिबेला पनि हृदयघात हुनसक्ने उनको स्वास्थ्य हेर्ने डाक्टरहरुको निष्कर्ष छ । डाक्टर केसीले अनशन बसेको आज २६ औं दिन पुगिसकेको छ । पछिल्लो समय डाक्टर […]
नेपालमा संक्रमितको कुल संख्या १ लाख नाघ्यो
२३ असोज काठमाडौ – मुलुकमा थप २ हजार ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ ।



