समाचार
भारतका पूर्व-सीबीआई निर्देशक अश्विनीकुमारद्वारा आत्महत्या !
२२ असोज काठमाडौँ – भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)का पूर्व(निर्देशक अश्विनीकुमारले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारअनुसार अश्विनीकुमारले बुधबार आफ्नै निवासमा आत्महत्या गरेका हुन् । उनी नागाल्यान्डका पूर्व(राज्यपालसमेत हुन् । नागल्यान्डको राजधानी शिमलास्थित निवासमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । ७० वर्षीय आश्विनीकुमारले जीवनमा थकित भएपछि अर्को यात्रा तय गरेको सुसाइड नोटमा […]
आइपिएलमा चेन्नइको चौथो हार, कोलकाता १० रनले विजयी
२१ असोज काठमाडौं – यूएईमा जारी इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले जीत हात पारेको छ । प्रतियोगितामा तेस्रो जीत दर्ता गर्ने क्रममा उसले चेन्नइ सुपर किङ्सलाई १० रनले पराजित गर्यो । कोलकाताले दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्नइदे पूरा २० ओभर खेलेर ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन […]
पूर्व गृहमन्त्री शर्माद्वारा जाजरकोट जीप दुर्घटना प्रति दुःख व्यक्त
२१ असोज काठमाडौँ – पूर्व गृहमन्त्री तथा नेकपा नेता जनार्दन शर्मा प्रभाकरले जाजकोटमा भएको जीप दुर्घटना प्रति दुख व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत जीप दुर्घटना प्रति दुःख व्यक्त गर्नुभएको हो ।
गैरकानूनी लाभ लिएको आरोपमा मुद्दा दायर
२१ असोज काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसहित १३ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार रुपन्देहीका विभिन्न खानेपानी आयोजनाको ठेक्का दिँदा गैरकानूनी लाभ लिई सरकारी स्रोतको दुरुपयोग गरेको पाइएको छ । आयोगले शाह विरुद्ध विभिन्न […]
जाजरकोटमा जीप दुर्घटना, वडा अध्यक्षसहित ६ को मृत्यु (अपडेट)
२१ असोज काठमाडौँ – जाजरकोटको जुनिचाँदी गाउँपालिका–१ अउल खोलामा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित ६ को मृत्यु भएको छ । सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप सडकबाट ६ सय मिटर तल खस्दा जुनिचाँदी गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष ५० वर्षीय अमर बहादुर शाहीसहित ६ को मृत्यु भएको […]
के तपाईँ घर बसीबसी चालक अनुमतिपत्र लिन चाहनुहुन्छ ?
२१ असाेज काठमाडाैँ – के तपाईँ सवारी चालक अनुमतिपत्र लिनका लागि घण्टौँसम्म लाइन बस्ने समस्याबाट दिक्क हुनुभएको छ, यातायात कार्यालय नै नगई चालक अनुमतिपत्र लिन चाहनुहुन्छ ? यदि त्यस्तो हो र तपाईँ वाग्मती प्रदेशमा बस्नुहुन्छ भने तपाईँको लागि एउटा राहतको समाचार हुनसक्छ । कोरोनाभाइरस महामारीका बेला मात्रै नभई अरू बेला पनि हुने सेवा प्रवाहलाई सहज एवम् […]
जाजरकोटको जुनिचाँदे गाउँपालिका जीप दुर्घटना
२१ असोज काठमाडौँ – जाजरकोटको जुनिचाँदे गाँउपालिकामा जीप दुर्घटना भएको छ । गाँउपालिकाको लोड्नी भन्ने स्थानमा यात्रुबाहक जीप दुर्घटना भएको बारेकोट गाँउपालिका अध्यक्ष महेन्द्र बहादूर शाहले जानकारी दिनुभयो । घटनास्थल तर्फ प्रहरी जादै गरेको र जीपमा कति जना सवार थिए भन्ने पुष्टि भइसकेको छैन अध्यक्ष शाहले भन्नुभयो । थप विवरण आउन बाँकी
काठमाडौं उपत्यकामा १६ सय ८४ संक्रमित थपिए
२१ असोज काठमाडौं –काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ८४ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ सय २ सय ९६ जना संक्रमित थपिएका छन् भने […]
एकैदिन ३ हजार ४ सय ३९ जनामा संक्रमणको पुष्टि
२१ असोज काठमाडौं – मुलुकमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ४ सय ३९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।
प्रधानमन्त्री कार्यालयका कर्मचारीको पीसीआर टेष्ट (फोटोफिचर)
२१ असोज काठमाडौँ – प्रधानमन्त्री कार्यालयका सबै कर्मचारीको पीसीआर टेष्ट गरिएको छ । पछिल्लो समय उपत्यकामा कोरोना महामारी फैलिएपछि सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयका कर्मचारीको पीसीआर टेष्ट गरिएको हो । तश्वीर : भवनाथ सापकोटाको फेसबुकबाट



