Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

प्रदेश ५ को नाम लुम्बिनी राखियोस् भन्ने प्रस्ताव पनि २ तिहाई बहुमतल पारित

२० असोज काठमाडौं – प्रदेश ५ को नाम लुम्बिनी राखियोस् भन्ने प्रस्ताव पनि २ तिहाई बहुमतल पारित भएको छ । आज प्रदेशसभामा भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राखियोस् भन्ने पक्षमा २ तिहाई सांसदहरुको मत परेको छ । कूल ८७ सांसद मध्ये ८२ सांसद मतदानमा सहभागी छन् । प्रदेको स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताब यसअघि नै […]

६ यात्रुमा कोरोना पुष्टि भएपछि हङ्कङले नेपाल एयरलाइन्सलाई गर्यो कारवाही

२० असोज  काठमाडौं – हङकङले नेपाल एयरलाइन्सलाई कारवाही गर्दै १४ दिनका लागि उडान रोक्का गरेको छ । यो सँगै अब नेपाल एयरलाइन्सले २ साता हङकङ तर्फको उडान अनुमति पाउने छैन । नेपाल एयरलाइन्समा यात्रा गरेका ६ जनाको कोरोना भाइरस पुष्टि भएसँगै हङ्कङले कारवाही गरेको हो । कुनैपनि मुलुकबाट आवतजानत गर्न ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ […]

मन्त्री ढकालद्वारा अस्पतालका निर्देशकसँग छलफल

२० असोज काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गर्नुभएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतले भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा उहाँले जानकारी लिनुभएको थियो । सो अवसरमा मन्त्री ढकालले सबैको सहयोगले मात्र कोरोना […]

टिकटक मिलिजुली परिवार राहत सहित काठमाडौँबाट सिन्धुपाल्चोक पुग्यो

के.बि. थापा सुमन  काठमाडौँ – सामाजिक संजाल टिकटकमा आबद्ध समूह (मिलिजुली टिकटक परिवार) ले असोज १९ गते  सिन्धुपाल्चोक जिल्लामा  सहयोग हस्तान्तरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोक गढी  नगरपालिका १२ निवासी  राजकुमार श्रेष्ठ र संगीता श्रेष्ठको १० वर्षीया छोरी रेजिना श्रेष्ठको असोज १३ गते असमाहिक निधन भएको थियो । रेजिनाले विद्यालय जान नपाएको भन्दै […]

बिटोभित्र पनि नक्कली नोट

२० असोज काठमाडौँ – दशै, तिहार लगायतका चाडपर्व नजिकै आइपुगेपछि बैङ्क तथा वित्तीय संस्थामा नगद जम्मा गर्ने र झिक्नेसँगै बजारमा किनमेल गर्नेको भीड बढ्दो छ । यस्तो अवस्थामा नयाँ नोट चलाउने रहर त सबैलाई हुन्छ नै तर यसप्रति विशेष चनाखो हुनुपर्ने देखिएको छ । खिचापोखरीस्थित सनराइज बैङ्कबाट झिकेको एक लाख रुपियाँको बिटोभित्र एउटा नक्कली हजारको नोट […]

सरकार कहाँ छः न जनताको कुरा सुन्छ, न अदालतको

२० असोज काठमाडौं – कोरोना महामारी बढ्दै गएपछि सरकारलाई सर्वोच्च अदालतले सुरुदेखि नै पीसीआर परीक्षण निःशुल्क गर्न आग्रह गर्दै आएको छ । तर, सरकारले हालसम्म न त निःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाएको छ, न त सरकारी तवरबाट कोरोना संक्रमितलाई ढुक्क हुने गरी भरपर्दो उपचारको व्यवस्था नै गर्न सकेको छ । यति मात्रै होइन, संक्रमितको सम्पर्कमा पुगेकाहरूको […]

नुवाकोटकी २८ वर्षीया महिलाले एकै पटकमा जन्माइन् पाँच शिशु

१९ असोज  काठमाडौं – थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले एकै साथ पाँच शिशु जन्माएकी छन् ।उनले आज अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्माएकी अस्पताल स्रोतले जानकारी दिएको छ । तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल छन् । अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ […]

दशैँमा घर जाँदा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

१९ असोज  तनहुँ –  दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो । चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोभिड–१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने […]

काठमाडौं उपत्यकामा थप १५ सय ३१ मा संक्रमण पुष्टि

१९ असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३१ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३१ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ हजार १ सय ७८ जना संक्रमित थपिएका छन् भने […]

एकैदिन २ हजार ४ सय ४० संक्रमित थपिए

१९ असोज  काठमाडौं –  मुलुकमा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ४ सय ४० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।