समाचार
८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण हुन सक्ने
१८ असोज काठमाडौं – सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च जोखिममा पर्दै गइरहेको विज्ञहरूले बताएका छन् । निजामती, शिक्षक, सेना, प्रहरी तथा विभिन्न सार्वजनिक संस्थानमा गरी ५ लाखभन्दा बढी राष्ट्रसेवक कर्मचारीहरू […]
आफ्नै देशको बाटो प्रयोग गर्दै छाङरु र तिङ्करवासी
असोज १८ काठमाडौँ – नेपाली सेनाले दार्चुला सदरमुकाम खलङ्गालाई व्यास गाउँपालिकाको छाङरु र तिङ्कर गाउँसित जोड्ने घोडेटो बाटो आगामी सोमबार हस्तान्तरण गर्ने भएको छ । नेपाली सेनाले झण्डै चार महिनाको भगीरथ प्रयासपछि व्यास गाउँपालिका १ घाँटीबगरस्थित अत्यन्तै कडा र अप्ठेरो पहरो फोरेर उक्त बाटो निर्माण गरेको हो । महाकाली नदी किनारको उक्त क्षेत्रमा सेनाले पहरो […]
उद्यमी युवा च्यालेन्ज भर्चुअल प्रतियोगिता सम्पन्न, लेक्लेकः द ग्रीन वेभःले जित्यो १ लाख रुपैँया
काठमाडौँ, १७ असोज । ब्लिन्क भेन्चर्स डट कम र ग्लोबल पीस फाउन्डेसन नेपालले सञ्चालन गरेको उदमी युवा च्यालेन्ज भर्चुअल प्रतियोगिता सम्पन्न भएको छ । शान्ति, वातावरण र पर्यटन विषयक अन्तर्राष्ट्रिय सम्मेलन २०२० को एक हिस्साको रूपमा ६ महिनाअघि सुरु भएको उद्यमी युवा च्यालेन्ज यात्रालाई सफल बनाउन अनलाइन भिडियो कन्फेरेन्सबाट भर्चुअल प्रतियोगिता गरेका थिए । प्रतिष्पर्धीहरुले […]
सार्वजनिक यातायात खुल्यो, यात्रु छैनन्
१७ असोज काठमाडौँ – कोभिड–१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण चैत १० देखि बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात सरकारले असोज १ देखि खुला गर्ने निर्णय गरेपनि यात्रु नहुँदा व्यवसायी समस्यामा परेका […]
कोरोना चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने सम्भावना
१७ असोज काठमाडौँ – संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले अहिलेकै जस्तो लापरबाही हुने हो भने दसैं–तिहारमा पहाडी जिल्लामा समेत फैलिने स्थिति रहेको बताए। ‘दसैं आउँदैछ, अब घर जानेहरूले गाउँ–गाउँमा पु९याउने स्थिति […]
कोरोनाको केन्द्र बन्दै उपत्यका, हालसम्मकै उच्च संक्रमण
१७ असोज काठमाडौं – भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक्रयाइँ बढेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । उपत्यकासहित देशभर व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ । सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिक […]
आईपीएलमा हैदराबादको दोस्रो जित
१७ असोज काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दुबईमा राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो । हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन […]
भारतद्वारा नेपाललाई ४१ एम्बुलेन्स, ६ बस उपहार प्रदान
१६ असोज काठमाडौँ – भारतीय दुताबास लैनचौरले नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र ६ बस उपहार स्वरुप प्रदान गरेको छ। महात्मा गान्धीको १५१औँ जन्म जयन्तीको अवसरमा नेपालका लागि भारतका राजदूत महामहिम विनय मोहन क्वात्राले दूतावास परिसरमा रहेको महात्मा गान्धीको प्रतिमामा पुष्प गुच्छा अर्पण गरी उनलाई भावपूर्ण श्रद्घाञ्जली अर्पण गरे। सदाझैं एम्बुलेन्स […]
काठमाडौं उपत्यकामा शुक्रबार १६ सय ३८ संक्रमित थपिए
१५ असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३८ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ३८ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ हजार २ सय ८० जना संक्रमित थपिएका […]
प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय
१६ असोज काठमाडौं – प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ जिल्लाको भालुवाङ बनाउने सहमति जुटेको छ । प्रदेश ५ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले स्थायी राजधानी भालुवाङ बनाउने निर्णय गरेको हो । यसअघि नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले प्रदेश ५ को स्थायी राजधानी भालुवाङलाई बनाउने पक्षमा सहमति जुटाइ सकेका थिए […]



