समाचार
नेपाल-भारत हवाई उडान कार्तिक १ देखि खोल्न प्रस्ताव
१६ असोज काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतका लागि हवाई उडान शुरु गर्न प्रस्ताव गरेको छ । मन्त्रालयले आउँदो कार्तिक १ गतेबाट भारतको उडान खोल्न प्रस्ताव गरेको हो । चैत ११ पछि भारतमा नियमित उडान भएको छैन । कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०मा मन्त्रालयले यस्तो प्रस्ताव पठाएको मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले […]
बेनी–जोमसोम सडक १८ दिनपछि सञ्चालन
१६ असोज काठमाडौँ – म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक १८ दिनपछि बिहीबार साँझबाट सञ्चालन भएको छ । म्याग्दीको अन्नपूर्ण–३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको सिमाना घोप्टेभिरमा खसेको पहिरोले सडक बगाएपछि भदौ २९ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा आवतजावत बन्द भएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण कम्पनीका […]
वरिष्ठ पाइलट विजय लामा कोरोनामुक्त
१६ असाेज काठमाडौं – नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोनामुक्त हुनुभएको छ । गत भदौ २९ गते कोरोना पुष्टि भएपछि ललितपुरस्थित स्टार अस्पतालमा भर्ना हुनुभएका वरिष्ठ पाइलट लामा १८ दिनको लामो उपचारपछि विहीबार डिस्चार्ज हुनुभएको हो । उहाँले कोरोनाविरुद्धको लडाईंमा आफूलाई साथ दिने नर्स तथा डाक्टरहरुको उच्च प्रशंसा गर्दै आफ्नो स्वास्थ्य लाभका लागि […]
१२ वर्षीया छोरी करणी गरेको आरोपमा बुबा पक्राउ
१५असोज काठमाडाैँ – जोरायल गाउँपालिका–५ फलेदा गाउँका अन्दाजी ३६ वर्षीय डम्बरबहादुर विकलाई प्रहरीले आज पक्राउ गरेको छ । आफ्नै १२ वर्षीया छोरी करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । घरमा आफू नभएका समयमा छोरीलाई बलात्कार गरेको भन्ने बालिकाकी आमाको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले दिनुभयो […]
बिहान १०ः१९ बजे दशैँको टीकाको उत्तम साइत
१५ असोज काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दूर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत […]
काठमाडौं उपत्यकामा ९ सय ४३ संक्रमित थपिए
१५ असोज काठमाडौं –काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ४३ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ४३ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ८ सय १७ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ६८ जना संक्रमित थपिएका छन् […]
व्यवसाय थालनी गर्नका लागि १ लाखको धनराशीको “उद्यमी युवा च्यालेन्ज” हुदै
१५ असोज, काठमाडौँ – ब्लिन्क भेनचर्स डट कम र ग्लोबल पीस फाउन्डेसन नेपाल मिलेर शान्ति, वातावरण र पर्यटन विषयक अन्तर्राष्ट्रिय सम्मेलनको अभिन्नभागको रूपमा रहेको उद्यमी युवा च्यालेन्ज नामक प्रतिस्पर्धा हुने भएको छ । २०७७असोज १६ गते९२ अक्टुबर २०२००, शुक्रवार बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म भिडियो अनलाइन प्रविधि जूम मार्फत हुने उक्त प्रतिष्पर्धा ग्लोबल पीस […]
कोरोना कहरका बिच रारामा घुम्नेको संख्या बढ्दै
१५ असोज काठमाडौँ – कोरोनाले सताई रहेको बेला नेपालको ठूलो ताल रारामा भने आन्तरिक पर्यटकको संख्या बढीरहेको छ । कोरोना कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागी नेपाल सरकारले चैत्र ११ गते बाट लकडाउन गरे पछि रारा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या शुन्य बनेको रारा पछिल्लो समय भने भरिन थालेको छ । लकडाउनको बिभिन्न चरण अनुसार […]
आजदेखि उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन
१५ असोज काठमाडौँ – आजदेखि काठमाडौँ उपत्यकालगायत देशभर सहुलियत मूल्य पसल सञ्चालन हुँदैछ । सरकारले बिहीबारदेखि दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो । यस्ता सहुलियत मूल्य पसल काठमाडौँ उपत्यकामा १६ स्थानमा र देशका अरू मुख्य सहरमा गरी ६५ वटा सहुलियत पसल सञ्चालन हुनेछन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार […]
चाडबाडमा कालोबजारी गर्नेमाथि कारबाही शुरू
१५ असोज काठमाडौं – कोरोना कहरको मौका छोपेर राजधानीमा कालोबजारी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । लगातार अनुगमन गर्न थालेको महानगरको उपभोक्ता हित संरक्षण समितिले तीन सातामा १ सय २३ फर्मको अनुगमन गरेको जनाएको छ । चाडवाडको समयमा एकलौटी मूल्यवृद्धि गर्ने, दैनिक उपभोग्य सामग्री अभाव गराउने, अखाद्य वस्तु प्रयोग गरी मिठाईजन्य वस्तु […]



