स्वास्थ्य
कोरोनाका कारण एकैघरका तीन दाजुभाइको मृत्यु
२४ बैशाख, काठमाडौँ- कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्युहुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । […]
अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै जाँदा अक्सिजन आपूर्तिमा कठिनाइ
२४ बैशाख, काठमाडौँ-ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालले अक्सिजन आपूर्तिमा कठिनाई भएको अस्पलाले जनाएको छ । कोरोना संक्रमणका बिरामीहरु सबै प्राय अक्सिजनमा नै राख्नुपर्ने अवस्थाका कारण अस्पतालमा उपलब्ध हुने अक्सिजन पर्याप्त नभएको अस्पतालका कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँले थप दुर्घटना हुन नदिन अक्सिजन आपूर्तीमा सहजीकरण गर्न सरकारसँग आग्रह गर्नुभएको छ । अधिकृत पोखरेलले अस्पतालमा […]
उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने
२४ बैशाख, काठमाडौँ- नगर उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने भएको छ । टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलको देशभर कोरोना सङ्क्रमित बिरामी बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि अस्पताल जान गाह्रो भएका बिरामी बोक्नका अफ्नो गाडी प्रयोग गरिने जनाकारी दिनुभयो । नगर उपप्रमुख डङ्गोलले डाइलोसिस, डेलिभरीलगायतका अत्यावश्यक बिरामीलाई घरबाट अस्पताल लैजान तथा अस्पतालबाट घर ल्याउनका लागि […]
काठमाडौँमा १५ श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा
२४ बैशाख, काठमाडौँ- टोखा नगरपालिकामा अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै आजदेखि अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले वडा नं २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ श्ययाको आइसोलेशन सेन्टर निर्माण गरिएको जानकारी दिनुभयो । “डाक्टर र […]
अक्सिजनसहित ३५ श्ययाको आइसोलेशन निर्माण
२४ बैशाख, काठमाडौँ-बागलुङ नगरपालिकाले नगर क्षेत्रमा कोरोना सङ्क्रमणको दर बढेपछि अक्सिजनसहितको आइसोलेशन कक्ष तयार पारेको छ । नगरपालिकाले आफ्नो पुरानो कार्यालय रहेको वडा नं. ३ स्थित रातामाटामा ३५ श्ययाको अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको जनाएको छ । नगरपालिका क्षेत्रमा रहेको धौलागिरि अस्पतालमा रहेका आइसोलेशन श्यया भरिँदै जान थालेपछि आइसोलेशन कक्षको निर्माण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी […]
संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणबाट निधन
२४ वैशाख, काठमाडौं -संसद सचिवालयमा कार्यरत एकजना उपसचिवको कोरोना संक्रमणबाट निधन भएको छ । सचिवालयमा काजमा कार्यरत उपसचिवको केही समय अगाडि पत्थरीको अपरेशन समेत भएको थियो । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको स्रोतले जनाएको छ । उनको २२ गते स्वाब संकलन गर्दा कोरोना संक्रमण पुष्टि भएको […]
जिल्ला अस्पतालको यो हालत, कसरी उपचार पाउलान कोरोनाका विरामीले
२२ बैशाख, काठमाडौँ-जाजरकोट जिल्ला अस्पतालमा अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर हालसम्म पनि प्रयोगमा आउन सकेको छैन । दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो । खरिद गरेको समयदेखि अहिलेसम्म बन्द कोठामा राख्नेबाहेक अरु काम नभएको स्वास्थ्य सेवा कार्यालयका कर्मचारी बताउँछन् । प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा सामग्री भएर पनि प्रयोगमा आउन नसक्नु दुःखद भएको […]
मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टी
२२ वैशाख, काठमाडौँ – गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कोरोनाको नतिजा पोजेटिभ आएको छ। प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा मंगलबार साँझ उनको आरडिटी परीक्षण गर्दा पोजेटिभ आएको हो। यसअघि गण्डकी प्रदेशका ४ जना सांसदको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो। सांसदहरु राजीव पहारी, प्रभा कोइराला, मनकुमारी गुरुङ र खिमविक्रम शाहीलाई कोरोना संक्रमण पुष्टि […]
सीमा नाकामा हेल्थ डेस्क स्थापना
२० वैशाख, काठमाडौँ – गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीमा हेल्थ डेस्क (स्वास्थ्य कक्ष) स्थापना गरिएको छ । उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो । हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई दैनिक ज्यालादारीमा राखिएको अर्यालले बताउनुभयो । गत वर्ष पहिलो लहरको […]
भक्तपुरमा कोरोनाबाट थप दुईको मृत्यु
१९ बैशाख, काठमाडौँ-भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुर नगरपालिकाका पुरुष र मध्यपुर थिमि नगरपालिकाकी महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । यससँगै भक्तपुरमा संक्रमणका कारण मर्नेको संख्या एकसय ३१ पुगेको छ । जसमा ८५ पुरुष र ४६ जना महिला रहेका छन् ।कार्यालय प्रमुख […]



