स्वास्थ्य
काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ९ संक्रमित फेला
२३ असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९ संक्रमित फेला परेका छन् । &nbs; स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ हजार १ सय १६ जना संक्रमित […]
नेपालमा संक्रमितको कुल संख्या १ लाख नाघ्यो
२३ असोज काठमाडौ – मुलुकमा थप २ हजार ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुग्यो
२२ असोज काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ जनाको मृत्यु भएसँगै संख्या ५ सय ९० पुगेको हो । मन्त्रालयको विवरण अनुसार प्रदेश १ को सुनसरीमा ३९ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, प्रदेश २ को धनुषामा ७० वर्षीय पुरुषले ज्यान […]
४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि
२२ असोज काठमाडौं – मुलुकमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ हजार ३ सय ६४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।
उपत्यकाका सबै कोभिड अस्पताल खचाखच
२२ असोज काठमाडौँ – उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ बनेका छन्। बिरामीले बेड पाउन कि कोभिड आकस्मिक कक्षमै पर्खिनुपर्छ कि त अन्यत्र रेफर भएर जानुपर्ने अवस्था आउन थालेको छ। सशस्त्र प्रहरी बल बलम्बुमा कोभिड बिरामीको लागि जम्मा १ सय २० बेड र २० वटा आइसियु छन्। […]
काठमाडौं उपत्यकामा १६ सय ८४ संक्रमित थपिए
२१ असोज काठमाडौं –काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ८४ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ सय २ सय ९६ जना संक्रमित थपिएका छन् भने […]
एकैदिन ३ हजार ४ सय ३९ जनामा संक्रमणको पुष्टि
२१ असोज काठमाडौं – मुलुकमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ४ सय ३९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।
डा. केसीको अवस्था थप जटिल बन्दै, अक्सिजनको मात्रा घट्यो
२१ असोज काठमाडौँ – चिकित्सा शिक्षा सुधारका माग राख्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। डा.केसीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बुधबार बिहान डाक्टर केसीको स्वास्थ्य बिग्रँदै गएको बताएका छन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार डा. केसीको रक्तचाप घटेर ७०र५० पुगेको छ । यस्तै केसीको शरीरमा थकान, रिंगाटा लाग्ने, मुटुको […]
कोरोनाभाइरसः ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा नेपालमा बढी
२१ असोज काठमाडौँ -नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९।६ प्रतिशत ५० वर्ष मुनिका छन् । मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको हो । त्यसमध्ये १६९ जना ५० वर्ष मुनिका छन् । त्यसमा पनि ४० देखि ४५ वर्षसम्मका धेरै छन् । मृत्यु हुनेमा ७० प्रतिहत ५० वर्षमाथिका छन् । नेपालमा ५० […]
विश्वभर कोभिड–१९ बाट दुई करोड ६८ लाखभन्दा बढी सङ्क्रमणमुक्त
२० असोज काठमाडौँ – विश्वभरी फैलिएको कारोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुई करोड ६८ लाखभन्दा बढी पुगेको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार विश्वभरी कूल दुई करोड ६८ लाख ८९ हजार ७६८ जना कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका हुन् । विश्वभरी अहिलेसम्म कूल तीन करोड ५७ लाख ३० हजार ९६५ जना सङ्क्रमित भएका छन् […]



