आर्थिक
नेप्सेमा दोहोरो अंकको ‘करेक्सन’, कारोवार रकममा उल्लास कायमै
२६ जेठ, काठमाडौं– साताको चौथो दिन आज सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन आएको छ । सुरुवाती पहिलो घण्टा देखि नै तीव्र उतारचढाव देखिएको बजार १३ दशमलव ५६ अंकले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अंकमा झरेको हो । बजार घटेपनि कारोबार रकममा भने उल्लास कायमै छ । आज दिनभर कुल १ […]
आज सुनचाँदीको मुल्य कति ?
२६ जेठ, काठमाडौं– स्थानीय सुनको मूल्य एकसय रुपैँयाले बढेको छ । मंगलबार प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार […]
लुम्बिनी वार्षिक नीति तथा कार्यक्रमः रामापिथेकस पार्कदेखि बडघर बन्ने
२५ जेठ, काठमाडौँ – लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष ०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्नुभएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख यादवलाई सो नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै सम्बोधन गर्न आग्रह गर्नुभएको थियो । रुपन्देहीको बुटवलमा अवस्थित रामापिथेकस जुलोजिकल पार्कको प्रारम्भिक निर्माण सम्पन्न गरी यस वर्षदेखि आंशिकरुपमा […]
बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गर्ने
२५ जेठ, काठमाडौँ – बागमती प्रदेशको निति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गरिने भएको छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बागमती प्रदेशसभाको जेठ २७ गते बस्ने आठौं अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो । नीति तथा कार्यक्रम सर्वजनिक गर्न मंगलबार मुख्यमन्त्री तथा […]
नेप्सेले बनायो नयाँ रेकर्ड, बजार परिसूचक २९ सय ६० विन्दू नाघ्यो
२५ जेठ, काठमाडौं– सेयर बजारले आज पुनः नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूच नेप्से बढेर नयाँ रेकर्ड कायम गरेको हो । सोमबार झिनो अंकको करेक्सन आएको सेयर बजार मंगलबार भने पुनः बढ्दै नयाँ रेकर्ड बनाउन सफल भएको छ । मंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार […]
साल्ट ट्रेडिङले निषेधाज्ञा अवधिभर खाद्य वस्तु र एलपी ग्याँसमा २० प्रतिशत छुट दिने
२० जेठ, काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेसनले निषेधाज्ञाअवधिभर खाद्य वस्तु र खाना पकाउने एलपी ग्यासपा २० प्रतिशत छुट दिने भएको छ । आगामि आर्थिक वर्ष ७८÷७९ को बजेट वक्तव्यका क्रममा निषेधाज्ञा अवधिभर २० प्रतिशत छुटमा खाद्यवस्तु र एलपी ग्यास दिनुपर्ने व्यवस्था गरेपछि कर्पोरेसनले छुट दिने भएको हो । यो निर्णय सँगै निषेधाज्ञा अवधीभर पिठो, चिनी, नुन, […]
सेयर बजारमा उत्साह कायमै, बजार परिसूचकले राख्यो नयाँ किर्तिमान
२० जेठ, काठमाडौं– सेयर बजार परिसूचक नेप्सेले आज फेरि नयाँ किर्तिमान बनाएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुग्दै नयाँ किर्तिमान बनाएको हो । यसअघि साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ […]
सेयर बजारमा फर्कियो उत्साह, नेप्से एकैदिन ५५ दशमलव ७६ अंकले बढ्यो
१९ जेठ, काठमाडौं– साताको दोस्रो र तेस्रो दिन ओरालो लागेको सेयर बजारमा आज फेरी हरियाली छाएको छ । दुई दिन दोहोरो अंकले करेक्सन भएको सेयर बजार परिसूचक नेप्सेले आजदेखि फेरी उकालो लाग्न थालेको हो । बुधवार बजार परिसूचक नप्से ५५ दशमलव ७६ अंकले बढेको छ । लगातार दुई दिन घटेको बजार आज २ हजार ८ […]
१२ हजार भित्रिए, २३ हजार बाहिरिए
१९ जेठ, काठमाडौं– गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन् । गत मेमा नेपाल भित्रनेभन्दा बाहिरिनेको […]
अन्तर्राष्ट्रिय कारण खाने तेलको मूल्यवृद्धि भएको दाबी
१८ जेठ, काठमाडौँ – पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गत वर्षको तुलनामा यस वर्ष लिटरमा नै रु ५० भन्दा बढी मूल्य बढेको छ । अन्य खाद्यान्नको तुलनामा खाने तेलको मूल्यमा वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हीत संरक्षण विभागले तेल उद्योगमा नै पुगेर अनुगमनसमेत गरेको थियो । उपभोक्ताको गुनासोका […]



