आर्थिक
लगानीकर्ता डराउँदा सेयर बजारमा पहिरो, ६३.२८ अंकले घट्यो नेप्से
६ असार, काठमाडौं– सेयर बजार मापक नेप्से परिसूचकमा आज पहिरो गएको छ । साताको पहिलो दिन आइतबार नेप्सेमा ६३ दशमलव २८ अंकको भारी गिरावट आएको हो । भारी गिरावट आएसँगै ३ हजार विन्दू नाघिसकेको बजार लगातार ३ दिनदेखि घट्दै २ हजार ९ सय ५ दशमलव ३२ विन्दूमा आएर रोकिएको छ । सुरुवाती केही मिनेटसम्म उकालो […]
टिकटकको आम्दानी एक वर्षमा १११ प्रतिशत वृद्धि, कमायो ४० अर्ब ७१ करोड
४ असार, काठमाडौँ – टिकटकको मुख्य कम्पनी बाइटडान्सले सन् २०२० मा ३४ अर्ब ३० करोड अमेरिकी डलर अर्थात् ४० अर्ब ७१ करोड रूपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ । टिकटकको मुख्य कम्पनी बाइटडान्सले प्रस्तुत गरेको पछिल्लो वित्तीय प्रगतिअनुसार कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा १११ प्रतिशतले बढेको हो । त्यस्तै मासिक प्रयोगकर्ता एक अर्ब ९० […]
दैनिक सेयर कारोवार रकम १० अर्बमा खुम्चियो, १ दशमलव ३ अंकले घट्यो नेप्से
३ असार, काठमाडौं– सेयर बजार दैनिक कारोवार रकम करिब १० अर्बमा खुम्चिएको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनीको नाम नै तोकेर सूची सार्वजनिक गरेपछि बजारको मापक सूचक र कारोवार रकम दुवैमा त्यसको प्रभाव देखिएको हो । जसको प्रभावस्वरुप साताको अन्तिम दिन बिहिबार सेयर बजार परिसूचक नेप्से झिनो अंकले घटेको छ भने कारोवार रकममा […]
महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै
३ असार, काठमाडौं– विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो । “महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसङ्ख्यालाई हरित, उत्थानशील […]
फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?
३ असार, काठमाडौँ – स्थानीय बजारमा सुनको भाउ घटेको छ । ११ सयले रुपैयाँले घटेर ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य ९१ हजार ५०० रहेको छ । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदी […]
धितोपत्र बोर्डले निकालेको जोखिमपूर्ण कम्पनीको सूचीले सेयर बजारमा पहिरो, एकैदिन ५२.४१ अंकले घट्यो नेप्से
२ असार, काठमाडौं– धितोपत्र बोर्डले निकालेको विज्ञप्तीको प्रभाव सेयर बजारमा पर्दा सेयर बजारमा आज पहिरो गएको छ । दैनिक नयाँ उचाइ चुमिरहेको सेयर बजारमा साताको चौथो दिन बुधवार ५२.४१ अंकको गिरावट आएको हो । गत सोमबार ३ हजार विन्दू नाघ्दै नयाँ रेकर्ड बनाएको बजार बुधवार भने ओरालो लागेको हो । बुधबारको नियमित कारोवार अघि हुने […]
कर्णालीमा सर्वोत्कृष्ट कृषकलाई सुनको तक्मा
२ असार, काठमाडौँ – कर्णाली प्रदेश सरकारले कर्णालीमा सर्वोत्कृष्ट एकजनालाई सुनको तक्मा प्रर्दान गर्ने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै कृषक सम्मान कार्यक्रम मार्फत प्रदेश भरमा सर्वोत्कृष्ट एकजना कृषकलाई सुनको हलो अंकित तक्मा प्रदान गरिने बताएउनु भएको हो । बजेटमा भनिएको छ– ‘कृषि पेसालाई […]
प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट
१ असार, काठमाडौँ – प्रदेश दुई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले चालु आर्थिक वर्षभन्दा २३ करोड ४ लाख ४१ हजार बढीको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले […]
लुम्बिनी प्रदेशद्धारा ४० अर्ब ९५ करोडको बजेट सार्वजनिक
१ असार, काठमाडौँ – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४१ अर्ब रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ । स्थानीय तहमा […]
बागमती प्रदेशद्धारा ५७ अर्ब ७२ करोड ९ लाख बजेट सार्वजनिक
१ असार, काठमाडौँ – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेशसभाको आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ […]



