Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

खेल

च्याम्पियन्स लिग : पीएसजी, रियल मड्रिड र सिटी विजयी

काठमाडौँ – च्याम्पियन्स लिग फुटबलमा गएराति भएका खेलमा ठूला क्लब विजयी भएका छन् । गएराति भएको खेलमा रियल मड्रिडले आरबी लाइपजिङ्गलाई २–० गोलले हराएको छ । उसका लागि भलमार्डी र एसेन्सियोले गोल गरे । यस्तै नापोलीले रेञ्जर्सलाई ३–० गोलले र र एसी मिलानले डाइनामो जाग्रिबलाई ३–१ गोलले हरायो । शख्तर डोनेट्स्क र सेल्टिक तथा चेल्सी […]

एएफसी यू-२० : बहराइनसँग नेपाल ६-० गोल अन्तरले पराजित

काठमाडौं – बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति बहराइनसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो । बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे । कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान […]

बायर्नसँग बार्सिलोना पराजित

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखसँग बार्सिलोना पराजित भएको छ । गएराति भएको खेलमा बार्सिलोना बार्यनसँग २–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा बार्यनलाई जित दिलाउनको लागि लुकास हर्नान्डेज र लिरोए सानले एक–एक गोल गरोा । खेलको ५०औं मिनेटमा लुकास हर्नान्डेजले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । उनले योसुवा […]

१७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दै

काठमाडौँ – १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । खेल श्रीलङ्काको रेस कोर्स मैदानमा आज बेलुका सवा ८ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बङ्गलादेशलाई २–१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलङ्कालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो । प्रतियोगितामा नेपाल अपराजित रहँदै […]

अध्यागमन विभागको कालोसूचीमा परे सन्दीप लामिछाने

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । एक नाबालिकाले उनीविरुद्ध बलात्कारको आरोपमा जाहेरी दिएपछि अध्यागमनले कालोसूचीमा राखेको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान समेत रहेका लामिछानेविरुद्ध एक १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको छ । उनी हाल क्रिकेट खेलकै दौरान देशबाहिर रहेकाले अध्यागमनले नेपाल आउनासाथ पक्राउ गर्नेगरी कालो सूचीमा […]

एसिया कप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का खेल्दै

काठमाडौँ – एसिया कप टी–२० क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुबई इन्टरनेशनल मैदानमा सुरु हुनेछ । श्रीलङ्का सुपर चारमा अपराजित रहँदै फाइनल पुगेको हो । पाकिस्तान भने सुपर चारमा श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो । पछिल्ला पाँच टी–२० खेलमा श्रीलङ्का ४ र पाकिस्तान […]

एएफसी यू-२० कप : भुटानसँग हार्यो नेपाल

काठमाडौं – बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा नेपालले भुटानसँग २-० गोलको हार व्यहोरेको हो । भुटानलाई जित दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक एक गोल गरे । खेल अवधिभर नेपालले बलमा पकड जमाएको […]

सन्दीपले भने- आधारहीन आरोपको सामना गर्न नेपाल फर्किँदैछु

काठमाडौं – नाबालिगलाई बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्। सन्दीपले शुक्रबार बिहान सामाजिक संजाल फेसबुकमार्फत आफू निर्दोष रहेको र आधारहीन आरोपको सामना गर्न नेपाल फर्किने बताएका छन्। सन्दीपले नेपालको कानुनलाई मान्ने उल्लेख गर्दै कानुनले सबैलाई समान रुपले हेर्ने आशा पनि व्यक्त गरेका छन्। सन्दीपविरुद्ध काठमाडौं […]

एसिया कप क्रिकेट : कोहलीको शतकमा भारतको जित

काठमाडौँ – एसिया कप क्रिकेट सुपर चारको आफ्नो अन्तिम खेलमा भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले हराएको छ । गएराति दुबईमा भएको खेलमा भारतले अफगानिस्तानलाई १ सय १ रनले हराएको हो । भारतले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका इब्राहिम जाड्रनले […]

महिला साफ : श्रीलंका र भुटान खेल्दै

काठमाडौं – नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज शुक्रबार एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ । खेल बेलुका ५ः३० बजे सुरु हुनेछ। समूह बी मा रहेको श्रीलंकाको यो पहिलो खेल हो । भुटानलाई हराएर श्रीलंका सुखद सुरुआतको योजनामा हुनेछ । भुटानको यो दोस्रो खेल […]