राजनीति
नेपाल-खनाल समूहले डाके आकस्मिक स्थायी कमिटीको बैठक
२८ फागुन काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक नै नराखी आफूनिकट नेताहरुलाई जिम्मेवारी तोकेपछि बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आकस्मिक स्थायी कमिटीको बैठक डाक्नु भएको छ। अध्यक्ष ओलीले शुक्रबार महासचिवबाहेकका नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले आकस्मिक बैठक डाकेको हो । विशेषगरी एकतर्फी रुपमा गरेको महाधिवेशनको […]
काँग्रेस र जसपा नेताहरुबीचको बैठक सकियो, माओवादी केन्द्रसँग नि छलफल गरिने
२८ फागुन काठमाडौँ – नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको बैठक सकिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार अपरान्ह बसेको काँग्रेस र जसपा नेताहरूबीचको बैठक ठोस सहमति नगरी टुंगिएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले दलहरूसँग मिलेर जाने छलफल भएको भन्दै आज केही सहमति नभएको बताउनु भयो। ‘मिलेर जाने विषयमा छलफल भयो। केही […]
२६४ जनाको बन्यो एमालेको केन्द्रीय कमिटी
२८ फागुन काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बिस्तार गरेर २६४ जना बनाउनु भएको छ । ओलीले आज गृहमन्त्री रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय सदस्य बनाएका हुन् । एमालेको केन्द्रीय कमिटीमा २४१ थिए ।
ओलीले नेपाल निकट पदाधिकारी हटाए
२८ फागुन काठमाडौँ – नेकपा एमालेले पार्टीका अधिकांस पदाधिकारीहरुलाई जिम्मेवारीबाट हटाएको छ । प्रधानमन्त्रीसमेत रहनु भएका(नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु् पक्षिय नेताहरुको बैठक बोलाएर महासचिव बाहेक सबै पदाधिकारीहरुलाई जिम्मेवारी बाट हटाउनु भएको हो । जसमा एमाले महासचिव इश्वर पोखरेल र पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवाली यथावत हुनुहुन्छ । शुक्रबार अध्यक्ष ओलीले बालुवाटारमा आफु […]
एमाले नेतृत्वको सरकारमा सहभागी नहुने जनता समाजवादी पार्टीको निर्णय
२८ फागुन काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले अहिलेको अवस्थामा नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय निकालेको छ । सिंहदरबारमा शुक्रबार बसेको संसदीय दलको बैठकले नयाँ बन्ने सरकारको नेतृत्व दावी गर्ने तर कुनै दलको भर्याङ नबन्ने निष्कर्ष निकालेको हो । बैठकपछि नेता राजकिशोर यादवले अब जसपाले नै सरकारको नेतृत्व गर्नुपर्ने पार्टीभित्र एकमत रहेको […]
बालुवाटारमा केको बैठक बसेको हो, हामीलाई थाहै छैन: युवराज ज्ञवाली
२८ फागुन काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई जानकारी नै नदिई उक्त पक्षका नेताहरूको जिम्मेवारी खोसेको छ। पूर्वमाओवादी नेताहरूलाई केन्द्रीय सदस्य बनाउनेलगायतका निर्णय गरेको शुक्रबार बैठकबारे आफूहरूलाई कुनै जानकारी नै नभएको नेपाल पक्षका नेता तथा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताउनु भयो । “उहाँहरूले के_को बैठक गर्नुभएको […]
प्रधानमन्त्री ओली अब घर फर्किए हुन्छ : नेता गगन थापा
२८ फागुन काठमाडौँ – नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार चलाई रहने हैसियत नभएको बताउनुभएको छ । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका नेता थापाले प्रधानमन्त्री अोली अब सरकार चलाउन छाडेर घर गए हुने बताउनु भएको हो । नेपाल शिक्षक संघ वागमती प्रदेशले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जनताले चुनावको […]
आदेश नआउँदा विप्लव नेता छुटेनन्
२७ फागुन काठमाडौँ – सरकार र नेकपा समूहबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले नेत्रविक्रम चन्द समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि चन्द समूहका नेता–कार्यकर्ता छुटेका छैनन् । चन्द समूहका नेता÷कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको जिल्ला कारगारका प्रमुख धनबहादुर घर्तीले बताउनुभयो । कारागारमा चन्द समूहका जिल्ला कमिटी […]
नेपाल समुहको माग स्थायी कमिटी बैठक, गुटगत गतिविधि चलाएको ओली समूहको आरोप
२७ फागुन काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले तत्काल स्थायी कमिटी बैठकको माग गर्नु भएको छ । बिहीवार बानेश्वरको अर्याल होटलमा बसेको नेपाल(खनाल समूहको स्थायी कमिटी बैठकले पार्टीमा पुनर्मिलनका लागि स्थायी कमिटी बैठक माग गरेको हो । सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमालेमा फर्किएको भए पनि ओली समूहका गतिविधि […]
प्रधानमन्त्री ओलीले जसपाका शीर्ष नेताहरुलाई बोलाए बालुवाटार
२७ फागुन काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले जसपाका शीर्ष नेताहरुलाई सत्ता समीकरणबारे छलफलका बालुवाटार बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले बोलाएपछि जसपा शीर्ष नेताहरु बालुवाटार जान लाग्नु भएको छ । जसपा नेपालका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् ।



