Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

मुख्यमन्त्री राई माथी अविश्वासको प्रस्ताव पेस

९ फागुन काठमाण्डौ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएको छ । आइतवार बसेको प्रदेश संसद् बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्नुभएको छ । मुख्यमन्त्री राईविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले गएको पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गर्नु भएको थियो । मुख्यमन्त्री राईविरुद्ध नेपालको […]

प्रचण्ड र माधव नेपालबीच पार्टीमा आधा-आधा भाग लगाउने सहमति

९ फागुन काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका छन् । यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको […]

प्रधानमन्त्री ओली भोलि सुदूरपश्चिम प्रदेश जाँदै

९ फागुन काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भोलि सुदूरपश्चिम जाने भएका छन् । कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली भोलि त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री जाने भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आजै धनगढी पुगिसकेका छन् । उनकाअनुसार औद्योगिक क्षेत्रको प्रधानमन्त्रीले सोमबार शिलान्यास गर्नेछन् । उनले ९ अर्ब लगानीमा ५ […]

देउवाकै कारण ओली अधिनायकवादी बने : वरिष्ठ नेता पौडेल

९ फागुन इटहरी – नेपाली कांग्रेस सभापति देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको वरिष्ठ नेता रामचन्द्र पौडेलले आरोप लगााएका छन् । आइतबार बिहान नेपाल प्रेस सुनसरी सुनसरीले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको आरोप लगाएका हुन् । शेरवहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको भनी […]

दुई तिहाइको सरकारले संसद् विघटन गर्नु सामान्य घटना होइन : सीके राउत

९ फागुन काठमाडौँ– जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले संसद विघटनलाई सामान्य घटनाका रूपमा लिन नसकिने बताएका छन्। उनले करिब दुई तिहाई बहुमतको सरकारले काम गर्न दिईएन भनेर संसद विघटन गर्नु आफैंमा असामान्य घटना भएको बताए। आइतबार रूपन्देहीको भैरहवामा आयोजित पत्रकार भेटघाटमा बोल्दै राउतले जनताले जिताएर पठाए पनि सरकारले काम गर्न नसकेको बताए। मुलुकको विकास […]

अनेरास्ववियू रामेछापद्धारा आठ स्थानीय तहमा संगठन विस्तार गर्न आठ जनालाई जिम्मेवारी

९ फागुन रामेछाप । नेकपा ओली समुह रामेछापले पुर्नगठित अनेरास्ववियूका जिल्ला कमिटी रामेछापका पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाएको छ । नेकपा ओली समुहका केन्द्रीय सदस्य माधव ढुंगेल, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ सहित सहभागी नेताहरुले अनेरास्ववियूका पदाधिकारीलाई सपथ खुवाएका हुन् । जिल्ला अध्यक्ष श्रेष्ठका अनुसार १३ कार्यलय सदस्य र ३३ सचिवालय सदस्य रहने गरी अनेरास्ववियूको […]

झगडिया हुनलाई सभामुख छानिएको हो ? : प्रधानमन्त्री ओली

८ फागुन विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटालाई सरकारविरोधी झगडिया हुनलाई सभामुख छानिएको हो ? भन्दै प्रश्न गर्नुभएको छ । विराटनगरमा भएको आफ्नो समूहको भेलालाई सम्बोधन गर्दै उनले उपराष्ट्रपति र सभामुखको भूमिकामाथि प्रश्न गरेका हुन्। सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘सभामुखले झगडिया हुन सुहाउँछ रु सभामुख छानेको झगडिया हुन हो ? […]

सरकारसँग वार्ता गर्न ‘विप्लव’ तयार

८ फागुन काठमाडौँ – प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव सरकारसँग वार्ता गर्न तयार भएका छन् । महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग आफु वार्ता गर्नको लागि तयार भएको बताएका हुन् । उनले आफ्नो पार्टीले गरेको सम्पूर्ण कदमहरु राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल भएको उल्लेख […]

प्रचण्डले बैध र डाक्टरपछि झाँक्रीलाई छाने : प्रधानमन्त्री ओली

८ फागुन विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखेर आफूलाई माया लाग्ने गरेको बताएका छन् । विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड गलत बाटोमा हिँडेको आरोप लगाए । ‘पहिला उहाँसँग वैद्य हुनुहुन्थ्यो, उहाँले छाड्नुभयो डाक्टर लिनुभयो, डाक्टरले छाडेपछि अहिले झाँक्री लिनुभएको छ, उहाँलाई झाँक्रीले बचाउन सक्दैन,’ उनले भने । विकासमा व्यवधान […]

निर्मलाको हत्यारा कानूनी कठघरा नजिकै छ : गृहमन्त्री थापा

८ फागुन काठमाडौँ – गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी कानूनको कठघरा नजिक आएको बताएका छन् । शनिवार नेकपा प्रदेश १ कमिटीले शनिवार मोरङको विराटनगरमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै मन्त्री थापाले सरकारले देशमा कुनै पनि अपराधीलाई कुनै पनि किसिमको छुट नदिने बताएका छन् । उनले भने, निर्मलाको […]