Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

‘प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना छैन, भइहाले ओली नै प्रधानमन्त्री’

११ फागुन काठमाडौं – सरकारका एक प्रभावशाली मन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना ९९ दशमलव ९९ प्रतिशत नरहेको दाबी गर्नु भएको छ । कथम् पुनःस्थापना भइहाले केपी ओली नै प्रधामनन्त्री हुने उहाँले दाबी गर्नु भयो  । युवा संघको केन्द्रीय समितिको पूर्ण बैठकलाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री रायमाझीले प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना नरहेको जिकीर गर्नु भयो […]

सुरक्षा परिषद् बैठकः अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा परिस्थितिको समीक्षा

११ फागुुन काठमाडौँ – प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक आज बसेको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको बैठकमा मुुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ । “बैठकले अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षाको स्तर र परिस्थितिको समीक्षा गरेको भयो, त्यसमा […]

वलीजीले लोकतन्त्र र संविधान विसर्जन गर्न खोज्नुभयो : प्रचण्ड

११ फगुन काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटको बाटो रोजेर लोकतन्त्र र संविधान नै विसर्जन गर्न खोजेको आरोप लगाउनु भएको छ । जनयुद्धमा हस्ताक्षर पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, धेरै लामो कसरत पछि पार्टी एकता गरेका थियौँ तर केपीजीले फुटको बाटो रोजेर लोकतन्त्र […]

महान्याधिवक्ता खरेलले दिए राजीनामा

११ फागुन   काठमाडौँ – महान्याधिवक्ता अग्‍नि खरेलले राजीनामा दिनु भएको छ । खरेलले महान्याधिवक्ता पदबाट आइतबार राजीनामा दिनु भएको छ । तर उनको राजीनामा स्वीकृत हुन बाँकी छ । आगामी निर्वाचनमा झापाबाट चुनाव लड्‍नका लागि तयारी गर्ने भन्‍दै खरेलले राजीनामा दिएको उनी निकट स्रोतले बताउनु भएको छ । यद्यपि उनले अदालतको फैसला आएसँगै राजीनामा दिने […]

माओवादी चन्द समूहका नेता बाँस्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

११ फगुन  काठमाडौं –  सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी माओवादी नेत्रविक्रम चन्द समूहका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश जारी गरेको हो । “बिनाआधार कारण थुनामा राखेकामा यसअघि पनि बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएकामा […]

आज प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक बोलाएका छन्

आज प्रधानमन्त्रीले  सुरक्षा परिषदको बैठक बोलाएका छन्   ११ फगुन  काठमाडौं – मंगलबार बिहान  बैठक बस्न लागेको रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले जानकारी दिनु भएको छ । सिंहदरबारस्थित परिषद कार्यालयमा बैठक बस्न लागेको हो। बैठकलाई नियमित भनिएको छ। सुरक्षा परिषदमा प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, अर्थ, मुख्यसचिव र प्रधानसेनापति सदस्य हुन्छन्।   प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार […]

कांग्रेसको १४औं महाधिवेशनमा हिन्दूराष्ट्र मुख्य एजेण्डा

११ फगुन काठमाडौं  –  नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनबाट हिन्दूराष्ट्र पुनःस्थापनाको प्रस्ताव पारित हुने नेताहरुले बताएका छन् । पोखरामा आयोजित हिन्दूराष्ट्र पुनःस्थापनामा नेपाली कांग्रेसको भूमिका विषयक अन्तरक्रियामा नेताहरुले देशलाई जोगाउन र कांग्रेसले आफूलाई राष्ट्रवादी पार्टी हो भन्ने सिद्ध गर्नका लागि हिन्दूराष्ट्र पुनःस्थापनाको पक्षमा उभिनुपर्नेमा जोड दिनु भयो। लामो समयदेखि हिन्दूराष्ट्रको पक्षमा उभिंदै आएका नेता […]

निर्मला पन्तका हत्यारालाई अविलम्ब सार्वजनिक गर्न प्रधानमन्त्रीको निर्देशन

१० फागुन काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला हत्या प्रकरणको हत्यारा पत्ता लगाई सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिनु भएको छ । उहाँले निर्मला हत्या प्रकरणको हत्यारा अविलम्ब सार्वजनिक गरी दोषीलाई कानुनको कठघरामा उभ्याएर सजाय दिने स्थिति मिलाउन प्रशासनलाई निर्देशन दिनु भएको हो । उहाँले भागरथी हत्या प्रकरणमा राजनीति गर्न खोजिएको आरोप समेत लगाउनुभयो । […]

रिहा भएको केही समयमै पुन: पक्राउ परे विप्लव समुहका नेता बाँस्तोला

१० फागुन काठमाडौं – नेत्रबिक्रम चन्द विप्लवका समुहका नेता धर्मेन्द्र बाँस्तोला पुन पक्राउ परेका छन् । पुष २९ गते पक्राउ परेर रिहा भएका बाँस्तोलालाई काभ्रेमा पुरानो मुद्दा बाँकी रहेको भन्दै पुन पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी आजै सर्वोच्च परिसरबाटै पक्राउ परेका हुन् । उनलाई सर्वोच्चका न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा […]

गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छः प्रधानमन्त्री ओली

काठमडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताउनुभएको छ । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उहाँले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गर्नुभयो । दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक […]