Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

राजनीति

प्रचण्ड–माधव देउवा निवासमा तीन नेताको बैठक शुरु

१२ फागुन  काठमाडौं – नेकपाको एउटा धारको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछन् । प्रचण्ड र नेपाल देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ जाँदैछन्। उनीहरूबीच दिउँसो छलफल हुने देउवानिकट एक नेताले बताउनु भयो । आज चितवनमा तय गरिएको कार्यक्रमका लागि हिजो चितवन पुगेका दाहाल र नेपाल सर्वोच्च […]

प्रधानमन्त्रीले राजीनामा दिनु पर्छ:डा.कोइराला

१२ फागुन काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गर्नु भएको छ । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला, गणेशमानसिंह लगायत दर्जनौं नेतालाई न्याय दिएको थियो । त्यसैको जगमा पुनः न्याय पाएको महशुस गरिएको उहाँको भनाइ रहेको छ । अब बस्ने संसद बैठकमा प्रधानमन्त्रीले राजीनामा दिएर सहज राजनीतिक […]

आफूले प्रधानमन्त्रीलाई भनेकै कुरा अहिलेको फैसला : सुवास नेम्वाङ

१२ फगुन काठमाडौं – नेकपा ओली पक्षका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै अब संसदबाटै बाँकी विषय टुंगोमा पुर्‍याउनुपर्ने बताउनु भएको छ । फैसलामा संसद बोलाउने भन्ने छ, सोही अनुसार प्रधानमन्त्री ज्यू लाई संसद बोलाउन सुझाव दिन्छौ र संसदबाटै बाँकी विषयमा छलफल गर्छौं’ उनले भने, ‘आफूले […]

अदालतको निर्णय राजनीतिलाई थप अस्थिर र जटिल बनाउने : पोखरेल

१२ फागुन काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतको फैसला माने पनि सम्मान गर्न नसकिने बताउनु भएको छ  । उहाँले ट्विटमार्फत् अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने जिकिर गर्नु भएको छ । “सकार संचालनमा गतिरोध सिर्जना हुन पुगेपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानुनी आवरणमा निस्तेज […]

ओली पक्षले बालुवाटारमा बोलायो स्थायी कमिटी बैठक

१२ फगुन काठमाडौं – सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफल गर्न नेकपा ओली पक्षले स्थायी कमिटीको बैठक बोलाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेको छ। यसै विषयमा छलफल गर्न ओली समूहले बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाउनु भएको हो। प्रधानमन्त्री ओलीले […]

प्रचण्ड माधव समुहले शान्ति बाटिकामा विजय जुलुस निकाल्दै

१२ फागुन काठमाडौं – प्रचण्ड माधव पक्षको नेकपाले बुधवार मध्याह्न राजधानीमा विजय जुलुस निकाल्ने भएको छ । नेता विष्णु रिजालका अनुसार दिउँसो १२ बजे काठमाडौंको शान्ति बाटिकामा विजय जुलुस हुँदैछ। संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसलापछि आज मध्याह्न १२ बजे काठमाडौंको शान्ति वाटिकामा आयोजित कार्यक्रममा सहभागी बनौं , रिजालले भनेका छन्। […]

फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो

१२ फागुन कामाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपनि व्यवहारिक रुपमा फुटेको नेकपा मिल्छ कि मिल्दैन भन्नेमा धेरैको चासो रहेको छ । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त छ । सडक आन्दोलनदेखि जनप्रदर्शनसम्मा उनीहरुले अलग–अलग पार्टीको अभ्यास गरिसकेका छन् । निर्वाचन आयोगले दुबै समूहलाई हालसम्म आधिकारिकता नदिएकाले कानुनी रुपमा नेकपाको हैसियत […]

जनार्दनले भने : न्यायालयले स्वतन्त्रता र निष्पक्षताको ऐतिहासिक पुष्टि

काठमाडौँ, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता जनार्दन शर्माले सर्वोच्च अदालतको फैसलाले न्यायालयले स्वतन्त्रता र निष्पक्षताको ऐतिहासिक रुपले पुष्टि भएको बताउनुभएको छ । उनले न्यायको पक्षमा फैसला गर्दै अदालतले न्यायालयप्रति जनताको बिश्वासलाई नयाँ उचाइमा उठाएको बताएका छन् । नेपाली जनता र राष्ट्रको पक्षमा भएको ऐतिहासिक फैसलाले नेपालको राष्ट्रिय स्वाधीनता र […]

सर्वोच्चको ऐतिहासिक फैसला, संसद विघटन बदर

११ फागुन काठमाडौं – सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।   प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन […]

श्री कण्ठेस्वर मा बि मा ७७ सदस्यीय अनेरास्ववियू गठन

११ फागुन रामेछाप – दोरम्बामा-३ वडामा रहेको श्री कण्ठेश्वार  मा.वि.मा नेकपा के पि वलि समुहका विद्यार्थी संगठन अनेरास्ववियूले बलबिर थापा मगरको अध्यक्षमा ७७ सदस्यीय गठन गरेको छ। समितिमा सिता थापा मगर उपाध्यक्ष रहनु भएको छ भने सचिवमा  दिपा थापा  मगर  रहनु भएको छ । त्यस्तै सहसचिवमा  सुनिल थापा  मगर कोषअध्यक्षमा निर्जला कंडेल रहेको अनेरास्ववियूका केन्द्रिय सदस्य […]