राजनीति
गाउँगाउँमा इजरायको अत्याधुनिक कृषि प्रविधि : मन्त्री अर्याल
१३ माघ काठमाडौँ – कृषि तथा पशुपक्षी विकासमन्त्री पद्मा अर्यालले गाउँगाउँमा इजरायको अत्याधुनिक कृषि प्रविधि पु¥याइने बताउनुभएको छ । लमजुङको बेँसीशहर नगरपालिका–२ मा निर्माणाधीन श्रीजङ्ग गण नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रको आज अवलोकन गर्दै मन्त्री अर्यालले सो जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, “विश्वमै अगाडि मानिएको इजरायलको कृषि प्रविधि गाउँगाउँमा पु¥याउन सके […]
नेकपाका दुवै पक्षबाट आएको सत्ता सहकार्यको प्रस्तावको अर्थ छैन : कांग्रेस
१३ फागुन काठमाडौं – नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का दुवै पक्षबाट आएको सत्ता सहकार्यको प्रस्तावको अर्थ नभएको स्पष्ट पारेको छ । विहीबार ९आज० सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले सत्ता सहकार्यको प्रस्तावको अर्थ नभएको स्पष्ट पारेको हो । संसद बैठक बसेपछिको परिस्थिति अनुसार कांग्रेसले निर्णय निकाल्ने बताइएको छ । बैठकले नेकपाको […]
सरकारले गर्यो ३१ सहसचिवको सरुवा तथा पदस्थापन
काठमाडौं – सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एकैपटक ३१ जना सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको हो। सरकारको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका शिव कुमार कार्कीलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव खगेन्द्र प्रसाद रिजाललाई पनि […]
भाजपा नेता ओलीमाथि खनिए, लेखे ‘घर न घाटको !’
१३ फगुन काठमाडौं – नेपाल मामिलामा विवादित र आपत्तिजनक अभिव्यक्ति दिने गरेका भारतीय जनता पार्टी (भाजपा) नेता सुब्रमण्यम स्वामी पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन्। उनले नेपालको आन्तरिक मामिलामा चीनलाई समेत जोडेर अभिव्यक्ति दिएका हुन्। बिहीबार एक ट्वीट गर्दै स्वामीले ओलीद्वारा गरिएको संसद् विघटन बदर र घर न घाटको भएको दाबी गरेका छन्। साथै, […]
नेपालको राजनीतिमा पुनः टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्छ : बाबुराम भट्टराई
१३ फागुन काठमाडौं – जनता समाजपार्टी ९जसपा० का नेता डा बाबुराम भट्टराईले उको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्ने आशंका व्यक्त गर्नुभएको छ । संसद विघट्नको मुद्धामा सर्वोच्च अदालतले गरेको फैसलापछि नेपालको राजनीति पुनः दल र नेताको कोर्टमा पुगेको बताउनु भएको हो । सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै नेता भट्टराईले ुसुप्रिम कोर्टपछि राजनीति पुनः […]
नयाँ विश्व कीर्तिमान बनाउन सफल : अमेरीकी धावक ग्रान्ट
१३ फागुन काठमाडौं – अमेरीकी धावक ग्रान्ट होलोवेले विश्व इन्डोर ६० मिटर हर्डल्सको कीर्तिमान तोडेका छन । उनले सन् १९९४ मा बनाएको रेकर्डलाई एक मिलिसेकेण्डले तोडेका हुन् । सन् १९९४ मा बेलायती खेलाडी कोलिन ज्याकसनले राखेको रकेर्डलाई तोड्ने क्रममा ग्रान्टले सात दशमलव दुई नौ सेकेण्डमा दुरी पुरा गरेका थिए। एक सय १० मिटर हर्डल्सका विश्व […]
‘प्रचण्ड–नेपालसँग सत्ता साझेदारीको सम्भावनै छैन’ : राजेन्द्र महतो
१३ फागुन काठमाडौं औ जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले नेकपा प्रचण्ड–नेपाल समूहसँग सत्ता साझेदारीको कुनै सम्भावना नरहेको बताएका छन्। बिहीबार नेकपा पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्ड–नेपाल समूहसँग अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र श्रेष्ठबीचको भेटमा छलफलपछि सत्ता साझेदारीको निर्णय गर्ने भनेपछि महतोले त्यसको प्रतिवाद गर्दै यस्तो बताएका हुन्। ५ पुषमा प्रधानमन्त्री केपी […]
नेपाली कांग्रेस बैठक बस्दै
१३ फागुन काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई बदर गरेपछि राजनीतिक घटनामाथि पार्टीको धारणा बनाउन कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि आफ्नै निवासमा बैठक बोलाउनु भएको छ । बैठकमा प्रतिनिधिसभाको पुनस्र्थापना, नेकपाका दुवै समूहले संसदभित्र सत्ता समीकरणमा सहकार्यका लागि गरेका प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसका […]
नेकपा कस्को ? वलीको की प्रचण्डको
१३ फागुन काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा परेको रिट निवेदनमा अहिले सर्वोच्चको सुनुवाई भइरहेको छ। न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बहस प्रारम्भ भएको हो। उक्त मुद्दाको आजै फैसला आउने सम्भावना रहेको बताइएको छ। नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको थियो । त्यसपछि […]
वामदेवले प्रचण्डलाई खुमलटारमै भेटेर गरे प्रधानमन्त्रीको प्रस्ताव
१३ फागुन काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले नेपाली कांग्रेससँग सत्ता साझेदारीका बिषयमा प्रस्ताव अघि बढाएको भए पनि नेकपा उपाध्यक्ष वामदेव गौतमले आफ्नै पार्टीलाई एक गराएर प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नु भएको छ । बिहीवार विहान खुमलटार पुगेका गौतमले प्रचण्डलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नु भएको हो । […]



