राजनीति
नेकपा दाहाल–नेपाल समूह र जसपा पेरिसडाँडामा
१३ फागुन काठमाडौं – प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र जनता समाजवादी पार्टी ९जसपा० का शीर्ष नेताहरु बीच बैठक भईरहेको छ । नेकपा पार्टी कार्यालय पेरिसडाँडामा जारी भेटवार्तामा नेकपाका दुवै अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल सहभागिता हुनु भएका छन्। छलफलमा जनता समाजववादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी हुनुभएको […]
प्रधानमन्त्री ओली समूहको स्थायी कमिटी बैठक स्थगित
१३ फागुन काठमाडौं – बिहीवार बस्ने भनिएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । बैठक बिहान साढे ८ बजे भनिएको थियो । गृहकार्य पूरा नभएको भन्दै बैठक स्थगित गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक एक–दुई दिनपछि मात्र बस्ने बताउनु भएको छ । बुधबार बसेको […]
आखिर को बन्छ होला अबको प्रधानमन्त्री
१३ फागुन काठमाडौं – प्रतिनिधि सभा विघटन गर्ने विषय लगत्तै प्रधानमन्त्री केपि शर्मा ओलिको राजिनामा माग गरिएको छ। नेकपा का झन्डै ९० साम्सद प्रचण्ड माधव समुहमा छन भने प्रधानमन्त्री ओलिको राजीनामा माग्ने प्रतिपक्ष नेपाली काङ्ग्रेससंग प्रतिनिधि सभामा ६३ साम्सद छन । येस्तै ३४ साम्सद रहेको जनता समाजबादी पार्टी पनि प्रधानमन्त्री ओलिको विरुद्धमा छ । यस्तो […]
अदालतको फैसलाले मलाई कुनै असर गर्दैन : प्रधानमन्त्री ओली
१२ फागुन काठमाडौं– प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला सामान्य भएको र यसले आफूलाई कुनै असर नगर्ने बताउनुभएको छ । बुधबार ९आज० ‘नेपालको माटोको डिजिटल नक्सा’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसलाले आफूलाई कुनै असर नगर्ने बताउनुभएको हो । त्यस्तै, उहाँले आफू प्रधानमन्त्री छँदासम्म राम्रो काम गर्ने पनि बताउनुभयो […]
न्यायमूर्तिलाई सलाम छ : नेता पाण्डे
१२ फागुन काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालमा न्याय नमरेको पुष्टि भएको बताउनु भएको छ । नेकपा चितवनले आज आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै उहाँले प्रतिगमन विरुद्ध “सर्वोच्चको निर्णयले लोकतन्त्र र संविधान बचाउन सफल भएको छ”, उहाँले भन्नुभयो, “प्रतिगमन विरुद्धको आन्दोलन र सर्वोच्च अदालतका न्यायमूर्तिको प्रयासले […]
ओलि समुह पनि सर्वोच्चकै फैसला मान्न तयार
१२ फागुन काठमाडौं – बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको निर्णय मानेर जाने निर्णय गरेको छ। नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार सर्वोच्चको निर्णय ओलि समुहलाई स्वीकार्य हुनेछ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्चले मंगलबार बदर गरेको थियो । प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको आदेश अनुसार १३ दिन भित्र नै […]
प्रधानमन्त्रीले १३ दिनभित्र राजीनामा नदिए गलहत्याइन्छ : नेतृ पम्फा भुसाल
१२ फागुन काठमाडौँ – दाहाल-नेपाल समूहकी नेतृ पम्फा भुसालले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् । बुधबार काठमाडौँमा भएको विजय सभालाई सम्बोधन गर्दै नेतृ भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिएकी हुन् । हिजो नै राजीनामा आउने आफुले सोचेको तर नआएको भुसालले बताइन् […]
रामेछापको मन्थलीमा पनि दाहाल-नेपाल समूहको विजय जुलुस
१२ फागुन काठमाडौं – रामेछापको मन्थलीमा पनि विजय जुलुस प्रदर्सन गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापित भएको खुशियालीमा नेकपा दाहाल-नेपाल समूह रामेछापले विजय जुलुस निकालेको हो । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले बदर गरिदिएपछि दाहाल-नेपाल समूह उत्साहित भएको छ।
राजीनामा दिने तयारी गर्दे प्रधानमन्त्री ओली
१२ फागुन काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहको स्थायी कमिटी बैठक सकिएको छ । बैठकले तत्काल प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने निष्कर्ष निकालेको छ । बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न तयार भएको जनाइएको छ। प्रधानमन्त्री ओलीले अन्य दलहरुबीच छलफल गरेर […]
रत्नपार्क क्षेत्रमा दाहाल-नेपाल समूहले विजय जुलुस निकाले
१२ फागुन काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापित गरिदिएको भोलिपल्ट नेकपा दाहाल-नेपाल समूहले विजय जुलुस निकालेको छ । काठमाडौंको रत्नपार्क क्षेत्रमा दाहाल-नेपाल समूहले विजय जुलुस निकालेको हो। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्चले बदर गरिदिएपछि दाहाल-नेपाल समूह उत्साहित भएको छ। विजय जुलुसपछि रत्नपार्कको शान्ति वाटिकामा सभा गरिने कार्यक्रम रहेको […]



