राजनीति
कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : मन्त्री श्रेष्ठ
१७ फागुन काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने प्रष्ट पार्नुभएको छ । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित बाहुनडाँडामा गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालयको आज शिलान्यास गर्दै उहाँले कसैले परबाट राजीनामा दे भन्दा प्रधानमन्त्रीले राजीनामा दिने हो भनी प्रश्न गर्नुभयो । वर्तमान सरकारले नै मुलुकमा निर्वाचन गराउनेमा […]
प्रचण्ड–नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक
१७ फागुन काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को प्रचण्ड–माधव समुहले आउँदो फागुन १९ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे निर्णय लिन केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ। सोमबार बसेको सचिवालय बैठकले फागुन १९ गते बुधबार दिउसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी […]
मेरो ज्यान तलमाथि भयो भने अनौँठो नमान्नुहोला :प्रधानमन्त्री ओली
७ फागुन पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौँठो नमान्न भन्नुभएको छ । सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा आफूमाथि हमला हुनसक्ने बताउदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘अहिले सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । […]
राष्ट्रपतिबाट फागुन २३ गते संसद् अधिवेशन आह्वान
१७ फागुन काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको भन्दै सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेको बताउनु […]
प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टराईको चेतावनी : धेरै दम्भ नदेखाऊँ, अतिले खति गर्छ
१७ फागुन काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अबको संकट समाधान गर्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताउनु भयो छ। ‘प्रमको कुर्सीमा बसेर म कसैलाई टेर्दिनँ, जानेकोरसकेको गर भन्ने दम्भरहठ प्रदर्शन गर्न मिल्दैन,’ डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भन्नु भउको छ, ‘हलो अड्काएर गोरु चुट्नु कुनै पौरख हैन। […]
प्रधानमन्त्री ओलीको चुनौती :‘अविश्वास प्रस्ताव पारित गरेर देखाउनुस्’
१७ फागुन काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन नेकपाको प्रचण्ड–माधव समूहलाई चुनौती दिनुभएको छ । कमल गाउँपालिका मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाउँदै […]
संसद पुनःस्थापनापछि सभामुखको भेटघाट तिब्र
१६ फागुन काठमाडौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछि सभामुख अग्निप्रसाद सापकोटाको सक्रियता बढाउनु भएको छ छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले गत फागुन ११ गते बदरको फैसला सुनाएको थियो । त्यसपछि सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सभामुख सापकोटाले विभिन्न कानुन व्यवसायी, संसदीय समितिका सभापति […]
प्रधानमन्त्री ओलिद्वारा कमल खोलाको पुल उद्घाटन
१६ फागुन काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आईबार कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गर्नु भएको छ । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ । सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको सो पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाडौँले […]
अध्यक्ष दाहाल मुद्दाको लिखित जवाफ बोकेर सर्वोच्चमा
१६ फागुन काठमाडौं – अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर नेकपा ९दाहाल–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालतमा पुगनु भएको छ । प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै दाहालविरुद्ध अधिवक्ता समिर हायुले रिट दायर गर्नु भएको थियो । रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित […]
प्रधानमन्त्री ओली झापा जाँदै
१६ फागुन काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदै छन् । विकास–आयोजनाहरू शिलान्यास गर्न प्रधानमन्त्री ओली झापा जान लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो । प्रधानमन्त्री बिहान झापा पुगेर दिनभर जिल्लाका विकास आयोजनाहरूको शिलान्यास गर्ने र बेलुका फर्कने कार्यक्रम रहेको छ । सरकार बनेयता ठूलो मात्रामा झापामा बजेट परिचालन गरिएको […]



