Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

प्रचण्डसँग बादलको दोस्रो पटक सम्बन्धबिच्छेद, फकाउन सफल भए ओली

१० पुष काठमाडौँ – राजनीतिको अधिकांश समय एउटै मोर्चामा रहेका पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलबीच दोस्रो पटक सम्बन्धविच्छेद भएको छ । यसअघि २०६९ सालमा दाहाल नेतृत्वको माओवादीबाट अलग भएका थापा बिहीबार विधिवत् रूपमै ओलीको नेकपामा विलय भएका छन् । थापाको राजनीतिक पृष्ठभूमि र सिद्धान्त ओलीसँग मिल्नेखालको छैन । उनले बिहीबार ओली नेकपाको मञ्चमा […]

रामेछापका दर्जनौं युवाले नेकपा त्यागे, प्रदीप पौडेलले गरे कांग्रेसमा स्वागत

काठमाडौं,९ पुष । रामेछाप जिल्लाका ४ दर्जन बढी युवाले नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस रामेछाप(काठमाडौं सम्पर्क समितिले बिहीवार काठमाडौंको बानेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा रोशन बुढाथोकीको नेतृत्वमा हिरा श्रेष्ठ , कृष्ण श्रेष्ठ , सुजन मोक्तान , कृष्णहरी खड्का लगाएत ६३ जना युवाले नेपाल कम्युनिस्ट पार्टी परित्याग […]

प्रचण्ड–नेपाल समूहको महासचिव सुरेन्द्र पाण्डेलाई बनाउने तयारी

९ पुष काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(नेपाल समूहले नेता सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ। नेकपा एक हुँदा बिष्णु पौडेल नेकपाका महासचिव रहेका थिए, पौडेललाई महासचिवबाट हटाएर सुरेन्द्र पाण्डलाई महासचिव नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ। महासचिवका लागि भीम रावल, वर्षमान पुन र जनार्दन शर्माको नाम पनि चर्चामा थियो। महासचिवको टुंगो लगाउन बसेको […]

ओलीको केन्द्रिय सदस्य पद अस्वीकार गर्दै शेरबहादुर र उषाकला प्रचण्ड-नेपालतिर

९ पुष काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को ओली समूहको केन्द्रिय सदस्यमा चयन गरिएका नेताहरुले धमाधम पद अस्वीकार गर्न थालेका छन् । नेकपा विभाजनपछि ओली समूहले केन्द्रिय सदस्यमा चयन गरेकामध्ये पछिल्लो समय पूर्वकानून मन्त्री शेरबहादुर तामाङ र उनकी पत्नी सांसद उषाकला राईले पद अस्वीकार गरेका छन् । यसअघि ओली पक्षको बैठकमा सहभागी भएका तामाङले […]

गृहमन्त्री थापा अन्तत: प्रधानमन्त्री ओलीकै पक्षमा

९ पुष काठमाडौँ – नेकपाको विभाजनमा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापाले आफ्ना निकटवर्तीलाई आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको जानकारी दिएको बताइएको छ। उनीनिकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन। तपाईँको प्रगति होस्।’ खरेलले बुधवार राति गृहमन्त्री […]

महेश बस्नेतको व्यङ्ग्य – क. प्रचण्ड अब भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का

९ पुष काठमाडौं – नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फेसबुके प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै व्यङ्ग्य गर्नुभएको छ । नेता बस्नेतले बुधबार फेसबुकमार्फत विगठित प्रतिनिधि सभाको नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता बनेको भन्दै यस्तो व्यङ्ग्य गर्नुभएको हो । उहाँले प्रचण्ड नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता बनेकाले […]

देउवा ओलीसँगै मिल्ने मुडमा, पौडेलको झुकाव दाहाल–नेपालतिर

८ पुष काठमाडौँ – संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष काँग्रेसभित्र दुई थरी विचार प्रकट भएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार सुरु बैठकमा संसद् पुनःस्थापनातिर कि निर्वाचिततिर केन्द्रीत हुने भन्नेमा मत बाझिएको हो । काँग्रेस सभापति शेरबहादुर देउवा र उनीपक्षीय सदस्यहरु […]

ओली समूहको भेला : १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने निर्णय

७ पुष काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली समूहको भेलाले नेकपामा १ हजार १९९ जना सदस्य सम्मिलित केन्द्रीय महाधिवेशन आयोजक कमिटी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्ष ओलीले आफू निकटका केन्द्रीय सदस्यहरुको भेला बोलाएर महाधिवेशन आयोजक कमिटी घोषणा गर्नुभएको हो । यद्यपि केन्द्रीय कमिटीका मुख्य नेताहरूको अनुपस्थितिमै उक्त निर्णय भएको हो […]

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर जलाएर नेविसंघले गर्यो संसद विघटनको विरोध

६ पौष काठमाडौं – प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको भ्रातृ संस्था नेविसंघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जलाएका छन् । संविधानको व्यवस्था विपरीत राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै उनीहरुले विरोधमा काठमाडौंको शंकरदेव क्याम्पस आसपास भण्डारी र ओलीको फोटो जलाएका हुन् । विरोध प्रदर्शनमा बोल्दै नेविसंघका निवर्तमान केन्द्रिय सदस्य रत्नहरि ढुंगेलले […]

संवैधानिक संकट : कांग्रेसद्वारा सर्वदलीय बैठक आह्वान

६ पुष काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थिति एवं संवैधानिक संकटबारे छलफल गर्न कांग्रेसले आज सर्वदलीय बैठक बोलाएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाउनुभएको जनाइएको छ । बैठकमा सरकारविरुद्ध कस्तो रणनीति बनाउने, […]