Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीति

राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक : प्रधानमन्त्री देउवा

२ चैत्र, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्यायोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औं वार्षिकोत्सवका अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको भन्दै यससम्बन्धी कार्ययोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताएका हुन् । उनले उक्त कार्ययोजना कार्यान्वयन […]

गाई निर्वाचन चिह्न मागेको कमल थापाको पार्टीले पायो ‘तीर’

२ चैत्र, काठमाडौं – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तीर निर्वाचन चिह्न पाएको छ। गाई निर्वाचन चिह्न दावी गरिरहेको थापा नेतृत्वको पार्टीले उक्त चिह्न नपाउने आयोगको भनाइपछि भएकामध्ये तीर रोजेको हो। पार्टी अध्यक्ष थापाले आज जिल्ला अध्यक्षसँग भएको भर्चुअल साक्षात्मकारमा उक्त कुरा जानकारी गराएका हुन्। […]

चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुग्ने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

२ चैत्र, काठमाडौं – खानेपानीमन्त्री उमाकान्त चौधरीले चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुग्ने गरी काम गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिनुभएको छ । मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै चैत मसान्तसम्ममा पानी काठमाडौं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन […]

प्रतिनिधिसभा विघटन अन्तर्राष्ट्रिय सेटिङ अनुरुप भएको थियो : प्रचण्ड

२ चैत्र, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई दुई पटकको प्रतिनिधिसभा विघटन अन्तरराष्ट्रिय सेटिङ अनुरुपको भएको बताएका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीको सहभागितामा भएको सो सेटिङ​लाई आफूहरुले भत्काउन सफल भएको प्रचण्डले बताए । बुधबार काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘माओवादी जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको उपलब्धि उल्ट्याउने षड्यन्त्र […]

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ : मन्त्री झाँक्री

२ चैत्र, पोखरा – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएकी छिन् । एकीकृत समाजवादीकी सचिव उनले निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बताएकी हुन् ।नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिवसमेत रहेकी मन्त्री झाँक्रीले मंगलबार पार्टी जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम […]

देशको अर्थतन्त्र जलविद्युतको केन्द्रमा छ : मन्त्री भुसाल

३० फागुन, काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र जलविद्युतको केन्द्रमा रहेको बताउनुभएको छ । आज सोमवार ललितपुरमा आयोजित ‘जलविद्युत् परियोजनामा बाढी पूर्वसूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरूसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री भुसालले देशभित्रका निजी क्षेत्र, सबै वित्तीय क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रको […]

भीम रावललाई देउवाको प्रश्न : आफू मन्त्रिपरिषदमा रहँदा किन एमसीसी पास गरेको ?

३० फागुन, नुवाकोट – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्‍याउनुभएको छ । उहाँले आज सोमवार नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै यस्तो धारणा राख्नुभएको हो । कार्यक्रममा उहाँले भर्खरै प्रतिनिधि सभाबाट पारित भएको एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरू भ्रममात्र भएको पनि स्पष्ट गर्नुभयो । […]

स्थानीय तहलाई ‘स्थानीय सरकार’ भन्न कुनै आपत्ति छैन, यसको लागि दलीय सहमति भने जुट्नुपर्छ : प्रधानमन्त्री देउवा

२९ फागुन, काठमाडौं – प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहलाई स्थानीय सरकार भन्न कुनै आपत्ति नरहेको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तह भन्दा आपत्ति भए स्थानीय सरकार बनाउन सकिने तर यसका लागि दलीय सहमति भने जुट्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री देउवाले स्थानीय सरकार […]

चुनावमा गठबन्धन गरेर जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुन्छ : महामन्त्री थापा

२९ फागुन, सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा चुनावमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताउनुभएको छ । आउँदो चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुने थापाले बताउनुभयो । प्रेस युनियन सुर्खेतले आज आइतवार आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले भन्नुभयो, ‘कांग्रेस अहिले अन्य दलसँग […]

हलो चुनाव चिन्ह नदिए स्थानीय चुनाव बहिष्कार गर्ने राप्रपाको घोषणा

२९ फागुन, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले हलो चुनाव चिन्ह नपाएको खण्डमा आसन्न स्थानीय चुनाव बहिष्कार गर्ने भएको छ । आज नेपालगञ्जमा आयोजित आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सो घोषणा गरेका हुन् । लिङदेनलाई उद्वृत गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भने, ‘राष्ट्रिय पार्टी नभएको बहानामा हामीलाई चुनाव चिन्हबाट वञ्चित गर्ने षडयन्त्र भएको छ । यदि […]