Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीति

विदेशीहरुको चलखेलको केन्द्र नेपाल बनेपछि बल्ल एमसीसी संसदमा पेश गरियो : केपी ओली

८ फागुन, काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीहरुको चलखेलको केन्द्र नेपाल बनेपछि बल्ल अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरिएको बताएका छन् । प्रतिनिधिसभाको बैठक लगत्तै सांसदहरुसँग अन्तर्क्रिया गरेका ओलीले अझै पनि सत्तारुढ गठबन्धन द्वन्द्व बढाउने पक्षमा देखिएको बताए । ‘दुई–दुई वटा सभामुख फेरिए । तर टेबल भएन । जब विदेशीहरुको […]

एमसीसी सम्झौता संसदमा पेस भएसँगै आन्दोलन झनै चर्कियो

८ फागुन, काठमाडौँ – अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० संसदमा पेस भएसँगै काठमाण्डौमा आन्दोलन झनै चर्किएको छ । आज आइतवार बिहान १० बजेदेखि नै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दलका भातृ सङ्गठनले नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए । एमसीसी सम्झौता पेस भएपछि आन्दोलन झनै उग्र भएको छ । प्रहरीले प्रदर्शनकारीलाई लखेटेर बिजुली […]

प्रतिनिधि सभामा टेबल भयो एमसीसी

८ फागुन, काठमाडौं – प्रतिनिधि सभाको आइतबारको बैठकमा एमसीसी टेबल भएको छ। अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता २०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको थियो। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गरेका हुन्। कार्कीले एमसीसी टेबल गरिरहँदा माओवादी, एकीकृत […]

राष्ट्रिय स्वाधीनता र भावना विपरीत एमसीसी संसदमा टेबल हुनु आपत्तिजन : भीम रावल

८ फागुन, काठमाडौं – नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य भीम रावलले राष्ट्रिय स्वाधीनता र भावना विपरीत एमसीसी संसद्‌मा टेबल गर्न लागिएको भन्दै आपत्ति प्रकट गरेका छन्। आइतबार संसद् बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो आपत्ति प्रकट गरेका हुन्। ‘स्वतन्त्र स्वाभिमानी नेपाली जनताको अपमान भएको छ,’उनले भने। पृथ्वीनारायण शाहको पालादेखि नेपाल कसैको अधिनमा […]

एमसीसी विरुद्ध प्रर्दशन : काठमाडौँका ठाउँ–ठाउँमा सडक अस्तव्यस्त

८ फागुन, काठमाडौँ – काठमाण्डौ उपत्यकाका ठाउँ–ठाउँमा सडक अस्तव्यस्त भएको छ । नयाँ बानेश्वरको संसद् भवन अगाडि अमेरिकी सहयोग एमसीसीको विरोधमा प्रदर्शन भएपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । नयाँ बानेश्वरको सडकमै मानिसहरू भेला भएर प्रदर्शन गरिरहेका छन् । साथै यातायात आवतजावत अस्तव्यस्त भएको हो । अहिले नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर मण्डलालगायतका ठाउँमा सडक अस्तब्यस्त […]

प्रतिनिधिसभाको कार्यसूची : अर्थमन्त्री शर्माले एमसीसी टेबल गर्ने

८ फागुन, काठमाडौं – प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि टेबल गर्ने संघीय संसदबाट जारी कार्यसूचीमा उल्लेख छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता […]

निर्वाचन आयोगको सूचना प्रति नेपाली कांग्रेसको आपत्ति

८ फागुन जाजरकोट – गत शुक्रबार निर्वान आयोगले निकाले पतदाता पचिय–पत्र सम्बन्धि सूचनाको नेपाली कांग्रेस जाजरकोटले खण्डण गरेको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै निवार्चन आयोगको सुचनाले पहाडी तथा हिमाली जिल्लाका मतदाताहरुको हेक्का नगरि सूचना जारि गरेको कटाक्ष गरेको छ । आयोगको सुचनामा भनिएको छ, “आयोगले जारी गरेको मतदाता परिचय–पत्र नष्ट भएको वा हराएको […]

एमसीसीबारे सहमति जुटाउन सत्तागठबन्धनको बैठक बालुवाटारमा सुरु

६ फागुन, काठमाडौं-एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । बिहीबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि आजका लागि बैठक राखिएको हो । आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना निकै नै कम देखिएको छ । सत्तागठबन्धनको बैठकअघि गठबन्धनमा आवद्ध एमसीसीविरोधी शीर्ष नेताको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको […]

बागमती प्रदेश सभा बैठक फागुन १६ गते बस्दै

४ फागुन, काठमाडौँ – बागमती प्रदेश सभाको बैठक फागुन १६ गते आइतबार बस्ने भएको छ । बुधबार बसेको सर्वदलिय बैठकले फागुन १६ गते प्रदेश सभाको बैठक राख्ने विषयमा सहमति भएको सभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश सभाको बैठक गत पुस ८ गतेदेखि विपक्षी एमालेको अवरोधका कारण बस्न सकेको छैन । सर्वदलिय बैठकमा फागुन […]

बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

४ फागुन, काठमाडौं – बलात्कार गरेको आरोपमा नेकपा एमालेका संघीय सांसद मोहन बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत बाँकेले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। पक्राउ पूर्जी जारी भएसँगै अब कानुनी प्रक्रिया अघि बढाइने बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए। प्रतिनिधि सभा सदस्य बानियाँले आफूलाई नेपालगञ्जको होटलमा बलात्कार गरेको […]