राजनीति
निजगढ विमानस्थलको काम सुरु गराएरै छोड्छु : मन्त्री आले
४ फागुन, बारा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण काम कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ । आज बुधवार बाराको निजगढमा रिपोर्टर्स कल्बले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम अब चाँडै सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विमानस्थलको धावनमार्ग बनाउने क्षेत्रमा […]
आवासीय राजदूत आचार्यद्वारा शपथ
४ फागुन, काठमाडौं – संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। शीतलनिवासमा बुधबार राष्ट्रपति भण्डारीले आचार्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन्। शपथग्रहण समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारी उपस्थित थिए।
एमसीसीबारे संसदमा छलफल गरेर मात्र टुङ्गो लगाउनुपर्छ : भीम रावल
४ फागुन, काठमाडौं – नेकपा (एमाले)का नेता भीम रावलले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे प्रतिनिधिसभाबाटै टुङ्गो लगाउनुपर्ने बताएका छन् । बुधबार संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँगग कुरा गर्दै नेता रावलले एमसीसी नेपालको सार्वभौमसत्ता र स्वाधीनतासँग जोडिएको महत्वपूर्ण विषय भएकाले संसदमा छलफल हुनुपर्ने बताएका हुन् । उनले एमसीसीमा उठेका विभिन्न बिषयहरुलाई सदनमा नै विस्तृत छलफल गर्नुपर्ने र यसका […]
प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धन बैठक
४ फागुन, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । एमसीसी सम्झौता प्रस्ताव संसदबाट अनुमोदन गराउने विषयमा छलफल गर्न बिहीबार अपरान्ह ३ बजे बस्ने गरी प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाएका हुन् । सत्तासाझेदार दल माओवादी केन्द्रले यथास्थितिमा एमसीसी संसदमा टेबुल गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्ने निर्णय गरेको थियो । उक्त […]
जबरजस्ती एमसीसी पारित गर्ने प्रयास नगर्नु : झलनाथ खनाल
४ फागुन, काठमाडौँ – सत्ता साझेदार नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिनुभएको छ । सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको त्यो सम्झौता संशोधन नभइ पारित हुन नदिने आफ्नो पार्टीको अडानसमेत दोहोर्याउनुभयो । आज बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई […]
कानुनमन्त्री बडुले भने- ६ गते बस्ने संसद बैठकमा एमसीसी टेबल हुन्छ
४ फागुन, काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसी सम्झौता शुक्रवार (६ गते) बोलाइएको प्रतिनिधि सभा बैठकमा टेबल हुने बताउनुभएको छ । नेपाली कांग्रेसका नेतासमेत रहनुभएका मन्त्री बडुले दलहरूबीचको सहमतिमै एमसीसी सम्झौता अघि बढाउन आवश्यकता महसुस गरेरै सरकारले आज र भोलिको समय दिएको पनि स्पष्ट पार्नुभयो । आज बुधवार संसद् भवन […]
जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याएर चुनाव सार्न खोजिएको छ : अध्यक्ष ओली
२ फाल्गुन, काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको बताउनुभएको छ। संसद भवन नयाँ बानेश्वरमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता ओलीले महाअभियोग प्रस्ताव गलत भएको बताउनुभएको हो। उहाँले सत्तारुढ गठबन्धन ५ दलविरुद्ध एमाले एक हुन सांसदहरुलाई निर्देशन समेत […]
महाअभियोगको प्रतिवादबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक बस्दै
२ फागुन, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध सत्तारूढ दलले ल्याएको महाभियोग प्रस्तावको प्रतिवाद गर्नेबारे महत्वपूर्ण निर्णय गर्ने महासचिव शंकर पोखरेलले बताउनुभयो । आइतबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालय बैठकपछि बोल्दै महासचिव पोखरेलले संसदीय […]
आज सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार
२ फागुन काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । सभामुख सापकोटाले आवह्वान गरेका बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरिने जनाइएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको हो । उहाँका अनुसार बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ । सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र […]
महाभियोगको प्रतिवाद गर्ने एमालेको निर्णय
१ फागुन, काठमाडौँ – प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोगको प्रस्तावको प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिवाद गर्ने निर्णय गरेको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । प्रधानन्यायाधीश विरुद्ध आएको महाभियोग षड्यन्त्रपूर्ण भएको महासचिव शंकर पोखरेलले बताउनु भयो । उहाँले प्रधानन्यायाधीश विरुद्ध […]



