राजनीति
माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाको प्रथम सम्मेलन हुने
७ मंसिर, दोरम्बा – नेकपा (माओवादी केन्द्र) रामेछाप दोरम्बा शैलुङ गाउँपालिकाको ऐतिहासिक प्रथम सम्मेलन हुने भएको छ । उक्त सम्मेलन यहीँ मंसिर ११ गते गाउँपालिका केन्द्र टोकरपुरमा हुने भएको हो । सशक्त क्रान्तिकारी पार्टी निर्माण हाम्रो अभियान ।समाजवादी क्रान्तिको दिशामा अघि बढ्न प्रथम गाउँपालिका सम्मेलन भन्ने मुल नाराको साथ सम्मेलन हुन लागेको हो । […]
देशभर कांग्रेसको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सुरु
६ मंसिर, काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पार्टीको अधिवेशन प्रारम्भ भएको छ । तोकिएको मितिमा आज १२५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन प्रारम्भ भएको पार्टी कार्यालयले जनाएको छ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबार अधिवेशन निर्धारण […]
देश माओवादीकै वरीपरी चलेको : प्रचण्ड
६ मंसिर, काठमाडौं – नेकपा (माओवादी के) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीप्रति मुलुकमा आकर्षण बढेको दावी गर्नुभएको छ । सोमबार पूर्वी चितवनको टाँडीमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले मुलुकमा माओवादी केन्द्रप्रति जनलहरनै छाएको जिकीर गर्नुभयो । ‘माओवादी प्रति देशमा जनलहर आउदैछ । हरेक प्रदेश र स्थानीय तहमा अन्य पार्टीका मानिसहरु […]
एमाले स्थायी कमिटी बैठक बस्दै, महाधिवेशन प्रतिनिधि मनोनयनको विषयमा छलफल हुने
६ मंसिर, काठमाडौं – नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बस्दै छ। महाधिवेशन तयारीबारे छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए। सोमबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत सदस्य मनोनयनको मापदण्डबारे छलफल हुने सचिव तामाङले बताए।
राप्रपाको महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया सुरु
६ मंसिर, काठमाडौँ – राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया सोमबारदेखि सुरु भएको छ । भक्तपुरबाहेक सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया मंसिर ८ गतेसम्म जारी रहने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए । भक्तपुरमा भने विवादका कारण तल्लो तहको अधिवेशन हुन सकेको छैन । राप्रपाका अनुसार अध्यक्षत्रयले मनोनित गर्ने र प्रदेशसभा निर्वाचन […]
एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा
५ मंसिर, काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरी रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि अपानि लागू नहुँदा सम्झदारीमै व्यवधान हुनसक्ने आशंका कायमै रहेको उनले बताए ।
भीम रावलद्वारा एमाले अध्यक्षमा उम्मेदवारी घोषणा
५ मंसिर, काठमाडौँ – एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकिन्द्र कुँवरले जानकारी दिए । ‘आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लाग्नुभएको छ’, उनलेफेसबुक मार्फत भने । रावलले टीम […]
हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा
५ मंसिर, काठमाडौं – पूर्वमन्त्री तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा जुटेका छन् । सोही विषयमा छलफल गर्न उनी दिल्ली पुगेको र काठमाडौँ फर्किएपछि नयाँ पार्टीको घोषणा गर्ने स्रोतको भनाइ छ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर आफ्नै छुट्टै राजनीतिक समूह बनाएका त्रिपाठी २०७४ सालको निर्वाचनमा एमालेको सूर्य […]
युवा नेता केसीद्वारा जिल्ला कार्यसमिती नुवाकोटको सचिव पदमा उम्मेदवारी घोषणा
१ मंसिर, काठमाडौँ – नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता वसन्त राज केसीले जिल्ला कार्यसमिती नुवाकोटको सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काङ्ग्रेसको मंसिर १० गते हुने १४ औ महाधिवेशनमा उम्मेदवारी दिएका छन् । नेपाली काङ्ग्रेस सम्बद्ध नेपाल बिद्यार्थी संघ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको इकाई सचिव बाट २०५४ सालदेखि राजनीतिमा होमिएका के सि नेपाल […]
दोरम्बामा मेचमानको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन, १६ बुँदे घोषणा पत्र जारी
३० कार्तिक – दोरम्बा नेकपा (माओवादी केन्द्र) दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट मेचमान योञ्जन (संगम)को नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसमा ७ सदस्यीय कार्यालय टीम र ११ सदस्यीय सचिवालय टीम सहित वडा कमिटी सर्वसम्मतबाट निर्वाचित भएका छन् । साथै निर्वाचित कमिटीले […]



