Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

राजनीति

पदमुक्त मन्त्रीहरु प्रधानमन्त्री भेट्न बालुवाटार

८ असा, काठमाडौँ – सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका मन्त्रीहरु प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ओली सरकारका २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएको हो । प्रधानमन्त्री ओलीले जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए। तर, प्रधानन्यायाधीश […]

सर्वोच्चले प्रधानमन्त्रीलाई संविधानको शक्ति सम्झाइदियो : प्रवक्ता शर्मा

८ असार, काठमाडौँ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीले पछिल्लोपटक गरेको मन्त्रिपरिषद बिस्तारलाई खारेज गर्ने अन्तरिम आदेश दिएपछि नेपाली कांग्रेसले यो स्वभाविक भएको बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले राजनीतिक शक्तिको अहंकार देखाएकोमा सर्वोच्चले संविधानको शक्ति स्मरण गराइदिएको प्रतिक्रिया दिनुभएको छ । ‘प्रधानमन्त्रीले राजनीतिक अहंकारको शक्ति देखाउनुभएको थियो। सर्वोच्चले संविधानको मर्यादित शक्ति उहाँलाई स्मरण […]

प्रधानमन्त्री ओलीले बोलाए आकस्मीक मन्त्रिपरिषद्को बैठक

८ असार, काठमाडौँ – प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रीपरिषदको बैठक बोलाउनु भएको छ । मंगलबार प्रधानमन्त्री ओलीले बालुवाटारमा आकस्मीक बैठक बोलाउनु भएको हो । आजै कामचलाउ सरकारले निर्वाचन घोषणा पछि मन्त्रिपरिषद विस्तार गरेको भन्दै सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

कारबाहीको अभिलेखीकरण गर्न माओवादीले निर्वाचन आयोगलाई पठायो पत्र

७ असार, काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टी फेरबदल गरेका १४ जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ । बिहान बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार आयोगलाई जानकारी गराइएको नेता लिलामणि पोखरेलले बताए । केन्द्रीय कमिटीका १७ सदस्यलाई पार्टीबाट हटाइएको विवरण पनि अभिलेखीकरण गर्न सूचना पठाइएको उनले बताए । माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल […]

जसपा लुम्बिनीका चार सांसदबारे सर्वोच्चमा असार २१ मा पूर्ण सुनुवाइ हुने

७ असार, काठमाडौँ – सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुनर्वहाली भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका लुम्बिनी प्रदेशसभाका चार सांसदको मुद्दामा असार २१ गते पूर्ण सुनुवाइ हुने भएको छ। सोमवार न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले ‘प्रदेश निर्वाचन आयोग लुम्बिनीको लिखित जवाफ म्याद भित्र पेश नभएको र अन्यका तर्फबाट लिखित जवाफ पेश भइसकेको देखिँदा […]

सर्वोच्च अदालतको आदेशविरुद्ध ओलीको पुनरावेदन परेसँगै एमाले एकता थप सङ्कटमा

 ७ असार, काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि निवेदन दिएसँगै नेकपा एमालेको एकता थप सङ्कटमा परेको छ । यसअघि सर्वोच्च अदालतको आदेशले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली हुने गरेर अन्तरिम आदेश दिएको थियो । गएको जेठ २७ गते सर्वोच्च अदालतले कर्णाली प्रदेशका एमाले सांसदहरू […]

राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी

७ असार, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिनुभएको छ । उहाँले स्वास्थ्यमन्त्री मन्त्री शेरबहादुर तामाङलगायत मन्त्रालयका पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा आइतबार बोलाएर अहिले कोभिड–१९ सङ्क्रमण र त्यसविरुद्धको खोप अभियानको वर्तमान अवस्था, उचित व्यवस्थापन, रोकथाम र समग्र स्वास्थ्य प्रणालीको व्यवस्थापनको लागि भइरहेका तयारीबारे जानकारी लिनुभएको […]

आफू निकट नेतासँग छलफल गर्दै कांग्रेस सभापति देउवा

७ असार, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि विभिन्न प्रदेशका नेताहरुसँग छलफल जारी राख्ने भएका छन्। आगामी १४ औँ महाधिवेशनमा पुनः सभापति पदको उम्मेदवार बन्न लागेका देउवाले आफूलाई सभापति पदमा पुनः विजयी गराउन आग्रह गर्दै प्रदेशका नेताहरुसँग छलफल चलाइरहेका छन्। आज देउवाले काठमाडौंमा उपलब्ध आफू निकट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरुसँग […]

आकस्मिक रुपमा बस्यो माओवादी केन्द्रको बैठक

७ असार, काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले आकस्मिक रुपमा केन्द्रीय समिति बैठक बोलाएको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदीप आचार्यका अनुसार सोमबार बिहानदेखि आकस्मिकरूपमा केन्द्रीय समिति बैठक बसिरहेको छ। भर्चुअल माध्यमबाट जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यक्रम छ। बैठकमा पार्टी सुदृढिकरणका लागि प्रचण्डले केन्द्रीय सदस्इहरुसँग सुझाव मागिरहेका छन्। […]

देउवा निवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक

६ असार, काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक बसिरहेको छ । साढे ५ बजेबाट जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टाराईलगायत सहभागी रहेको स्रोतले जानकारी दियो । बैठकमा ससामयिक विषयमा छलफल भइरहेको स्रोतले […]