राजनीति
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै
१३ असार, काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जनकारी दिनुभयो । बैठकका बिहान ९ बजेका लागि बोलाइएको उनले बताए । स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गरिने एमालेले जनाएको छ। एमालेको असन्तुष्ट नेपाल पक्षले सर्वोच्चमा शेरबहादुर देउवालाई प्रधानमन्त्री […]
राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको कार्यकर्ता : सभापति देउवा
१२ असार, काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको टिप्पणी गर्नुभएको छ । शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले आफूलाई १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे पनि राष्ट्रपतिले रातारात संसद विघटन गरेको भन्दै आपत्ति जनाउनुभएको हो । ‘राष्ट्रपति ओलीको कार्यकर्ता भइन् । १४९ […]
प्रधानमन्त्रीको प्रस्ताव आइसक्यो, तर धोका दिन्न : नेता नेपाल
१२ असार, काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताउनुभएको छ । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले स्वीकार नगर्ने उहाँले बताउनुभयो । गठबन्धनका शीर्ष नेताहरुले शनिबार पत्रकारहरुसँग भएको छलफलमा एमाले नेता नेपालले भन्नुभयो, माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई विचैमा पत्तासाफ गर्नुस्, […]
एमालेका तीन सांसद निलम्बित
१२ असार, काठमाडौँ – नेकपा एमाले कर्णाली प्रदेशका तीनजना सांसद निलम्बनमा परेका छन् । एमाले संसदीय दलको पत्रका आधारमा कर्णाली प्रदेश सभा सचिवालयले शुक्रबार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई तीन महिनाका लागि निलम्बलन गरेको हो । एमाले संसदीय दलको पत्रका आधारमा कर्णाली प्रदेश सभा सचिवालयले एक महिनाका लागि उनीहरूलाई निलम्बलन गरेको संसद […]
गण्डकीमा बजेट पारित भएपछि मन्त्रिपरिषद् विस्तार हुने
१२ असार काठमाडौँ – गण्डकी प्रदेश सरकारले ल्याएको बजेट पारित भएपछि मन्त्रिपरिषद् विस्तार हुने भएको छ। अहिले भने यसअघि नियुक्त भएका मन्त्रीको कार्यविभाजनमा सहमति बनेको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जेठ २९ गते चार जना मन्त्री नियुक्त गरेका थिए। तर, उनीहरूलाई जिम्मेवारी दिइएको थिएन। सत्ता गठबन्धनका दलबीच मन्त्रिपरिषद् विस्तारबारे शुक्रबार सहमति भएको सरकारका प्रवक्ता कुमार […]
सुरक्षा निकायलाई गृहमन्त्री पौडेलको निर्देशन
११ असार, काठमाडौँ – गृहमन्त्री विष्णुप्रसाद पौडेलले दबाब र प्रभावबिना काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रीको रूपमा आज पदभारग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रहरी र गृह प्रशासनमा आफूबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै जिम्मेवारी कर्तव्यनिष्ठ भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । आफू फरक […]
माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त
११ असार, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) परित्याग गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४ स्थानीय तहका पदाधिकारीको पद गुमेको छ । माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा (एमाले)मा प्रवेश गरेका ती जनप्रतिनिधिको पद रिक्त भएको हो । निर्वाचन आयोगले दल त्याग तथा पद रिक्ततासम्बन्धी प्रकाशन गरेको सूचनानुसार उनीहरु माओवादी केन्द्रका तर्फबाट विस २०७४ को स्थानीय […]
धादिङमा स्याल कराउँदा, भोलीपल्ट कुखुरा कसरी हरायो ? भन्दै प्रधानमन्त्रीको प्रश्न !
११ असार, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले न्याय सम्पादन फितलो र सेटिङमा चलेको त होइन भन्ने तर्फ प्रश्न उठाउनुभएको छ । सर्वोच्चले केही दिनअघि मात्र संसद विघटनपछि नियुक्त गरिएका मन्त्रीहरुको विषयमा बोल्दै प्रधानमन्त्री ओलीले यसतर्फ प्रश्न उठाउनुभएको हो। संसद विघटनपछि थपिएका मन्त्रीहरुलाई काममा रोक लगाउनूू पूर्व नै प्रचण्डले धादिङमा बोलेको कुरातर्फ इंगित गर्दै […]
कांग्रेसका तीन प्रभावशाली नेता छलफलमा
११ असार, काठमाडौं– नेपाली कांग्रेसका तीन प्रभावशाली नेताबीच महाराजगञ्जमा छलफल सुरु भएको छ । महाराजगञ्जस्थित डा. शशांक कोइराला निवासमा डा. कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, र उपसभापति विमलेन्द्र निधिबीच छलफल सुरु भएको हो । नेपाली कांग्रेसको १४ औं महाधिविशेन नजिकिँदै गर्दा महाधिवेशनमा सहकार्य र पार्टी सुदृढ बनाउने विषयमा छलफल हुने बताइएको छ । पार्टीका यी तीन […]
पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरे
१० असार, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकपछि अर्को असंवैधानिक कदम चालेको भन्दै विभिन्न पाँच विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले काठमाडौँको प्रदर्शनी मार्गलगायत देशका विभिन्न ठाउँमा सामाजिक दूरी कायम गर्दै विरोध प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले माधवकुमार […]



