राजनीति
देउवालाई भेट्न प्रधानमन्त्री ओली बुढानिलकण्ठमा
२२ वैशाख, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका छन् । नेकपा एमाले अध्यक्षसमेत रहेका ओली आफू पक्षीय केही नेतासहित देउवासँग भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनीहरुबीच छलफल जारी छ । मंगलबार साँझ काँग्रेस देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले […]
चोर बाटोबाट अध्यादेश ल्याइएको भन्दै नेविसंघको विरोध
२२ वैशाख, काठमाडौँ – सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै नेविसंघले विरोध जनाएको छ । अध्यादेश तत्काल फिर्ता गरी संसदको आगामी सत्रमा विधेयकका रूपमा पेश गर्न नेविसंघले माग गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सात वटा अध्यादेश जारी गर्नुभएको थियो । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले सरकारले चोर बाटोबाट अध्यादेश ल्याएर सर्वसत्तावादी चरित्र […]
अन्ततः माओवादी केन्द्रले फिर्ता लियो सरकारको समर्थन
२१ वैशाख, काठमाडौँ – लामो दुविधापछि अन्ततः नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीको मंगलवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। माओवादी नेता देव गुरुङले मंगलबारको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरुलाई पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्। […]
प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट फेल गराउने कांग्रेसको निर्णय
२१ वैशाख, काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट बहुमत लिनबाट रोक्ने जनाएको छ । सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट फेल गराउने र त्यसपछि वैकल्पिक सरकारबारे छलफल हुने बैठकले निर्णय गरेको छ । प्रधानमन्त्री […]
राष्ट्रपतिद्वारा ७ वटा अध्यादेश जारी
२१ वैशाख, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् । आज जारी भएका अध्यादेशहरूमा यसअघि विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको छ । चौँथो नम्बरमा संवैधानिक परिषद् (काम, […]
कांग्रेस पदाधिकारी बैठक सुरु
२१ बैशाख काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक सुरु भएको स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन अधिवेशन आह्वान गरेपछि सभापति देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको स्रोतले बताएको छ । बैठकमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शंशाङ्क कोइराला, विजयकुमार गच्छदार, कृष्णप्रसाद […]
२१ सांसदले राजीनामा दिन लागेको जानकारी ओलीलाई माधव नेपाल पक्षले गरायो
२१ वैशाख, काठमाडौँ – नेकपा एमालेका माधव नेपाल समूहका २१ सांसदले राजीनामा दिन लागेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएको छ । उक्त समूहले राजीनामाको गर्न लागेको जानकारी गराएको प्रधानमन्त्रीनिकट स्रोतले पुष्टि गरेको छ । बालुवाटार स्रोतले भन्यो,‘हामीलाई राजीनामा दिन लागेको जानकारी आएको छ । तर यो उहाँहरुको घुर्की मात्र हो ।’ राजीनामा दिनलागेका सांसदहरु […]
कांग्रेस पदाधिकारी बैठक बस्दै
२१ वैशाख, काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा डाकिएको हो । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन अधिवेशन आह्वान गरेपछि सभापति देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको स्रोतले बताएको छ । पदाधिकारी बैठक सोमबार नै […]
प्रदेश प्रमुख पदबाट हटाइएपछि अमिक शेरचनले भने-‘ज्यादै खुसी छु, राष्ट्रपतिज्यूलाई मुरीमुरी धन्यवाद !’
२१ वैशाख, पोखरा – गण्डकी प्रदेश प्रमुख पदबाट हटाइएका अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन्। पदबाट बर्खास्त गरिएको भोलिपल्ट मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै शेरचनले प्रदेश प्रमुख पद बाध्यताले स्वीकार गरिएको पद थियो भन्दै त्यसबाट मुक्त गरिदिएकामा राष्ट्रपतिलाई मुरीमुरी धन्यवाद भनेका हुन्। नेकपा माओवादी केन्द्रका नेता शेरचनलाई सरकारको सिफासिमा राष्ट्रपतिले हिजो सोमबार पदबाट […]
माओवादी समर्थित प्रदेश प्रमुख हटाइए
२० वैशाख, काठमाडौँ – सरकारले माओवादी केन्द्र समर्थित प्रदेश प्रमुखहरुलाई हटाएको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदुरपश्चिम प्रदेशका सर्मीला कुमारी पन्त पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सरकारले गण्डकीमा नयाँ प्रदेश प्रमुखको जिम्मेवारी सीता पौडेल र सुदुरपश्चिममा गंगा यादवलाई दिएको छ। सरकारको सिफारिसअनुसार उनीहरुलाई राष्ट्रपति विद्यादेवि […]



