Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

राजनीति

जसपा फुटको संघारमा, महन्थ ठाकुर पुगे निर्वाचन आयोग

१७ बैशाख, काठमाडौँ – लुम्बिनी प्रदेशको घटनाले जनता समाजवादी पार्टी जसपा फुटको संघारमा पुगेको छ । त्यसको तरंग केन्द्रमा पनि देखिएको छ । प्रदेशसभाका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध जसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक […]

प्रधानमन्त्रीद्वारा ‘स्पुतनिक–भी’ उपलब्ध गराउन आग्रह

१७ बैशाख , काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिड–१९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गर्नुभएको छ । नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो । राजदूत नेभिकोभसहितका प्रतिनिधिले नेपाललाई खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक […]

सांसद पद खोसिएका ४ मन्त्री कानुनी उपचारका लागि सर्वोच्च अदालत जादै

१७ बैशाख, काठमाडौँ  – लुम्बिनी प्रदेश सभामा सांसद पद खोसिएका जनता समाजवादी पार्टी (जसपा) का ४ जना मन्त्री सर्वोच्च अदालतमा जाने भएका छन। उहाँहरुले आफूलाई पार्टीको आधिकारिक निर्णयबिना नै सांसद पदबाट हटाइएको भन्दै असन्तुष्टि जाहेर गरेका हुन् । पदमुक्त गर्ने प्रदेश सभा सचिवालयको उक्त निर्णयविरुद्ध आज (शुक्रबार) नै सर्वोच्च अदालत जाने बताउनु भएको छ  । […]

नेकपाका केन्द्रीय नेता माइला लामा रिहा

१७ बैशाख,काठमाडौँ – सङ्खुवासभा जिल्ला कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा बिहीबार रिहा हुनुभएको छ । सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीबार रिहा हुनुभएका हो । सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको सहमतिअनुसार गृह मन्त्रालयले […]

तत्काल नयाँ सरकार बन्ने छाँट छैन : प्रचण्ड

१७ वैशाख, काठमाडौँ  – विपक्षी दलहरुलाई समेटेर नयाँ सत्ता समीकरणको कसरत गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल नयाँ सरकार बन्ने संकेत नेदेखिएको बताउनु भएको छ । नयाँ सरकार गठनका लागि एमसीसीको सम्बन्धमा प्रमुख प्रतिपक्षी कांग्रेससँग कुनै सहमति नगरेको समेत उहाँले बताउनु भयो । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा बोल्दै प्रचण्डले जसपाले निर्णय गर्न नसक्दा […]

सांसद शाहीको पीसीआर रिपोर्ट छानबिन गर्न माग

१६ बैशाख, काठमाडौँ – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको पीसीआर रिपोर्ट छानबिन गर्न माग गरेका छन् । शाहीले मंगलबार प्रदेशसभा सचिवालयमा दिएको स्वाबको रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको तर पछि लाइफ केयर डाइग्नोस्टिक ल्याबमा गरेको भनिएको परीक्षणमा पोजेटिभ देखिएको भन्दै उनीहरुले छानबिनको माग […]

लुम्बिनीमा मन्त्री बनेका जसपाका ४ नेता प्रदेश सभाबाट हटाइए

१६ बैशाख, काठमाडौँ – लुम्बिनी प्रदेशमा पार्टी निर्णय विपरित मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा) का चार जना प्रदेश सभा सदस्यबाट मुक्त भएका छन्। सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे प्रदेश सभा सदस्यबाट मुक्त भएका हुन्। जसपा लुम्बिनी प्रदेश संसदीय दलको पत्र अनुसार उनीहरुलाई जसपा केन्द्रीय कार्यकारिणी समितिले प्रदेश सभा सदस्य […]

राष्ट्रियसभा सदस्य उपनिर्वाचन : पाँच दल दर्ता

१६ बैशाख, काठमाडौँ – वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन् उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि  एमालेलाई सूर्य  र क्रम […]

प्रदेशसभा सदस्य शाही प्रकरणबारे सत्यतथ्य बुझिने

१६ बैशाख, काठमाडौँ – राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमविक्रम शाही सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सम्बन्धमा छलफल भई निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेका अवस्थामा शाही प्रदेशसभामा अनुपस्थित भई अस्पतालमा भेटिनुभएको थियो । जनमोर्चाले अविश्वासका प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको थियो । प्रदेशसभा सदस्य शाहीका सम्बन्धमा […]

सरकारले लियो जसपाका १२० जनाको मुद्दा फिर्ता

१५ बैशाख, काठमाडौँ सरकारले नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको छ । सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराएनु भएको हो  । उहाँले त्यस्तै मुद्दामा भए निरन्तर फिर्ता लिँदै जाने […]